जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
सर्लाही, २१ माघ । नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन तयारीस्वरुप शुक्रबार काथम गाउँमा जनसभा सम्पन्न भयो । सभालाई सम्बोधन गर्नुहुँदै नेक्राकिसंघ केन्द्रीय अध्यक्ष डिल्ली प्रसाद काफ्लेले नेपालको सार्वभौमिकता, भू–अखण्डता र स्वतन्त्रता रक्षाको निम्ति हिमाल, पहाड र तराई सहितको १४ प्रदेश बनाउनु उपयुक्त हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले गरिब किसान मजदुर जनताको पक्षमा काम नगरेको बताउनुहुँदै नेमकिपाले सदैव कामदार जनताको पक्षमा सडक र सदनमा संघर्ष गर्दै आएको बताउनुभयो ।
रामकान्त कापरको सभापतित्वमा सम्पन्न सभामा संजयकुमार सिंह, रोहन जोय लामा, मदन कापर र देव कुमारी मण्डल लगायतले बोल्नुभएको थियो । त्यस्तै हिरेन्द्र ठाकुरको अध्यक्षतामा ५ सदस्यीय नेक्राकिसंघ चन्द्रनगर गाउँ समिति गठन गरियो ।
Leave a Reply