नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
यो महिना भएका नयाँ घोषणाहरूबाट संरा अमेरिकाले चीनवरपर एसिया–प्रशान्त तथा अन्य सागरमा सैन्य हस्तक्षेप तीव्र पार्ने मनसाय स्पष्ट भएको छ ।
संरा अमेरिका, बेलायत र अस्ट्रेलियाका रक्षामन्त्रीहरूले २०२४ अप्रिल ८ मा पहिलो घोषणा गरे । त्यसबाट सैनिक गठबन्धन अकसले आफूलाई विस्तार गर्न चाहेको प्रकट भएको छ । यसको लागि उसले चीनविरोधी गठबन्धनमा जापानलाई आमन्त्रण गर्ने योजना बनाएको छ ।
यसको तीन दिनपछि वासिङ्टनको एक शिखर सम्मेलनमा अर्को घोषणा भयो । त्यसमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किशिदा र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर सहभागी थिए । सम्मेलनमा नयाँ त्रिदेशीय सम्झौता भयो । सो सम्झौता अनुसार यो वर्ष दक्षिण चीन सागरमा जलसेनाको संयुक्त अभ्यास हुँदै छ ।
यो घोषणा हुनुभन्दा केही दिनअघि अप्रिल ७ गते दक्षिण चीन सागरमा अमेरिका, अस्ट्रेलिया, जापान र फिलिपिन्सका जलसेनाको पहिलो संयुक्त अभ्यास भएको थियो । यसका साथै तिनले हवाई कवाज पनि खेलेका थिए ।
अघिदेखि नै चीन वरिपरिको अमेरिकी सैन्य घेराबन्दी छ । पछिल्ला कदम त्यो घेराबन्दीलाई अझ कसिलो बनाउने, यस क्षेत्रलाई अझ अस्थिर बनाउने र चीनविरुद्ध अमेरिकाको मुठभेडको जग हाल्ने उद्देश्यले चालिएको छ ।
दक्षिण चीन सागरमा द्वन्द्व चर्काउँदै वासिङ्टन
संरा अमेरिकाले एसिया–प्रशान्त तथा दक्षिण चीन सागरमा ‘शान्ति र सुरक्षा’ सुनिश्चित गर्ने धूर्त नारा दिँदै आएको छ । यही निहुँमा अमेरिकाले आफ्नो चीनविरोधी नीतिमा फिलिपिन्स र जापानलाई मनाउँदै आएको छ ।
सन् २०२२ जूनमा फर्डिनान्ड मार्कोस जुनियर फिलिपिन्सका राष्ट्रपति बने । त्यसयता फिलिपिन्सको विदेश नीतिमा हेरफेर आएको छ । नयाँ सरकार पूर्वराष्ट्रपति रोड्रिगो डुतेर्तेको सरकारले अघि बढाएको तटस्थ नीतिबाट टाढिँदै छ ।
फिलिपिन्सको वर्तमान सरकारको चीनविरोधी रवैया पछाडि संरा अमेरिकाको बलियो प्रभाव छ ।
यो कुरा राष्ट्रपति मार्कोस जुनियरको सन् २०२३ को घोषणापछि स्पष्ट भएको थियो । उनले अमेरिकालाई फिलिपिन्समा थप चार सैनिक अखडामा पहुँच दिए र त्यहाँ अमेरिकी सैन्य अखडाको सङ्ख्या नौ पु¥याए ।
ताइवान र दक्षिण चीनबिच अहिले थप दुई नयाँ सैन्य अखडा बनाउने भनिएको छ ।
संरा अमेरिका, फिलिपिन्स र जापानबिच अप्रिल ११ मा त्रिदेशीय शिखर सम्मेलन भयो । त्यहाँ अमेरिकी रणनीतिलाई थप अघि बढाउने घोषणा गरियो । दक्षिण चीन सागरमा जलसेनाको संयुक्त अभ्यास गर्ने बताइयो । यसबाट फिलिपिन्स र चीनबिचको तनाव चर्किने निश्चित थियो ।
