भर्खरै :

न्यायाधीश स्वतन्त्र होइनन्, स्वेच्छाचारी बनेका छन्

 कृष्णप्रसाद भण्डारी
देशको राजनीति चौपट छ । पहिले पञ्चायतकालमा एउटा राजा तानाशाही थिए भने अहिले चौध जना तानाशाहहरू पैदा भएका छन् । राजनीतिमा सुधार नभई, उन्नति नभई तपार्इं खुसी बस्न सक्नुहुन्न । त्यसकारण म नेपाल मजदुर किसान पार्टीका नेताहरूलाई भन्न चाहन्छु–अघि बढ्नुस्, हामी तपाईंको साथमा छौं ।
संसारभरि नै आज न्यायिक जगत रसातलमा पुग्दैछ । न्यायाधीश स्वतन्त्र छैनन्, स्वेच्छाचारी भएका छन् । धर्मात्मा होइनन्, लोभी भएका छन् । यो रोग हाम्रो देशमा फैलिएको छ । आज हाम्रो देशमा न्याय बिकाउमा छ, न्याय खरिद गर्न सकिन्छ । आरामसँग धनी बन्न सकिन्छ । तर हामी संसारका न्यायिक जगतका मानिसहरूले हिम्मत हारेका छैनौँ । हामी नेपालका जुरिस्टहरू पनि भन्छाँैं–यो पुरानो न्याय व्यवस्था नष्ट गर्नुपर्छ । पुरानो नोकरशाही न्याय व्यवस्थाले न्याय दिनसक्दैन । न्याय प्रजातान्त्रीकरणको बाटोमा हिंड्नुपर्छ । जनताको निम्ति, जनताद्वारा र जनताको हातमा न्याय हुनुपर्दछ । त्यो सजिलोसँग गर्न सकिन्छ । हाम्रो अध्ययनले त्यही भन्छ । हामी भन्छाँै–झगडा नगर, मेलमिलाप गर । हामी भन्दछौँ–जनतालाई कानुन र कानुन सबैले जान्नुपर्दछ । तर कानुन कसैलाई सिकाइँदैन । कानुन जनताको हातमा, न्याय जनताको हातमा र न्याय जनताले गर्नसक्छन् भन्ने हाम्रो विश्वास छ । यी साधारण कुरा हुन् । नेपालको इतिहासमा हामीले पाएका थियौँ–हरिप्रसाद प्रधान, अनिरुद्रप्रसाद सिंहजस्ता महान् सुधारकहरू । उहाँहरूसँग मेरो नाम पनि जोडिने गरेको छ । हामीले नेपालको न्यायिक जगतमा धेरै सुधार गरेका थियौँ । नेपालमा न्यायिक क्षेत्रमा स्वर्णयुग कायम राख्न अझै हाम्रो प्रयास जारी छ ।
पहिले दण्ड सजायको सिद्धान्तको आधारमा न्याय क्षेत्र चलेको थियो । त्यसपछि अधिकार पत्र (बिल अफ राइट्स) को प्रणाली स्थापित भयो । अनि मानव अधिकारका कुरा सुरू भए । त्यत्तिले पनि नपुगेर रक्षात्मक न्याय प्रणालीको कुरा आए । आज आएर हामी भन्दैछौँ–अपराधलाई जन्म नदेऊ । अपराधलाई जन्ममै मार । यो मेरोमात्र होइन, संसारका महान जुरिस्टहरूको बोली हो । संयुक्त राष्ट्र सङ्घमा अहिले प्रस्तावको रुपमा राखिएको छ ।
पहिले हामी कानुनबेत्ताले शासन चलाउँथ्यौँ भने अहिले हामीलाई तीन वटा अङ्गको आवश्यकता परेको छ । पहिलो, मुद्रा प्रणाली, दोस्रो–मनोविज्ञान र तेस्रो न्यायिक जगत । मनोवैज्ञानिकले पनि अपराध कसरी हुन्छ भनेर बताउने गर्दछ । यी तीन जगतको समन्वयबाट न्यायिक जगत सुन्दर हुन्छ । अनि संसार सुन्दर, सभ्य र अपराधरहित हुन्छ ।
आजभोलि नोट (मुद्रा) चल्दैन, नोट राख्न पाउनुहुन्न । जसलाई आजभोलि अनलाइन प्रणाली भनिन्छ । तपार्इंलाई खर्च गर्नुपरे मोबाइलबाट गर्नुस्, मुद्राबाट होइन । सम्पत्ति शुद्धीकरणको कुरा आइरहेका छन् । कसरी गर्ने सम्पत्ति शुद्धीकरण ? बैङ्किङ प्रणालीको सहयोगले त्यसो गर्न सकिन्छ । कसैले एक करोड रुपैंया घूस खाए कहाँ राख्ने त्यो पैसा ? बैड्ढमा राख्नुभयो भने सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत त्यसको स्रोत देखाउनुपर्दछ ।
जबसम्म पुँजीवादी व्यवस्था रहन्छ, कुनै पनि प्रहरीले हाम्रो रक्षा गर्नसक्दैन । प्रहरीले अपराधलाई रोक्नसक्दैन । तर संसारका न्यायक्षेत्रमा विद्वानहरू माथिका तीन वटा आधारलाई लिएर संसारलाई सुन्दर बनाउन सक्छौं ।
इतिहासमा हामीले पाएजस्ता महान न्यायाधीश आज पाउन सकेका छैनौँ । न्याय क्षेत्रमा आइरहेका विकृति हटाउन आज नेपालका हामी वकिलहरू भिडिरहेका छाँै ।
हामी जनतालाई साना साना कानुनी विषयमा प्रशिक्षण दिन तयार छौँ । आजभोलि लोग्ने–स्वास्नीको सम्बन्धविच्छेदका मुद्दा धेरै छन् । त्यससम्बन्धी कुरा जनतालाई तालिम दिनसके जनताले पनि न्याय दिनसक्दछन् । जग्गाका मुद्दा जनतालाई नै स–साना कानुनका किताब पढ्न दिए आफैंले न्याय गर्नसक्दछन् । जनतालाई दुई–तीन महिनामा नै यस्ता साना–“साना तर आधारभूत कानुनी विषयमा हामी प्रशिक्षित बनाउन सक्दछौँ ।
वकिल पेसा विगतमा निकै सम्मानित पेसा थियो । नेपाल बारको पचास वर्षको इतिहास हेर्दा गौरव गर्ने ठाउँ धेरै छन् । भारतको पञ्जाबमा कानुनमा पहुँच विषयमा भएको कार्यक्रममा हामीले यही कुरामा जोड दियौँ ।
नेपालका वकिलहरूले वीपी कोइरालादेखि नारायणमान बिजुक्छें जस्ता नेताहरूका मुद्दा हे¥यौं । यो इतिहासका घटना अध्ययन गर्दा वकिलहरू महान् भएको गौरवबोध हुने गरेको छ ।
तर २०४६, गणतन्त्रपछि हाम्रो देशमा चौध चौध जना राजाहरू जन्मे, देशमा एउटा पनि राम्रो जुरिस्ट पाएको देखिंदैन । तुलना गरौं, हिजोका वकिल र आजको वकिलहरूबीच । न्यायका लागि आफ्नै कला, इमानदारिता, क्षमता हुने गर्दछ  ।
(कार्तिक ४ र ५ गते सम्पन्न ३८ औं नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले दिनुभएको मन्तव्यको सार– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *