मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
पत्ताया सिटी (थाइल्यान्ड), १३ मंसिर। थाइल्यान्डमा झण्डै ९० प्रतिशत जनता बुद्धधर्म मान्छन्। यस मुलुकको प्रमुख आम्दानीको स्रोत पर्यटन व्यवसाय हो र यहाँ बर्सेनि दुई करोडभन्दा बढी विदेशी पर्यटक भित्रिने गर्दछन्।
यहाँका स्थानीयवासी बुद्ध शब्द सुनेर हुरुक्कै हुने गर्छन्। उनीहरूले असाध्यै स्नेहका साथ भक्तिभाव गर्ने दुईमा एक बुद्ध हुन् भने अर्का यहाँका राजा हुन्। हालैमात्र स्वर्गीय भएका राजा भूमिबोल अदुल्यादेजका ठूल्ठूला तस्बिर यहाँका प्रमुख सहरहरूमा देख्न सकिन्छ। घरघर र व्यवसाय स्थलमा बुद्धभक्तिका लागि तस्बिर र माला राखिएका पाइन्छन्।
उनीहरू जीवनमा एकपटक बुद्ध जन्मेको ठाउँ नपुगे मनोकाङ्क्षा पूरा नभएको महसुस गर्ने गर्दछन्। तर दुर्भाग्य यिनै अधिकांश थाईलाई बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी नै छैन। उनीहरूमध्ये धेरै नेपाल जान्छन् र बुद्ध जन्मस्थल लुम्बिनी घुम्छन्। यति गरेपछि सङ्कल्प र मनोकाङ्क्षा पूरा भएको ठान्छन्।
यस्ता सबै काम भारतीय ट्राभल एजेन्सीले गर्ने हुँदा उनीहरूलाई भारतका विभिन्न क्षेत्र हुँदै लुम्बिनीमात्र पुर्याइने तर लुम्बिनी नेपाल भूखण्डभित्र छ भन्ने जानकारी नै हुँदैन। भारतमै लुम्बिनी पर्छ भन्ने भ्रम पनि उनीहरूमा छरिएको पाइएको गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकाल बताउनुहुन्छ। नेपालबाट थाइल्यान्ड घुम्न आएका पर्यटकलाई यहाँका थाईले भारतीय नै भनेर चिन्ने र व्यवहार जनाउने कुराले पनि यो तथ्यलाई थप प्रस्ट पारेको छ। हाल नेपालबाट थाइल्यान्डमा सातदिने भ्रमणमा आउनुभएका चितवन भरतपुरका सरोज ढकाल आफूहरूलाई पनि पटकपटक भारतीय भनेर व्यवहार गरेको सुनाउनुहुन्छ।
उहाँले नेपालको बारेमा थाई जनतालाई खासै जानकारी नभएको तर भारतकै एउटा ठाउँ हो भनेर सम्झने गरेको पाइएको बताउनुभयो। नेपाली र भारतीयको आनीबानी धेरै मिल्ने हुँदा थाई जनतालाई यस्तो लागेको हुनसक्छ।
एनआरएनएका अध्यक्ष ढकाल भन्नुहुन्छ, “बुद्ध जन्मिएको देश भनेर नेपाललाई चिनाउन नसक्दा हामी पछिपरेका छौं, दर्शनीय बौद्ध तीर्थस्थललाई विश्वसामु चिनाउन सके, नेपाल एक अन्तर्राष्ट्रिय पर्यटकीय र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिन्छ।”
बुद्धधर्ममात्र नभएर दर्शन भएकाले अन्य धर्मावलम्बीले पनि बुद्ध जन्मिएको ठाउँलाई हेर्न, दर्शन गर्न र अध्ययन गर्न चाहना गर्ने गरेको थाइल्यान्डमा प्राध्यापन पेसामा संलग्नसमेत रहनुभएका ढकाल बताउनुहुन्छ।
जब नेपाली आफ्नो देशमा रहन्छन्, त्यतिबेला बुद्धको महत्त्व कम हुने गरेको र विदेशमा आएपछि थप महत्त्व बोध हुने गरेको थाइल्यान्डमा लामो समय बसोबास गर्दै आएका नेपालीहरू बताउँछन्। थाइल्यान्डमा करिब तीन हजार पाँच सयको हाराहारीमा नेपाली बस्छन् जसमध्ये आधाभन्दा बढी अध्ययनका लागि आएकाहरू हुन्। अस्ट्रेलिया र अमेरिकाको अध्ययनपछि प्राध्यापकका रूपमा स्थापित एनआरएनएका अध्यक्ष ढकाल भन्नुहुन्छ, “सारा बौद्ध जनताको सपनालाई ‘क्यास’ गर्न सकियो भने नेपाल आफैं पर्यटन क्षेत्रमा समृद्ध बन्छ।”
नेपालबाट थाइल्यान्ड आएका केही मानिस पर्यटन व्यवसायमा आबद्ध छन्। केही रोजगारीमा छन्। कतिपय अन्तर्राष्ट्रिय नियोग, संयुक्त राष्ट्रसङ्घजस्ता महत्त्वपूर्ण कार्यालयमा पनि काम गर्ने गर्छन्। नेपाली यहाँ एक्लैभन्दा पनि समूहमा व्यवसाय गर्न रुचाउँछन्। यहाँ शान्तिसुरक्षाको अवस्था सहज र प्रभावकारी हुँदा काम गर्न र व्यवसाय गर्न सजिलो हुने गरेको नेपाली व्यवसायीहरू बताउँछन्। दुई दसकदेखि घरजग्गाको कारोबारमा जम्नुभएका एनआरएनए थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ थाइल्यान्डको भन्दा बढी सम्भावना नेपालमा देख्नुहुन्छ। नेपालकै कमजोरीको कारण थाइल्यान्डमा पर्यटकको ओइरो लाग्दै गर्दा यहाँ बस्ने नेपाली टुलुटुलु हेरेरमात्रै बस्न बाध्य भएको उहाँको भनाइ छ।
एनआरएनका उपाध्यक्ष श्रेष्ठ नेपालमा हिम शृङ्खला, दुर्लभ वन्यजन्तुसहितका निकुञ्ज र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ र यिनै हेरेर रमाउन पर्यटक नेपाल पुग्छन्। यसको महत्त्व बुझ्न र बुझाउन नसक्दा नेपाल ओझेलमा परेको उहाँ बताउनुहुन्छ। थाइल्यान्डमा बार्है महिना चर्काे गर्मी हुन्छ। यही मौसमलाई उनीहरूले सदुपयोग गरेर पर्यटक भित्र्याएका छन्। नेपालमा बार्है महिना पङ्खासमेत राख्न नपर्ने स्थान छन्। हरेक किसिमका वातावरण नेपालमा हुनु आफैंमा विशेषता भएपनि यसलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउन नसक्नु मुख्य कमजोरी भएको श्रेष्ठको भनाइ छ।
विगत १३ वर्ष थाइल्यान्डमा कपडा व्यापारमा सक्रिय रहेर हाल नेपालमा समेत व्यवसाय थाल्नुभएका भरतपुरका प्रकाश सुवेदी थाइल्यान्डमा रहेका नेपालीले नेपालमा पर्यटक पठाउन विभिन्न गतिविधि तथा मेला/महोत्सव गर्दै आएको बताउनुहुन्छ। सन् २०१४ र २०१५ मा थाइल्यान्डमा नेपाल महोत्सव नै गरेर प्रचार गरिए पनि पूर्ण नभएको उहाँको भनाइ छ। यस अभियानमा एनआरएनएसँगै नेपाल सरकारले पनि पहल गरिदिए प्रभावकारी हुनसक्ने सुवेदी बताउनुहुन्छ। पहिलो महोत्सवलाई थाइल्यान्डकी राजकुमारीले उद्घाटन गर्दा माथिल्लो तहसम्म प्रचार पुगेको दाबी थाइल्यान्डमा रहेका नेपालीको छ।
नेपालको विमान थाइल्यान्डमा दैनिक उडान गरी थाइल्यान्डको समुद्रसँगै नेपालको हिमालको पनि अवलोकन गराउन सकिए थाई जनता र थाइल्यान्ड आउने पर्यटकलाई नेपाल भित्र्याउन सकिने सुवेदी बताउनुहुन्छ। रासस
Leave a Reply