सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
भक्तपुर, १८ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पुँजीपतिवर्गको नेतृत्वमा भएको आन्दोलनले बहुमत जनताको हित नभई पुँजीपतिवर्गको मात्र हित हुने बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा भएको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित वर्तमान समसामयिक राजनैतिक विषयक प्रशिक्षण एवम् प्रवचन कार्यक्रममा उहाँले मजदुरवर्गले पुँजीपतिवर्गविरुद्ध आन्दोलन गरेपछि मात्र मजदुरवर्गको मुक्ति सम्भव हुने बताउनुभयो ।
पुँजीवादले २÷३ सय वर्षमा गर्ने भौतिक विकास र प्रगति समाजवादी सोभियत सङ्घले ४०÷५० वर्षमै योजनाबद्ध विकास गरेर देखाइदिएको उल्लेख गर्दै उहाँले विदेशीको भरमा देशलाई विकास गर्ने सोचले देशलाई परनिर्भर बनाउँदै लाने धारणा राख्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “कम्युनिस्ट पार्टी पुँजीपति सरकारको भागबन्डामा सहभागी हुँदैन ।”
नयाँ पुस्तालाई शैक्षिक र राजनैतिकरूपमा योग्य बनाउन आवश्यक रहेको स्पष्ट पार्दै उहाँले कुनै पनि आन्दोलन सहरकेन्द्रित हुन नहुने बताउनुभयो । उहाँले आन्दोलनबिना मजदुरवर्गको मुक्ति सम्भव नहुने र कुनै उपलब्धि हासिल गर्न नसकिने धारणा राख्दै समाजवाद श्रमको सम्मान हुने र बौद्धिक श्रम गर्नेलाई भन्दा शारीरिक श्रम गर्नेलाई बढी मान दिइने व्यवस्था हो भन्नुभयो ।
मजदुरवर्ग सचेत र सङ्गठित भए मजदुर आन्दोलन अगाडि बढाउन सहज हुने उल्लेख गर्दै उहाँले मजदुर आन्दोलन स्वाभाविक ढङ्गले अगाडि बढे पुँजीपतिवर्गलाई समाप्त पार्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १८४८ मा माक्र्स र एङ्गेल्सले लेख्नुभएको ‘कम्युनिस्ट घोषणापत्र’ ले संसारलाई नयाँ विचार प्रदान गरेको बताउनुभयो ।
कम्युनिस्ट घोषणापत्रको सफल कार्यान्वयन गरी सशस्त्र सङ्घर्षबाट पुँजीपतिवर्गको सत्ता पल्टाएर मजदुरवर्गको सरकार स्थापना गर्ने पहिलो देश सोभियत सङ्घ भएको उहाँले बताउनुभयो ।
सर्वहारावर्गको शासन सत्ता स्थापना गर्ने नारा दिएर नेपालका शासकहरू पुँजीवादी सरकारमा पुगेर आफैँ पुँजीपतिवर्गमा परिणत भइसकेका बताउँदै उहाँले नेपालका शासक दलहरूबाट सर्वहारावर्गको हितको आशा गर्नु भनेको जनताले थप धोका पाउनु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टी देशको सच्चा कम्युनिस्ट पार्टी भएको विचार व्यक्त गर्दै नेमकिपाले स्थापनाकालदेखि मजदुरहरूको हकहितको निम्ति काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकनेपालमा उद्योगधन्दा नचल्दा नेपाली युवाहरू खाडी मुलुकमा कुल्ली बन्न बाध्यीय अधिकृत वसन्त भट्टराईले सीमित स्रोतसाधनबिच जनताका असीमित आकाङ्क्षा पूरा गर्ने दायित्व कर्मचारीहरूको हो भन्दै कर्मचारीहरू श्रमिकहरूको हक अधिकारबारे सचेत र सङ्गठित हुनुपर्छ भन्नुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले जनताको निःस्वार्थपूर्वक सेवा गर्ने उद्देश्यले कर्मचारीहरू अग्रसर हुनुपर्ने बताउँदै कर्मचारीहरू विकृतिपूर्ण क्रियाकलापबाट टाढा रहनुपर्छ भन्नुभयो । उहाँले कर्मचारीहरूले समाजवादी देशका मजदुरहरूको अवस्थाबारे अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एसोसियसनका विकास प्रजापति र दिलिपकुमार सुवालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । भक्तपुर नपाका कर्मचारीहरू तुल्सीराम ह्योँगोजु, सुन्दर ब्यान्जु, लक्ष्मीप्रसाद दुमरु, राधेश्याम मचामसी, राजेश कोजू र सूर्यप्रसाद लवजूले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे नेपाल क्रान्तिकारी मजदुर सङ्घको अपिलबारे बोल्नुभएको थियो ।
Leave a Reply