भर्खरै :

मोहनविक्रम विरामी

नेकपा मसालका महामन्त्री, पुराना कम्युनिष्ट नेता एवं लेखक मोहनविक्रम सिंह विरामी पर्नुभएको छ । मुटु, मृर्गौला र फोक्सोमा समस्या देखिए पछि उहाँ ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको पार्टी स्रोतले जानकारी दिएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेताहरुमध्येमा गनिनुहुने सिंहले नेपालको कम्युनिष्ट आन्दोलनमा शुरुदेखि नै उग्रधारको नेतृत्व गर्दै आउनुभएको छ । उहाँकै स्कुलिङबाट हुर्केका प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराईलगायतका नेताहरुले २०५२ सालमा सशस्त्र विद्रोहको आरम्भ गरेका थिए । त्यत्तिखेर सिंहलाई भने उनीहरु कुरामात्र गर्ने क्रान्ति नगर्ने मोहनविक्रम सिंह प्रवृत्ति भनेर गिल्ला गर्ने अवस्था थियो ।
सिंहले दजनौं सैद्धान्तिक र साहित्यिक कृतिहरु लेख्नुभएको छ । लामो समयदेखि भूमिगत रहनुभएका सिंह केही वर्षअघि देखि मात्र सार्वजनिक कार्यक्रममा खुला रुपमा सहभागी बन्न थाल्नुभएको छ । मसालले आफूलाई अर्धभूमिगत पार्टी भन्ने गरेको थियो । राष्ट्रिय जनमोर्चालाई कानुनी मोर्चाको रुपमा अघि बढाउँदै आएको छ । राष्ट्रिय जनमोर्चाको अध्यक्ष भने चित्रबहादुर केसी हुनुुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *