भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–९ –क्रान्ति –निर्माण –सुधार

चाङ पाइचिया
सुधारः चिनियाँ विशेषताको समाजवादी बाटो
सन् १९७६ को अक्टोबरमा ‘चार जनाको गुट ’ माथिको विजयपछि सांस्कृतिक क्रान्तिले ल्याएको घरेलु उपद्रवको पनि अन्त्य भयो । चिनियाँ समाजवादी व्यवस्थाले ठूलो क्षति व्यहोर्नु परे पनि त्यो स्थिर रह्यो । जनताका त्यसबेलासम्म चिकपामाथि विश्वास थियो । चिकपाको केन्द्रीय समितिले पार्टी र समग्र देशलाई सामान्य अवस्थामा ल्याउने कार्यक्रमहरूलाई प्राथमिकता दियो । त्यसैबीच देशलाई आधुनिकीकरणतर्फ डो¥याउन र सांस्कृतिक क्रान्तिमा भएको क्षतिपूर्तिको निम्ति योजनाहरू बनाउन थालियो ।
यद्यपि, त्यसबेला चीनमा समाजवादले भविष्यमा कस्तो बाटो लिनुपर्छ भन्नेमा स्पष्ट थिएन । चीनले सांस्कृतिक क्रान्ति अगाडिको बाटो छोडन् नहुने केहीको विश्वास थियो भने अन्यले पराजित बाटोबाट हिँड्दा त्यसले जनतालाई मृत्युरेखामा पु¥याउने भएकोले नयाँ बाटोको निर्माण अनिवार्य भएको विचार राखे । ती फरक विचारहरूले माओ त्सेतुङले थालेको सांस्कृतिक क्रान्तिको कसरी मूल्याङ्कन गर्ने भन्नेमा र माओको जीवनका पछिल्ला वर्षहरूमा उनले राखेका केही विचार र सिद्धान्तहरूमा केन्द्रित भई व्यापक बहस सृजना ग¥यो । सन् १९७७ को अगस्तमा चिकपाको ११ औँ महाधिवेशन भयो । महाधिवेशनले समाजवादी आधुनिकीकरणतर्फ जानुपर्नेमा जोड दिए पनि सांस्कृतिक क्रान्तिलाई अस्वीकार गर्न पनि सकेन र नयाँनिर्देशिका, सिद्धान्त र नीतिहरू पारित गर्न सकेन । ११ औँ महाधिवेशनको पहिलो बैठकले चिकपाको केन्द्रीय समितिको उपाध्यक्षमा तेङ सिआओ पिङलाई निर्वाचित ग¥यो । त्यो कदमले चीनको भविष्य र देश विकासमा महत्वपूर्ण प्रभाव पा¥यो ।
सन् १९७८ को मे महिनामा कुवाङमिङ दैनिकमा ‘सत्यको परीक्षा लिने एउटै आधार व्यवहार हो’ शीर्षकको एक आलेख प्रकाशित भयो । दार्शनिक विषयहरूमा छलफल गरिएको त्यो लेख साधारण थिएन, त्यसमा त सत्यलाई सम्बोधन गरिएको थियो । यसले त्यतिबेलाको कोरा सिद्धान्त माओ त्सेतुङको देवत्वकरणको आलोचना ग¥यो । यी दुवै विषयले सांस्कृतिक क्रान्तिले ल्याएका समस्याहरूबाट निस्किन कठिन बनाएको थियो । त्यस लेखले तत्कालै गरमागरम बहस निम्त्यायो । चिकपाका सबै तहका नेतृत्वदायी कार्यकर्ताहरू, सिद्धान्तकारहरू, पत्रकारहरू र विभिन्न क्षेत्रका जनताहरूले बहसमा भाग लिए । व्यापक बहसले जनतामाझ विचार स्वतन्त्रता ल्यायो र चिकपालाई चीनमा समाजवाद स्थापनाको ऐतिहासिक अनुभवको सिंहावलोकन गर्न र भविष्यको विकासको सरल बाटो लिन उत्प्रेरित ग¥यो । त्यसले चिकपालाई ‘तथ्यहरूबाट सत्यको खोजी गर्ने’ वैचारिक नीति पुनःस्थापित गर्न र चीनमा समाजवाद निर्माणको बाटो पत्ता लगाउन सजिलो बनायो ।
