भर्खरै :

१३५ औँ श्रमिक दिवसमा कमलविनायक साकोसद्वारा रक्तदान

१३५ औँ श्रमिक दिवसमा कमलविनायक साकोसद्वारा रक्तदान

भक्तपुर, १९ वैशाख । कमलविनायक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा स्वास्थ्य उपसमितिद्वारा १३५ औँ श्रमिक मजदुर दिवसको अवसरमा बुधबार सरस्वती विद्यागृह माविको प्राङ्गणमा रक्तदान कार्यक्रम भयो ।
संस्थाका सचिव एवं शिक्षा तथा स्वास्थ्य उपसमिति संयोजक लक्ष्मीप्रसाद चवालले संसारमा बौद्धिक र शारीरिक श्रमका मजदुरहरूको आन्दोलनबाट मजदुरवर्गको स्वर्ग समाजवादी व्यवस्था स्थापना हुने बताउँदै अमेरिकी साम्राज्य टिकाउन रुस–युक्रेन युद्ध र इजरायलले जातीय सफाया गर्न प्यालेस्टिनमा नरसंहार गरिरहेको बताउनुभयो ।
शिक्षा तथा स्वास्थ्य उपसमितिको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा महिला ७ जना र पुरुष ४१ गरी जम्मा ४८ जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रम भक्तपुर रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *