शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
संरा अमेरिकाले इरानको बालास्टिक मिसाइल कार्यक्रममा संलग्न तथा इरानको सैनिक शक्तिलाई सहयोग गर्दै आएका विभिन्न निकाय र व्यक्तिहरुमाथि शुक्रबार रोक लगाएको छ । इरानले हालै गरेको बालास्टिक मिसाइल परीक्षण भएको केही दिनको अन्तरालमा वाशिङ्टनले त्यस्तो निषेधको घोषणा गरेको हो ।
संरा अमेरिकी निषेधले इरानको बालास्टिक परीक्षण कार्यक्रमसँग जोडिएका विभिन्न संजालहरुसँगै आठ जना सो विषयका व्यक्तिहरु प्रभावित हुने बताइएको छ ।
इरानको इस्लामिक क्रान्तिकारी रक्षा दल–कोड्स फोर्सले सञ्चालन गर्दै आएको मिसाइल परीक्षणको लागि सहयोगी सञ्जाल अमेरिकी निषेधबाट प्रभावित हुनेछ ।
कोड्स फोर्सका अधिकारी हसन देगम इब्रहिम र उनका दुई जना सहयोगीका साथै लेवनानका थुपै्र कम्पनीहरुमाथि सो निषेध लागु हुनेछ ।
अमेरिकी घोषणामा अली सरिफी नामका व्यक्तिलाई पनि कार्यबाहीको दायरामा राखेको छ ।
वाशिङ्टनको सो घोषणाअनुसार अमेरिकी क्षेत्राधिकारभित्र पर्ने कार्यबाहीमा परेका व्यक्तिहरु र संस्थाका सबैलाई रोक्का गरिएको छ । उनीहरुसँग कुनै पनि अमेरिकी र उससँग सम्बन्धित निकायहरुलाई कारोबार गर्न रोक लगाएको छ ।
इरानको विदेशमन्त्रालयले एक वक्तव्य जारी गरी सो कदमको भत्र्सना गरेको छ । आफ्नो परीक्षण संरा संघ सुरक्षा परिषद्को प्रस्तावना २२३१ को भावनाविपरीत नभएको मन्त्रालयको भनाई छ । सो सम्बन्धि अमेरिकी अधिकारीहरुको भनाइ आधारहिन र उत्तेजनात्मक भएको इरानको भनाइ छ ।
Leave a Reply