सत्यबारेको बहस भइरहेको बेला सुधार र खुलापन नीतिको खेस्रा पनि भइरहेको थियो । चिनियाँ सरकारले आधुनिकीकरणका अनुभवहरूको अध्ययन गर्न थुप्रै प्रतिनिधि मण्डलहरू विभिन्न देशमा पठायो । त्यसैबीच, चिकपाको केन्द्रीय समितिको राजनीतिक ब्युरोले समाजवादी आधुनिकीकरणसम्बन्धी नीतिमा महत्वपूर्ण समायोजनको तयारी गर्दैथियो ।
सन् १९७८ को डिसेम्वरमा भएको केन्द्रीय कार्यशाला गोष्ठीमा प्रस्तुत चिकपाको केन्द्रीय समिति, राजनीतिक ब्युरोको कार्यशैलीमा परिवर्तनसम्बन्धी प्रस्ताव एकमतले पारित ग¥यो । बैठकमा प्रतिनिधिहरूले पार्टीको सैद्धान्तिक नीतिमा परिमार्जन गर्ने र विगतका बाधाहरू पन्छाउनेलगायत विभिन्न विषयमा छलफल गरे । तेङ सिआओ पिङले जोड दिए, ‘दिमागलाई मुक्त बनाऊ, तथ्यबाट सत्यको खोजी गर र भविष्यको निम्ति एक होऊ ।’ उनले थपे, ‘जब सबै काम किताबअनुसार गरिन्छ, जब विचार गर्ने शैलीमा लचकता हुँदैन र अन्धविश्वास नै चल्तीको विषय बन्छ, तब पार्टी र देशले प्रगति गर्ने ठाउँ रहँदैन । जीवन अवरुद्ध हुन्छ र पार्टी अथवा देश समाप्त हुन्छ ।’ उनले अगाडि भने, ‘हामीले समयमै सुधार गर्न सकेनौं । अहिल्यै गर्न सकेनौं भने हाम्रो आधुनिकीकरण कार्यक्रम र समाजवादी उद्देश्य समाप्त हुनेछ ।’ उनको प्रभावशाली मन्तव्यले चिकपाले सामना गरिरहेको आधारभूत प्रश्नहरूको सम्बोधन गरेको थियो र सुधार कार्यक्रममा चीनको विकासलाई अगाडि बढ्ने दृढता व्यक्त गरिएको थियो ।
चिकपाको ११ औं महाधिवेशनको तेस्रो पूर्ण बैठकबाट जनवादी गणतन्त्र चीन र चिकपाले ठूलो परिवर्तनको सङ्केत ग¥योे । त्यो बैठकसँगै चिकपाले सांस्कृतिक क्रान्तिभन्दा अगाडि र क्रान्ति चालू रहेको बेलाका ‘वामपन्थी’ गल्तीहरूलाई सच्यायो । साथै माओ त्सेतुङ विचारधारा सही तरिकाले बुझ्नुपर्नेमा बैठकले जोड दियो । मानिसका विचारलाई स्वतन्त्र बनाउने निर्देशक सिद्धान्त स्थापित ग¥यो । साथै व्यावहारिक र यथार्थपरक हुन र देशको पुनःनिर्माणको निम्ति एकगठ हुन बैठकले जोड दियो । सांस्कृतिक क्रान्तिको बेला चिकपाको काम निर्देशित गर्ने ‘वर्ग सङ्घर्ष नै मुख्य हो’ लाई परित्याग ग¥यो । पूर्ण बैठकले आर्थिक विकासलाई चिकपा र सरकारको मुख्य कामको रूपमा स्वीकार्नुको साथै सुधार र खुलापनलाई आत्मसात ग¥यो । तेङ सियाओपिङलाई मुुख्य नेता बनाई पार्टीको नेतृत्व चयन गरियो । त्यहीँ बिन्दुबाट चिनियाँ विशेषताको समाजवाद निर्माणको नयाँ बाटोको पहिलो पाइला औपचारिक रूपमा चालियो ।
चिकपाको ११ औं महाधिवेशनको तेस्रो बैठक समापनपछि सम्पूर्ण पार्टीले विचार, राजनीति र अर्थतन्त्र तथा अन्य क्षेत्रहरूमा सही नेतृत्वको निम्ति एकमनले अगुवाई थाल्यो । सन् १९७९ को मार्च महिनामा तेङ सियाओपिङले सैद्धान्तिक विश्वास र राजनीतिक अभ्यासको सन्दर्भमा चार आधारभूत सिद्धान्त अगाडि सारेः पहिलो, हामीले समाजवादी बाटो छोड्नु हुँदैन, दोस्रो, हामीले जनताको प्रजातान्त्रिक अधिनायकत्व कायम राख्नुपर्छ, तेस्रो, कम्युनिष्ट पार्टीको नेतृत्व स्थापित गर्नुपर्छ र चौथो, माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात गर्नुपर्छ । त्यसले चीनको प्रगतिको साथै सुधार र खुलापनलाई समाजवादी बाटोमा अगाडि बढाउँथ्यो ।
चिकपाको ११ औं महाधिवेशनको तेस्रो पूर्ण बैठकले पारित गरेको निर्देशिका र नीतिअनुसार चिकपाको केन्द्रीय समितिले राष्ट्रिय अर्थतन्त्र सुधार गर्ने योजना ल्यायो । त्यसले ‘पुनःसमायोजन, सुधार, संगठित गर्ने र प्रगति गर्ने’ आठबुँदे निर्देशिका प्रस्ताव ग¥यो । यथार्थवादी, सफलताको अत्याकांक्षा र तीव्र प्रगतिको अन्ध कोसिसजस्ता विगतका गल्ती सच्याउन थालियो । आर्थिक समायोजनको काम भइरहेकै बेला सुधार योजना थालियो । चिकपाको केन्द्रीय समिति र सरकारले केही नयाँ आर्थिक नीतिहरू लागू ग¥यो । उदाहरणको निम्ति, ग्रामीण क्षेत्रमा किसानहरूलाई कृषि उत्पादनबारे एक तहसम्मको निर्णय गर्ने अधिकार दिइयो र उत्पादनका साधनको एक हिस्सा आफैसँग राख्न पाउने अधिकार दिइयो । साथै थप पारिवारिक उत्पादन र ग्रामीण बजार विकास गर्न सहज बनाइयो । जनकम्युनहरू वा उत्पादन दस्ताले सञ्चालन गरेका संस्थाहरूलाई कर थोरै लगाइयो वा करमा छूट दिइयो । उत्पादनको सम्बन्धमा सहरी क्षेत्रहरूमा राज्यसञ्चालित संस्थानहरूलाई आफ्नै हिसाबमा एक तहको निर्णय गर्ने अधिकार दिइयो । ती उपायहरूले उत्पादकहरूको ठूलो हिस्सामा उत्साह बढायो । त्यसले गर्दा कृषि र उद्योग क्षेत्र पुनः तङ्ग्रिन र विकास गर्न सहयोग मिल्यो । साथै आर्थिक पुनःसंरचना गर्न उपयुक्त वातावरण बनायो । दुई वर्षको प्रयासपछि लामो समयदेखि असन्तुलनमा रहेको राष्ट्रिय अर्थतन्त्रमा सुुधार आउने स्पष्ट सङ्केत मिल्यो ।
तत्कालीन समयमा राजनीति क्षेत्रका दुइटा महत्वपूर्ण कार्य थिए ः एक त अन्यायपूर्वक वा झुठा आरोप लगाइएका र कैद गरिएकालाई चित्तबुझ्ने किसिमले पुनःविचार गर्नु थियो । अर्को, ऐतिहासिक समस्याहरू समाधान गर्नु र सामाजिक जीवनमा राजनीतिक सम्बन्धहरूको समायोजन गर्नु थियो । चिकपाको ११ औं महाधिवेशनको तेस्रो पूर्ण बैठकपछि गल्तीहरू सच्याउने बृहत् कार्यक्रम छिट्टै अगाडि बढाइयो र ती कार्य सन् १९८२ को अन्तसम्ममा आधारभूत रूपमा सम्पन्न गरियो । त्यसै अवधिमा गलत तरिकाबाट विभिन्न अभियोग लगाइएका ३० लाखभन्दा बढी कार्यकर्तालाई सफाइ दिइयो । त्यस्तै सन् १९५७ को ‘दक्षिणपन्थीविरुद्धको अभियान’ मा गलत किसिमले ‘दक्षिणपन्थी’ को कल्गी लगाइएका ५ लाख जनता र लामो समयदेखि चर्को आलोचना खेपिरहेका व्यक्तिहरू र बुद्धिजीवीहरूले राहत पाए ।
त्यही समयमा चिकपाको केन्द्रीय समितिले ऐतिहासिक समस्याहरूको समाधानको निम्ति धेरै काम ग¥यो । सन् १९७९ को जनवरीमा चिकपाको केन्द्रीय समितिले कानुनको सम्मान गर्ने जमिनदार र धनी किसानहरू र प्रतिक्रान्तिकारी र गलत काम गर्ने भनी बिल्ला लागेका मानिसहरूप्रति अपमान गर्न बन्द भयो । ती मानिसहरूलाई त्यसपछि समाजवादका शत्रुको रूपमा लिन छाडियो र तिनका केटाकेटीहरूमाथि थप भेदभावपूर्ण नीति लागू नगर्ने भयो । त्यसपछि अन्य ऐतिहासिक समस्याहरूको समाधान गर्ने निर्णयहरू गरिए । परिणामस्वरुप २ करोड जनतालाई राजनीतिक भेदभावबाट मुक्त गर्नको साथै विभिन्न ऐतिहासिक अभियोगहरूबाट मुक्त गरियो ।
सन् १९८१ को जुन महिनामा चिकपाको ११ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले जनवादी गणतन्त्र स्थापनादेखिका हाम्रो पार्टीको केही ऐतिहासिक प्रश्नहरूबारे निर्णय पारित ग¥यो । त्यो निर्णयअनुसार जनवादी गणतन्त्र चीन स्थापना पछिको ३२ वर्षको पार्टीको इतिहासकोे वैज्ञानिक विश्लेषण र सन्तुलित सार प्रस्तुत गरियो । त्यस्तै, त्यसले जनवादी गणतन्त्र स्थापनापछिका मुख्य ऐतिहासिक घटनाहरूको यथार्थवादी दृष्टिकोण राखेको थियो । त्यसले झुठा र सत्य छुट्याउने काम ग¥यो । चिनियाँ क्रान्तिको इतिहासमा माओ त्सेतुङको स्थानको विश्लेषण ग¥यो । माओ त्सेतुङका सुरुवातका सही विचारबाट पछिल्लो चरणका गल्ती छुट्याइयो । त्यसले माओ त्सेतुङ विचारधाराको आधारभूत ज्ञानको वैज्ञानिक ढङ्गले विश्लेषण गर्नुको साथै चिकपाकोे निर्देशक सिद्धान्तको रूपमा स्वीकार्यो । त्यसले सांस्कृतिक क्रान्तिलाई पूर्णतः अस्वीकार ग¥यो । यसले चिकपा, राज्य र जनजाति समूहका सबै जनतालाई गम्भीर क्षति पु¥याउने सांस्कृतिक क्रान्तिको नेतृत्वले गलत किसिमले थालेको उथलपुथल थियो र त्यो क्रान्तिविरोधी समूहबाट परिचालित थियो भन्ने ठहर ग¥यो । छैठौं विस्तारित बैठकको निर्णयले चिकपाको ११ औं केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकले स्थापना गरेको चीनको वास्तविक परिस्थिति अनुकूलको आधुनिक समाजवादी देश निर्माण गर्ने विचारलाई सही भएको र त्यसले चिकपाको कार्यलाई स्पष्ट निर्देशन दिएको र चीनमा समाजवाद विकासको बाटो खोलेको ठहर ग¥यो ।
पारित निर्णयबाट चिकपाले आफ्ना गल्तीहरू सच्याउने साहस बोकेको स्पष्ट पा¥यो । निर्णयको स्वीकृति भरबाट चिकपाको वैचारिक निर्देशिकाहरू सच्याउने काम सफलतासाथ सम्पन्न भएको देखिन्छ ।
सन् १९८२ को सेप्टेम्बरमा भएको चिकपाको १२ औं राष्ट्रिय महाधिवेशनमा तङ सियाओपिङले अडिग भई भने, ‘हामीले चीनको ठोस वास्तविकतासँग माक्र्सवादको सार्वभौम सत्यलाई एकाकार गर्नुपर्छ । हामीले हाम्रो बाटो आफै बनाउनुपर्छ र चिनियाँ विशेषताको समाजवादको निर्माण गर्नुपर्छ ।’ महाधिवेशनले चिनियाँ विशेषताको समाजवाद निर्माणको सैद्धान्तिक निर्देशिकामात्र निर्णय गरेन समाजवादी आधुनिकीकरणको क्षेत्रमा नयाँ वातावरण निर्माणको निम्ति कार्ययोजनाको खेस्रा पनि, तयार ग¥यो । महाधिवेशनले आफ्नो लक्ष्य दुई चरणमा पूरा गर्ने निर्णय ग¥यो ः पहिलो, २० औं शताब्दीको अन्तसम्ममा चीनको कूल राष्ट्रिय आय चार गुणाले बढाउने र जनतालाई मध्यमस्तरको सामग्री उपलब्ध गराउने र सांस्कृतिक समृद्धि दिने । पछि चिकपाले २१ औं शताब्दीको मध्यसम्ममा समाजवादी आधुनिकीकरणको तेस्रो लक्ष्य अगाडि सा¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *