भर्खरै :

जय भिमसेन साकोसको ११ औं साधारणसभा

भक्तपुर, २३ मंसिर । जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
उक्त सभामा प्रदेश नं ३ का सभासद एवं नेमकिपाका वैकल्पिक सदस्य सुरेन्द्रराज गोसाईले सहकारी संस्था व्यावसायिकरुपमा भन्दा सामुदायिक रुपमा चिनिनुपर्ने र सहकारी संस्थाकै माध्यमबाट सामाजिक, आर्थिक, राजनैतिक र सामुदायिक भावना र ज्ञान हासिल गर्न अघि बढ्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांले सहकारी संस्था बचत गर्ने ऋण लिने÷दिनेमात्र नभई स्थानीय निकायसँग समन्वय गरी सदस्यहरूलाई विभिन्न आयमूलक तालिमहरू दिई आर्थिक रुपमा सबल बनाउन सकेमात्र संस्था सबल हुने बताउनुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका जगनाथ प्रजापतिले सहकारी ऐन २०७४ र सम्पति शुद्धीकरण ऐनबारे प्रकाश पार्नुभएको थियो ।
संस्थाका सल्लाहकार पुरुषोत्तम ग्वाछाले सहकारी संस्था आर्थिक अनुशासनभित्र रहेर काम गरेमात्र दिगो हुने विचार राख्नुभयो । कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले सहकारी ऐन २०७४ को कानुनी प्रावधानहरूबारे चर्चा गर्नुभएको थियो ।
सञ्चालक सदस्य रत्नप्रसाद शिल्पकारले पनि बोल्नुभएको उक्त कार्यक्रममा मित्र साकोसहरू सिद्धी गणेश साकोसका ईश्वरमान दुमरुले वार्षिक साधारणसभाको सफलताको शुभकामनासहित सहकारीबारे आफ्नो धारणा राख्नुभएको थियो । भक्तपुर बचत, श्रमिक बचत, सहलह बचत, संगम बचत र विकास बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधिहरूले ११ औं वार्षिक साधारणसभाको सफलताको शुभकामना सन्देश दिनुभएको थियो । संस्थाका अध्यक्ष रत्नबहादुर शिल्पकारको सभापतित्वमा सम्पन्न उक्त सभामा ज्येष्ठ नागरिक १७ जनालाई प्रमुख अतिथि सुरन्ेद्रराज गोसाईले सम्मान गर्नुभएको थियो ।
सोही सभामा असल बचतकर्ता, असल ऋणी र संस्थामा आ.व. २०७४÷२०७५ असार मसान्तसम्ममा व्यक्तिगत शेयर पुँजी रु. ५०,००० ÷– सम्म पु¥याउने शेयर सदस्य र संस्थाको स्थापना दिवसको दिनमा रक्तदान गर्नुहुने रक्तदाता महानुभावहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । उपाध्यक्ष रामकाजी शिल्पकारले स्वागत गर्नुभएको उक्त कार्यक्रममा सचिव बुद्धराम शिल्पकार र कोषाध्यक्ष रामप्रसाद साँयजुले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *