भर्खरै :

‘विश्वका क्रान्तिकारी महिलाहरू’ तुलनात्मक अध्ययन एक अवसर

‘विश्वका क्रान्तिकारी महिलाहरू’ तुलनात्मक अध्ययन एक अवसर

नेपाल क्रान्तिकारी महिला सङ्घले ५ वर्षअघि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तक प्रकाशित ग¥यो । १४० पृष्ठको पुस्तकमा १६ जना कामदारवर्गप्रति समर्पित महिलाहरूको जीवन परिचय २ देखि ४२ पृष्ठसम्म पैmलिएका छन् । विश्वका क्रान्तिकारी महिलाहरूको त्याग, समर्पण, साहस, धैर्य, योगदान र सङ्घर्षको गाथा एकै सँगालोमा समेटिँदा तुलनात्मक अध्ययन गर्न पाठकहरूलाई सहज बनाएको छ ।
ती क्रान्तिकारी महिलाहरूमध्ये सबैभन्दा सुख र वैभवमा हुर्किएकी जेनी माक्र्स नै थिइन् । तीमध्ये जेनीले नै सबैभन्दा ज्यादा अभावको भुँवरीमा अवर्णननीय पीडा भोगिन् । सबैभन्दा कठिन जीवन सङ्घर्ष सामना गरिन् ।
सन् १८१४ फ्रेबुअरी १२ का दिन सामन्त परिवारमा जेनी जन्मेकी थिइन् । जेनीका बुबा लुडविग फानवेस्टफालेन साहित्यानुरागी तथा सालजवेडेलका मेजिस्ट्रट थिए । त्यसैले जेनी राजकुमारीजस्तै सुखसयलमा हुर्किन् । तीक्ष्ण बुद्धिका जेनी निकै राम्री थिइन् । ट्रियर नगरमा ‘देवकन्या’ वा ‘नृत्यकी रानी’ भनी प्रसिद्ध थिइन् ।
जेनीका बुबा लुडविगको माक्र्सका बुबा हाइनरिख माक्र्ससँग घनिष्ठ सम्बन्ध थियो । हाइनरिख वकिल थिए । बुबाहरूको घनिष्ठताकै कारण जेनी आफ्नो घरमा माक्र्ससँगै खेल्ने र पढ्ने गर्थिन् । जेनी माक्र्सभन्दा ४ वर्षले जेठी थिइन् । उनीहरूबिचको बाल्यप्रेम युवावस्थामा झन् प्रगाढ भयो । जेनी माक्र्सका प्रेरणा बनिन् भने माक्र्स जेनीको प्राण थिए । एक सामन्त वर्गकी छोरी भएर पनि जेनीले दर्जा, कुल र मर्यादालाई बेवास्ता गरी तल्लो दर्जाको परिवारका माक्र्सलाई आफ्नो हृदयको सम्राट बनाइन् ।
बर्लिनबाट विद्यावारिधी (पीएचडी) गरेपछि माक्र्सले राइन समाचार (राइनिसे जाइटुङ्ग) मा सम्पादनको काम गरे । माक्र्सको क्रान्तिकारी विचारलाई ‘उग्र, सरकारविरोधी र साम्यवादतिर ढल्केको’ आरोप लगाउँदै पत्रिका बन्द गर्ने आदेश आयो । स्वतन्त्रतापूर्वक कलम चलाउन माक्र्सले जर्मनी नै त्याग गर्ने विचार गरे । स्वनिर्वासनमा जानुअघि सन् १८४३ जून १९ का दिन माक्र्स र जेनीको विवाह भयो ।
पेरिस बसाइँ सन् १८४४ मा जेनीले पहिलो सन्तान छोरी जन्माइन् । जेनी नै नाम राखियो । सन् १८४५ जनवरी ११ का दिन जर्मन सरकारको दबाबमा जर्मन क्रान्तिकारीहरूलाई फ्रान्सबाट निकाल्ने आदेश दियो । जेनीको परिवार बेल्जियमको ब्रुसेल्समा निर्वासित भए । त्यहाँ जेनीले सन् १८४५ सेप्टेम्बरमा दोस्रो छोरी लाउरा जन्माइन् ।
सन् १८४८ मा माक्र्स र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ लेखे । घोषणापत्र प्रकाशनलगत्तै फ्रान्समा क्रान्ति सुरु भयो । फ्रान्सको क्रान्तिको डढेलो सारा युरोपभरि फैलियो । बेल्जियमका पुँजीवादी उदारवादी राजनीतिज्ञहरूले राजालाई समर्थन गरे र क्रान्तिलाई दबाए । विदेशीहरूलाई लखेट्ने क्रममा माक्र्स र जेनी पनि पक्राउ परे । हिरासतमा जेनीले यौन पेसाकर्मी महिलाहरूसँगै रात बिताउनुप¥यो । माक्र्स र जेनी ब्रुसेल्सबाट पनि निकालिए ।
फ्रान्सको अस्थायी सरकारले माक्र्सलाई ‘वीर, इमानदार र सबै जातिहरूको भाइचाराको निम्ति लड्ने’ भनी स्वागत ग¥यो । परिवर्तित राजनीतिक परिवेशमा पेरिसमा नेतृत्व स्थापना गरी माक्र्स जर्मनका ठाउँ ठाउँमा भएको आन्दोलनमा सहभागी भए । सन् १८४८ जून १ मा ‘नयाँ राइन समाचार’ (नोये राइनिशे जाइटुङ्ग) प्रकाशित गरे । केही महिनापछि जर्मनीमा क्रान्ति असफल भयो । मे ११ को दिन प्रसियन सरकारले माक्र्सलाई देश निकालाको आदेश दियो । भरखरै सुरु गरेको पत्रिकाको ऋण धेरै थियो । ऋण तिर्न माक्र्सको सारा सम्पत्ति बेचे । नपुगेर जेनीका चाँदीका भाँडाकुँडाबाहेक सबै गहना पनि बेच्नु प¥यो ।
सेप्टेम्बर १५ मा माक्र्स – जेनीको परिवार लन्डन पुगे । माक्र्स त्यहाँ २८ पृष्ठको ‘नयाँ राइन समीक्षा’ (नोये राइनिशे रिभ्यु) पत्रिका प्रकाशन गरेर आफ्नो क्रान्तिकारी विचार प्रचारमा लागे । चरम आर्थिक अभावको शिलशिला रहिरह्यो । जेठो छोरा एड्गरपछि सन् १८४९ नोभेम्बरमा जन्मेको चौथो सन्तान, छोरा गिडो एक वर्षमै बित्यो । खानपिन र औषधिमूलोकै प्रबन्ध नभएर मृत्युवरण गर्ने गिडो आफ्नो परिवारको दुःख हेर्न आएको पाहुनाजस्तै भयो । जेनीको परिवार एक एक पैसा र एक एक गेडा अन्नको लागि सङ्घर्ष गरिरहेको थियो । घर बहाल तिरिसकेका थिए । तर, लिने मानिसले घरको मुख्य मालिकलाई पैसा नतिर्दा निर्दयतापूर्वक जेनीको परिवारलाई घरबाट निकाल्यो । बिरालोले बच्चा सारेजस्तो जेनी केटाकेटी, झिटीगुन्टा बोक्दै हिडिन् । कस्तो आर्थिक सङ्कट ¤ भोकभोकै डेरा खोज्दै हिँड्नुपर्ने, केटाकेटीहरू अकाल मृत्युको साक्षी बनेर । कसरी थामियो होला, माक्र्स र जेनीको मन ? मानवता र सर्वहारा वर्गप्रति अगाध प्रेम र भक्ति राख्ने परिवारले कसरी आफ्नो धैर्यलाई कायम राख्यो होला ? क्रान्तिकारीहरूको जीवनको यो एक झल्को हो ।
सन् १८५१ मार्चमा जेनीले पाँचौँ सन्तान, छोरी फ्राँजिस्का जन्माइन् । सन् १८५२ को इस्टर पर्वमै निमोनिया पीडित छोरी फ्राँजिस्काको मृत्यु भयो । मुर्दा राख्ने बाकसको लागि एक फ्रान्सेली शरणार्थीले २ पाउन्ड सहयोग गरे । सन् १८५५ अप्रिल ६ का दिन एक मात्र छोरो एड्गर ९ वर्षको उमेरमा मृत्यु भयो । जेनीलाई असह्य र अवर्णनीय चोट प¥यो । उच्च खानदानकी छोरी जेनीले निर्मम अभावमा पनि आफ्नो क्रान्तिकारी लोग्नेको मुख हेरेर मात्रै आफ्नो व्यथित हृदयलाई सम्हालिन् ।
माक्र्सप्रतिको समर्पण र धैर्यले जेनीको हृदय नौनीभन्दा कोमल र बज्रभन्दा पनि कठोर बन्यो । जेनी माक्र्सकी श्रीमती, सहयोगी मात्रै थिइनन्, अभिभावक पनि थिइन् । माक्र्सले हरेक लेख प्रेसमा पठाउनुभन्दा पहिले जेनीलाई दिन्थे र त्यसलाई जेनीले सार्ने गर्थिन् । सन् १८६६ मा माक्र्सले भने, “म आफ्नो सबै हस्तलेखहरू उनको अगाडि राख्छु र उनको निर्णयलाई धेरै मूल्यवान सम्झन्छु ।” माक्र्स र जेनीको अद्वितीय प्रणय भावना मिलन मात्र होइन विचार र बौद्धिकताको समागम पनि हो ।
‘विश्वका क्रान्तिकारी महिलाहरू’ को दोस्रो पाठमा ह्यारियट टबम्यानको परिचय दिइएको छ । जेनीको पारिवारिक पृष्ठभूमिको ठीक उल्टो टबम्यान दास परिवारमा सन् १८२१ मा जन्मेकी थिइन् । ५ वर्षको उमेरमा टबम्यानलाई एक गोरी महिलाले घरेलु कामदारको रूपमा लगी । ती महिलाले कामको पहिलो दिनमै टबम्यानको मुख छालाको डोरीले चारपटक हिर्काई । दिनदिनको अमानवीय यातना सहन नसकेर ७ वर्षको उमेरमा टबम्यान भागिन् । सुँगुरको खोरमा लुकिन् । खानाको लागि सुँगुरसँग लडिन् । ४ दिनपछि उही महिलाको घरमा गइन् ।
गोरी महिलाको घरबाट उम्केर खेतमा गइन् । घरदासीबाट खेतदासी भइन् । यौवन अवस्थामा आफूलाई दासताबाट मुक्त पारिन् । टबम्यानले दासत्वबाट मुक्त अभियान चलाइन् । उनले गरिब र दासहरूको क्षेत्रबाट सूचना दिनेहरूको चारैतिर सङ्गठन फैलाइन् । सयौँ दासहरूलाई मुक्त हुन सहयोग गरिन् । सन् १८५० मा अमेरिकी भूमिपतिहरूले उनलाई जिउँदो वा मुर्दा समाउनेलाई ४० हजार डलर पुरस्कार दिने घोषणा ग¥यो । क्यानाडाको सिमाना र दक्षिण क्यारोलिनालगायत क्षेत्रमा आवश्यक सशस्त्र प्रतिरोध गरेर दासहरूलाई मुक्त गर्न उनी सफल भइन् ।
पुस्तकको तेस्रो पाठमा सन् १८५७ जुलाई ५ मा जन्मेका क्लारा जेट्किनको सैद्धान्तिक सङ्घर्षमा प्रकाश पारिएको छ । जर्मनी महिला सङ्घको छलफल र अन्तरक्रिया कार्यक्रमहरूमा भाग लिन थालेपछि क्लारा सामाजिक प्रजातन्त्रवादीहरूको सम्पर्कमा पुगिन् । सन् १८७८ मा सामाजिक मजदुर पार्टीमा संलग्न भएपछि उनी ब्रुच जान बाध्य भइन् । उनले साचसेन र अस्ट्रियामा शिक्षिकाको रूपमा काम गरिन् । सन् १८८२ मा क्लारा जुरिचमा सामाजिक प्रजातान्त्रिक पार्टीमा सामेल भइन् । त्यही वर्ष रुसी क्रान्तिकारी ओसिप जेट्किनसँग बस्न थालिन् । विवाह गर्न आवश्यक कागजपत्रको अभावमा क्लाराले ओसिपको थर आफ्नो नामको पछाडि जोडिन् ।
क्लारा पेसागत र सामाजिक क्षेत्रका महिलाहरूको समान हकको माग गर्दै वर्गसङ्घर्षका विभिन्न आन्दोलनमा सक्रिय भइन् । मजदुर आन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन क्लाराले महत्वपूर्ण योगदान दिइन् । सन् १८९२ मा सामाजिक प्रजातान्त्रिक पार्टीको तर्फबाट ‘समानता’ भन्ने पत्रिका प्रकाशित गरिन् । सन् १९०७ स्टुटगार्टमा समाजवादी महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनले क्लारालाई महिला सचिवालयको अध्यक्ष छान्यो । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा क्लाराले ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरिन् ।
प्रथम विश्वयुद्धको सङ्घारमा जर्मन सामाजिक प्रजातान्त्रिक पार्टी सामाजिक अन्धराष्ट्रवादमा फस्दै गयो । क्लाराले अन्धराष्ट्रवाद र संशोधनवादको विराधमा सशक्त सङ्घर्ष गरिन् । जर्मनीमा निश्चित सम्पति र आम्दानी हुने महिलाले मात्र मतदान अधिकार पाएका थिए । ‘पुँजीवादी महिला हक’ को विरोध गर्दै समान राजनीतिक अधिकारीको निम्ति सङ्घर्ष अगाडि बढाइन् ।
महान् नेता लेनिनका सहजीवनकी यात्री नादेज्दा क्रुप्सकाया गरिब भए पनि प्रगतिशील परिवारमा सन् १८६९ मा जन्मेकी थिइन् । आमाबुबाको विचारबाट प्रभावित क्रुप्सकाया १४ वर्षकै उमेरमा शिक्षिका भइन् । सानैमा माक्र्सवाद अध्ययन गर्दै कम्युनिस्ट पार्टीमा आबद्ध क्रुप्सकायाले पिटर्सवर्गका मजदुरहरूबिच पाठशाला चलाइन् । मजदुरवर्गको मुक्ति सङ्घर्षमा लेनिनसँग क्रुप्साकायाको भेट भयो । सन् १८९८ साइबेरियामा निर्वासनमा रहँदा एक अर्काको जीवनलाई सहजीवन वा सहअस्तित्वको रूपमा स्वीकार्दै लेनिन र क्रुप्सकायाले वैवाहिक सम्बन्ध जोडे ।
क्रान्तिको लागि गुरिल्ला युद्ध तयारी मजबुत बनाउन क्रुप्सकाया लागिपरिन् । मजदुर महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि क्रुप्सकायाले उच्च भूमिका निर्वाह गरिन् । साक्षरता वृद्धि गर्न प्रौढहरूलाई पनि शिक्षा लिन उत्प्रेरित गरिन् । सन १९१५ उनले ‘जनशिक्षा र जनवाद’ शीर्षकमा शोध गरिन् । क्रान्तिपछि शिक्षामा बौद्धिक विकाससँगै उत्पादन श्रमसँग जोड्न महत्वपूर्ण पहल गरिन् । अक्टोबर क्रान्तिअघि सङ्गठन निर्माण र क्रान्तिपछि कामदार जनताको शिक्षा प्रवद्र्धनमा विशिष्ट योगदान दिइन् । शिक्षालाई जोड दिने क्रममा लेनिनको सालिक बनाउन लाग्दा विरोध गर्दै क्रुप्सकायाले भनिन्, “स्कूल बनाउनुपर्छ, किनभने स्कूलमा केटाकेटीलाई ज्ञान दिइन्छ । सालिकमा त्यस्तो कुनै गुण हुँदैन ।”
पोल्यान्डको यहुदी परिवारमा सन् १८७१ मार्च ५ का दिन जन्मेका रोजा लक्जेम्वर्गको जीवनी र योगदानलाई यस पुस्तकभित्र ४२ पृष्ठमा विस्तार गरिएको छ । पोल्यान्डमा रुसी साम्राज्यवादीहरूले कारखानाका मजदुरहरूलाई १५–१६ घण्टा काम गराउँथ्यो । पोल्यान्डका कारखानामा महिलाहरूलाई भर्ती गर्न नाङ्गै जाँच्ने नियम थियो । महिलाहरूको बेइज्जतीविरुद्ध सर्वहारा मजदुर पार्टीले विरोध ग¥यो । हजारौँ मजदुरहरूको हडतालबाट महिला मजदुरहरूलाई नाङ्गै राखेर जाँच्ने नियम खारेज गरियो । परतन्त्रता, गरिबी र असमानताको एक मात्र औषधि समाजवादी क्रान्ति हो भन्ने प्रचार हुँदै थियो । १६–१७ वर्षकी किशोरी रोजाले क्रान्ति, समाजवादी सिद्धान्त, माक्र्स र एङ्गेल्सका रचनाहरूको अध्ययन गरिन् । सर्वहारा मजदुर पार्टीमा रोजाले जीवनको नयाँ ज्योति देखिन् । तत्कालीन रुस र पोल्यान्डका देशभक्तहरूको केन्द्र जुरिचमा रोजा जानुपर्ने भयो । पक्राउबाट बच्न रोजा भूमिगत थिइन् । पासपोर्ट थिएन । रोजाले यहुदीबाट क्रिश्चियन धर्म परिवर्तन गर्न लागेको बहाना बनाई सीमा पार गर्न पादरीको पनि सहयोग लिन सफल भइन् ।
प्रतिभावान र सक्रिय रोजाले पोल्यान्ड समाजवादी पार्टीको मुखपत्र ‘मजदुरहरूको इच्छा’ प्रकाशनको भित्री नेतृत्व गरिन् । २३ वर्षको उमेरमै रोजा कम्युनिस्टहरूको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी भइन् । रोजाले सैद्धान्तिक सङ्घर्षलाई दृढतापूर्वक अगाडि बढाइन् । मजदुर आन्दोलनलाई शिथिल पार्न पुँजीपतिवर्गले शासन सत्तामा मजदुरवर्गका प्रतिनिधि र समाजवादी दलहरूलाई सामेल गराउने नीति लिन थाल्यो । मजदुर आन्दोलन दबाउनका लागि त्यो चास्नी पोतेको गोली थियो । रोजाले पुँजीवादी मन्त्रीमण्डलमा हिस्सा लिने नीतिको विरोध गरिन् । रोजाले चुनावमा भाग लिनुको अर्थ जनताको बिचमा समाजवादको प्रचार गर्नु र संसद्मा जानुको अर्थ जनताको माग अगाडि बढाउन अनि सकेसम्म जनताको पक्षमा ऐन कानुन बनाउन सङ्र्घ गर्नु हो भन्ने स्पष्ट पारिन् । संसद्बाट मजदुरवर्गको भलो हुन्न भन्ने बुझेर नै मजदुर वर्गले संसद्बाहिर क्रान्तिको निम्ति सङ्गठन गर्नुपर्छ भन्ने पक्षमा वकालत गर्दै आइन् । आफ्नो सैद्धान्तिक परिपक्वता, सुझबुझ र राजनीतिक अडानले गर्दा जर्मनको राजनीतिक दबुलीमा रोजा एक चर्चाको विषय बनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *