भर्खरै :

चिकपाद्वारा वर्तमान आर्थिक परिस्थिति र कामको विश्लेषण तथा अनुसन्धान गरिने

चिकपाद्वारा वर्तमान आर्थिक परिस्थिति र कामको विश्लेषण तथा अनुसन्धान गरिने

पेइचिङ, २० अप्रिल (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले अप्रिल ३० का दिन एउटा बैठकको आयोजना गर्दै यस वर्ष जुलाईमा पैचिङमा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको छ । जसले मुख्यगरी सुधारलाई चौतर्फी गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणका समस्याको अनुसन्धान गर्नेछ ।
यस बैठकले एकीकरण र उच्च गुणस्तरीय गरी दुई बिन्दुलाई घनिष्ट रुपमा कायम राख्दै याङ्त्से नदी डेल्टा एकीकरण विकास भन्ने महत्वपूर्ण कार्यभारलाई शक्तिशाली रुपमा प्रवद्र्धन गर्नुपर्छ भनी निष्कर्षमा जोड दिएको छ ।
बैठकको निष्कर्षमा अगाडि भनिएको छ – केन्द्रीय प्रविधिक विकासलाई तीव्रता दिँदै परम्परागत व्यवस्थाको स्तरोन्नति, नयाँ व्यवस्थाको विकासलाई व्यवस्थित रुपमा प्रवद्र्धन गर्नुपर्छ । संस्थागत संयन्त्रलाई छिटो पूर्णता दिलाउँदै प्रशासनिक बाधालाई तोडेर एकीकरणलाई अझै गहिरो क्षेत्रमा विस्तार गर्नुपर्छ ।
केन्द्रीय समितिका क्षेत्रीय समन्वय विकास निर्देशन टोलीले सम्बन्धित कामको समन्वयलाई मजबुत बनाउनुपर्छ ।
शाङ्हाई शहरले विशेष गरी निर्देशकीय भूमिका अझै राम्रोसँग खेल्दै र च्याङसु,च च्याङ र आनह्वी गरी तीन प्रान्तहरूले आ–आफ्ना विशेष भूमिका निर्वाह गर्नुपर्छ । जसले विशाल कार्यशक्तिलाई मिलाएर याङ्त्से नदी डेल्टाको एकीकरण विकासका लागि नयाँ अध्याय सिर्जना गर्नसकिन्छ ।
“मे एक” अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पार्टी केन्द्रीय समितिको तर्फबाट देशभरका श्रमिक जनतालाई बिदाको शुभकामना र हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ ।
सी चिनफिङले यो वर्ष नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव र “१४ औँ पञ्चवर्षीय योजना” को लक्ष्य र कार्यहरू पूरा गर्ने महत्वपूर्ण वर्ष भएको औँल्याउनुभयो । उहाँले श्रमजीवी व्यापक जनसमुदाय पार्टीसँग एकताबद्ध भएर पार्टीसँगै सङ्घर्ष गर्ने एवं मेहनत र निस्वार्थ कामबाट आफ्नो बुद्धि र पसिनाले पार्टी र देशको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *