भर्खरै :

मृत्युघण्टको प्रतिध्वनि

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज परिस्थिति निल्नु न ओकल्नु भएको छ । उही नेपाली उखान जस्तैः खाउं दिनभरको शिकार नखाउं कान्छा बाउको अनुहार । एकातिर सरकारले मंसिर १४ गते सदनमा दर्ता गरेको संविधान संशोधन प्रस्तावप्रति मधेसवादी दलहरुले स्वामित्व गरेको छैन भने अर्कोतिर प्रतिपक्ष दलहरु संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा स्वीकार्ने पक्षमा छैनन् । प्रतिपक्ष दलहरुले प्रस्तावविरुद्ध आन्दोलन समेत घोषणा गरेको अवस्था छ । संविधान संशोधन प्रस्तावविरुद्ध सत्तासीन दलहरु माओवादी केन्द्र र काङ्ग्रेसका कतिपय नेताहरुसमेत सडकमा उत्रेका छन् । सोमबार काङ्ग्रेसका पूर्व तथा वर्तमान केन्द्रीय सदस्यहरुको भेलाले समेत तत्काललाई संशोधन प्रस्तावलाई स्थगन गरी स्थानीय निर्वाचनमा अघि बढ्नु पर्ने विचार चर्को रुपमा उठेको छ ।
प्रधानमन्त्रीलाई यो निर्णयले पक्कै पनि अझ गाह«ो परिस्थितिमा पु¥याएको छ । घुमीफिरी उनलाई संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने परिस्थितिमा पु¥याएको छ । काङ्ग्रेसको सभामा ब्यक्त विचारले प्रतिपक्ष दलहरुको आन्दोलनलाई टेवा पु¥याउने छ । तर सरकारले त्यसो गर्नुको अर्थ आफूले रिझाउन खोजेका मधेसवादी दलहरुलाई चिढाउनु हुनेछ । काङ्ग्रेस त अझ पुरानै संरचनामा स्थानीय निकायको निर्वाचनको पक्षमा छ जुन स्वंय माओवादी र मधेसवादी दलहरुलाई मान्य हुनेछैन ।
प्रधानमन्त्री यसअवस्थामा के गर्ने भन्नेमा अन्योलमा रहेको प्रष्ट छ । स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्न उनले गरिरहेको आलछालबाट पनि यो कुरा प्रष्ट भएको छ । साँच्चै भनुं प्रधानमन्त्री आज ज्यादै गम्भीर संकटमा फसेका छन् । न त प्रतिपक्ष दलहरु न त सत्तासाझेदार दलहरु नै उनको पक्षमा छन् । न त मधेसवादी दलहरु नै उनको सरकारको आयु लम्ब्याउन लागेका छन् । यस्तो परिस्थितिमा प्रचण्ड सरकारको मृत्युको घण्टी बजिरहेको प्रतिध्वनित भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *