भर्खरै :

सिरियाको राजधानीमा रुसी दुतावासमाथि हमला

सिरियाको राजधानी दमास्कसस्थित रुसी राजदुतावासमा बिहीबार र शुक्रबार दुई पटक मोर्टार हमला भएको छ । रुसी विदेश मन्त्रालयका अनुसार घटनामा कसैको हताहती भने भएको छैन ।
जारी वक्तव्यअनुसार दमास्कसको जोबर जिल्लाबाट मोर्टार हमला भएको थियो । जोबरमा विद्रोहीहरुको आंशिक नियन्त्रण छ ।
दुईमध्ये पहिलो मोर्टार राजदुतावासको परिसरभित्रै कार्यालय र आवासीय भवनमा खसेको थियो भने अर्को दुतावासको मुख्यद्वारभन्दा २० मिटर पर खसेको थियो ।
सिरियामा चालु राजनीतिक प्रक्रियालाई बिथोल्न त्यस्तो हमला भएको विदेश मन्त्रालयको वक्तव्यमा बताइएको छ ।
रुसले आफ्नो दुतावासमाथि भएको हमलाको बद्ला लिने पनि बताएको छ । ‘सिरियाका आतंकवादीविरुद्ध रुस प्रतिबद्ध र सम्झौताहीन संघर्ष गर्नेछ’, वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *