भर्खरै :

लोकेश्वरको प्राङ्गारिक मल बनाउने तालिम

भक्तपुर, २३ मंसिर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक उत्सवको अवसरमा संस्थाको कृषि उपसमितिको आयोजनामा एकदिने प्राङ्गारिक मल बनाउने तालिम सम्पन्न भयो ।
प्राङ्गारिक मल रासायनिक मल युरिया र डि.ए.पी. मलको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । सो मल बनाउन गाई, भैंसी तथा अन्य जनावरको मल, काठको धुलो, खरानी, पिना, जनावरको हड्डीको धूलोमा आवश्यकताअनुसार आई. पि. एग्रो लिक्विड झोल राखी गुणस्तरीय प्राङ्गारिक मल बनाउन सकिन्छ ।
४५ देखि ६० दिनमा नै गुणस्तरीय प्राङ्गागारिक मल तयार गर्न सकिने हुँदा उक्त मल खेतबारीमा राखेमा माटोको पि.एच. ९एयतभलतष्ब िया ज्थमचयनभल० सन्तुलनमा राख्छ । वातावरण, मानव शरीर तथा वोटविरुवाको लागि फाइदाजनक परजीवी किराहरूलाई नकारात्मक असर नगर्नुका साथै माटोको जरा विकासमा सहयोग पु¥याउने कृषि विशेषज्ञको भनाइ रहेको छ ।
कृषि विशेषज्ञ सर्कल ज्याख्वबाट प्रशिक्षण दिनुभएको तालिममा २० जना प्रशिक्षार्थी कृषकहरू सहभागी रहेको कृषि उपसमितिका संयोजक पुण्यराम देशेमरुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *