भर्खरै :

सम्पति करबारे केही कुरा

एक जनप्रतिनिधि
भक्तपुर नगरपालिकाले लागू गरेको सम्पत्ति कर (घर जग्गा कर) अलि महँगो भयो कि भन्ने कुरा उठेको छ । विभिन्न पत्रपत्रिकाहरूले यथार्थभन्दा फरक पारी जनमानसमा भ्रम फैलाउने उद्देश्यले प्रचारप्रसार गरेको पाइयो । कतिपय पत्रपत्रिकाले त भनपाले लगाएको सम्पति कर देशकै सबभन्दा महँगोसम्म लेख्न भ्याए । गलत सूचनाले जनतामा भ्रम सृजना गर्छ र जनप्रतिनिधि संस्थाप्रति नकारात्मक सोचको विकास हुन्छ । जनता र जनप्रतिनिधिहरूबीच फाटो ल्याउने सोचले कसैले कलम चलाएको छ भने त्यो गलत हो । पूर्वाग्रही ढङ्गले हचुवा टीकाटिप्पणी गर्नाले कसैको पनि वजन बढ्दैन । भनपाले लगाउँदै आएको करबारे यहाँ प्रस्ट पार्न चाहन्छु ः
सम्पत्ति कर सम्बन्धमा सङ्घीय सरकारको अस्थिर नीति तथा प्रचलित ऐनमा रहेको द्विविधा तथा अस्पष्टताको कारण हाल नेपालका नगरपालिकाहरूमा दुई प्रकारको सम्पत्ति कर लागू गरेको पाइन्छ ः— १) एकीकृत सम्पत्ति कर र २) घर जग्गा कर । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले एकीकृत सम्पत्ति कर लागू गर्नैपर्ने बाध्यात्मक व्यवस्था ग¥यो भनेपछि सङ्घीय संसदले आर्थिक ऐन २०७५ मार्फत अन्तिम समयमा आएर एकीकृत सम्पत्ति करको सट्टा सम्पत्ति कर (घर जग्गा कर) लागू गर्ने गरी संशोधन ग¥यो । यसले गर्दा कतिपय नगरपालिकाहरूले एकीकृत सम्पत्ति कर हटाउन भ्याएनन् र अद्यावधिक लागू गरेका छन् । यी दुईमा भिन्नता के देखिन्छ भने घर जग्गा करअन्तर्गत घर जग्गाको मूल्याङ्कनमा घर र घरले चर्चेको जग्गामात्र मूल्याङ्कनमा समावेश गरी बाँकी जग्गाको मालपोत लिइन्छ भने एकीकृत सम्पत्ति करअन्तर्गत कर दाताको घरले चर्चेको बाहेकको नगरभित्रका सम्पूर्ण जग्गाहरू मूल्याङ्कनमा समावेश गरी कर निर्धारण गरिन्छ । अतः यी दुई थरीका सम्पत्ति कर मूल्याङ्कन गर्ने तरिका फरक हुनुका साथै घर जग्गाको मूल्याङ्कन तथा करको दर निर्धारणमा समेत नगरपालिकाहरूबीच एकरुपता नभएकोले जनताबीच यस सम्बन्धमा द्विविधा तथा अस्पष्टता रहेको देखिन्छ ।
जहाँसम्म भक्तपुर नगरपालिकाको सम्पत्ति करको कुरा छ, नगरवासीहरूको सबै जग्गा मूल्याङ्कनमा समावेश हुने एकीकृत सम्पत्ति करको भक्तपुर नगरपालिकाले सुरुदेखि नै समर्थन नगरी घर जग्गा कर नै लागू गर्दैै आयो । घर जग्गा करको कुरा गर्नुपर्दा यसको निर्धारणमा तीनवटा पक्ष समावेश भएको हुन्छ ः— घरको मूल्याङ्कन, घरले चर्चेको जग्गाको मूल्याङ्कन तथा घर र जग्गाको मूल्याङ्कनको योगमा लगाइने करको दर । उल्लेखित तीनवटै पक्षको मूल्याङ्कनमा नगरपालिकापिच्छे दर फरक रहेको छ । अतः उल्लेखित तीनवटै पक्षको तुलनात्मक अध्ययन नगरी कुनै एक पक्षमा मात्र वा एउटा नगरपालिकासँग मात्र तुलना गरी भक्तपुर नगरपालिकाको कर सबैभन्दा महँगो भन्नु सतही अध्ययनको निष्कर्ष हुन जान्छ ।
भक्तपुर नगरपालिकाले निर्धारण गरेको हालको सम्पत्ति कर (घर जग्गा कर) को दर नेपाल सरकारकोे निर्णयअनुसार मिति २०७२।०७।०९ गतेको राजपत्रमा प्रकाशित सूचनाबमोजिम निर्धारण भइ आ.व.२०७३।०७४ देखि लागू भएको दर हो ।
उक्त दर लामो समयको अन्तरालमा नेपाल सरकारले संसोधन गरी वृद्धि गरेको कारणबाट नगरवासीलाई करको भार बढी भएको अनुभव गरी जनप्रतिनिधिहरू भक्तपुर नगरपालिकामा प्रवेश गरेसँगै पहिलो नगरसभाले आ.व.२०७४।०७५ देखि नै लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय ग¥यो । दोस्रो नगर सभाले त्यसलाई निरन्तरता दिंदै आ.व.२०७५।०७६ को असार मसान्तसम्मा समय थप गरिएको छ । भक्तपुर नगरपालिकाले लागू गरेको सम्पत्ति कर (घर जग्गा कर) उस्तै आन्तरिक स्रोत भएका केही नगरपालिकाहरूको सम्पत्ति कर (घर जग्गा कर) सँग तुलना गरेर हेर्दा पनि औसतभन्दा बढी नभएको र त्यसमा पनि ५० प्रतिशत छुट दिंदा नगरवासीहरूलाई करमा सहुलियत दिइएको प्रस्ट हुन्छ । केही नगरपालिकासंगको तुलनात्मक विवरण यसप्रकार हेर्न सकिन्छ ।
क) घरको मूल्याङ्कनः—
जग्गाको मूल्याङ्कन रजिष्ट्रेजन प्रयोजनको लागि सम्बन्धित मालपोत कार्यालयले निर्धारण गरेको दर वा नगरपालिकाले निर्धारण गरेको दरअनुसार हुनेछ ।
ख) जग्गाको मूल्याङ्कनः

ग) उपरोक्तअनुसार घर र जग्गाको मुल्य निकालिसकेपछि आउने घर जग्गाको कूल मूल्यमा लगाइने घर जग्गा करको दरको तुलनात्मक विवरण ः—
उपरोक्त विवरणलाई हेर्दा करिब उस्तै उस्तै आन्तरिक आयस्रोत भएका नगरपालिकाहरूले लागू गरेको घरको मूल्याङ्कन दर भक्तपुरको अरुभन्दा कम नै देखिन्छ भने करको दर पनि औसतभन्दा बढी छैन । त्यसमा पनि ५० प्रतिशत छुट दिंदा भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई न्याय नै गरेको हो । काठमाडौं महानगरपालिकाले आ.व. २०७५।०७६ का लागि निर्धारण गरेको घर जग्गाको कूल मूल्यमा लाग्ने करको दर उल्लेखित नगरपालिकाहरूको दरभन्दा कम भएपनि घरको मूल्याङ्कन दर उल्लेखित नगरपालिकाहरूको भन्दा बढी अर्थात् न्यूनतम प्रतिवर्ग फिट रु १,५००। देखि रु. २,६००। सम्म रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएदेखि स्थानीय तहहरूलाई कर निर्धारण गर्ने अधिकार दिइएको छ । यसले करको दरमा एकरुपता नभई फरक फरक हुनु स्वाभाविक छ । भक्तपुर नगरपालिकाले ऐन कानूनको परिधिभित्र रही जनताको हितलाई ध्यान दिएर करको दर निर्धारण गरेको प्रस्ट पार्न चाहन्छ । बलियो आन्तरिक स्रोतविना कुनै पनि नगरपालिकाले विकास कार्यलाई अगाडि बढाउन सक्दैन । जनताबाट उठेको करको सही सदुपयोग भयो भएन त्यसतर्फ भनपा रचनात्मक आलोचनाको अपेक्षा गर्दछु । एकपटक निर्धारण गरेको करको दर सधैं एउटै रहन्न । समयअनुसार भनपाको करको दरमा पनि परिमार्जन हुँदै जाने विश्वास दिलाउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *