लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
अछाम, ६ पुस। विश्व सर्वहारा वर्गका महान गुरू जेभी स्तालिनको १३७ औं जन्मजयन्तीको अवसरमा नेमकिपा धमाली गाविस अछामको आयोजनामा गाउँ भेला तथा प्रवचन कार्यक्रम भयो। कार्यक्रममा नेमकिपा अछामका अध्यक्ष झङ्कर शाहीले आफूलाई कम्युनिष्ट भनी दाबी गर्ने माओवादी केन्द्र र एमालेले नेपालको कम्युनिष्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादको बाटोमा धकेलेको हुँदा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू कम्युनिष्टको सिद्धान्त र विचार लिएर जनताको घरदैलोमा पुगी प्रचार प्रसार गरिरहेको बताउनुभयो।
आफूलाई ठूला ठान्ने कम्युनिष्ट पार्टी एमाले र माओवादीले भारतीय शासकहरूको पछाडि लागेर नेपालको जलस्रोत एवं प्राकृतिक स्रोतहरू विदेशीलाई बुझाउने दल कसरी कम्युनिष्ट हुन्छ भनी प्रश्न गर्नुभयो।
नेक्रामजदुर सङ्घ जिल्ला उपाध्यक्ष जतिराम बजगाइँ, नेक्राविसङ्घका टोपेन्द्र शाही, महेन्द्र शाही र महेन्द्र विकलगायतले बोल्नुभएको थियो। कार्यक्रम धमाली गाउँ समिति अध्यक्ष जवालसिंह विकको सभापतित्वमा भएको थियो।
Leave a Reply