फिलिपिन्सको विदेश नीतिमा ल्याइएको परिवर्तनको पूर्वराष्ट्रपति डुतेर्तेले कडा शब्दमा निन्दा गरेका छन् । अमेरिकाले थाल्ने चीनविरोधी सम्भावित युद्धमा आफ्नो देशलाई मोहरा बनाउन सकिने विषयमा उनले सचेत पारेका छन् ।
डुतेर्तेले भने, “त्यहाँ जान, झगडाको निहुँ झिक्न र अन्त्यमा सायद युद्ध सुरु गर्न फिलिपिन्स सरकारलाई अघि धकेल्नेहरू अमेरिकीहरू हुन् । तर, मेरो विचारमा अमेरिकीहरू हाम्रो लागि मर्ने छैनन् । म अमेरिकीहरूलाई भन्छु – तिमीहरूसँग यति धेरै जहाज छन्; तिमीहरूलाई युद्ध थाल्ने ‘लन्चिङ प्याड’ बनाउन हाम्रै यो टापु चाहिन्न ।”
यी घटनाक्रमलाई बुझ्न चीनविरुद्ध अमेरिकाको आक्रामकताको अलि फराकिलो परिप्रेक्ष्यमा राखेर हेर्नु अति आवश्यक छ । अहिल्यै चीनवरिपरि ४०० को हाराहारीमा अमेरिकी सैन्य अखडा छन् । हाल अमेरिकी विदेश नीतिको मुख्य उद्देश्य नै चीनको शान्तिपूर्ण उदयलाई रोकेर आफ्नो विश्व वर्चस्व कायम गर्नु हो । कम्तीको अर्को दशकमा पनि उसको यो नीति बदलिने छाँट देखिन्न ।
संरा अमेरिकाले यी गतिविधिलाई ‘रक्षात्मक’ भएको र यस क्षेत्रमा ‘यथास्थिति’ जोगाउन लक्षित रहेको दाबी गर्छ । यी दाबी व्यवहारमा ठीक उल्टो देखिन्छन् ।
दक्षिण चीन सागर अमेरिकाबाट १२ हजार किलोमिटर टाढा छ । वासिङ्टनबाट कुनै साम्राज्यवादी चलखेल नभएको खण्डमा यही दूरले यस क्षेत्रका देशहरूबिचको विवाद छलफल गरी शान्तिपूर्वक समाधान हुन सक्छ ।
संरा अमेरिकाले आफूले आफैलाई संसारको ‘प्रहरी’ नियुक्त गरेको छ । अहिले उसले एसिया–प्रशान्तमा विभाजनको बीउ रोपेर सैन्य हस्तक्षेपमार्फत तनाव सिर्जना गर्न खोज्दै छ ।
आफ्नो ‘राष्ट्रिय सुरक्षा’ जोगाउन दक्षिण चीन सागरमा चीनसँग आमनेसामनेको स्थितिमा जानुपर्ने अमेरिकी दाबी वाहियात छ । चीनबाट अमेरिकालाई कुनै ‘खतरा’ छैन । पेइचिङले अमेरिकाको क्यालिफोर्नियाको तटमा जलसेनाको अभ्यास गरेको छैन । अमेरिका वरपर कुनै चिनियाँ सैन्य अखडा छैन ।
‘एसियाली नेटो’ बनाउन दबाब दिँदै संरा अमेरिका
संरा अमेरिका उत्तरी गोलाद्र्धका आफ्ना साझेदारहरू पनि चीनविरुद्ध आफ्नो सैन्य तयारीमा जोडिऊन् भन्ने चाहन्छ । सन् २०२१ मा अमेरिका, बेलायत र अस्ट्रेलियाबिच भएको सैन्य गठबन्धन अकसको स्थापना यसै दिशामा महत्वपूर्ण पाइला थियो ।
अकसले नयाँ सदस्य खोजिरहेको घोषणा हुनु अनिष्टकारी छ । यसमा मुख्यतया उहिलेको औपनिवेशिक शक्ति जापानलाई मिसाउन खोजिँदै छ ।
अकसलाई विस्तार गर्ने अमेरिकी योजना ‘एसियाली नेटो’ बनाउने जमर्को हो भनेर धेरै विश्लेषकले चेतावनी दिएका छन् । विश्लेषकहरूले अकसले युरोपमा नेटोले जे भूमिका खेलिरहेको छ, त्यसैको नक्कल गर्ने जोखिम रहेको औँल्याएका छन् । युरोपमा नेटोले नियोजित रूपमै युक्रेनको घातक छद्म युद्धको आगो सल्काएको थियो र ‘रूसलाई कमजोर बनाउनु’ त्यसको उद्देश्य थियो ।
अकस गठबन्धनले आणविक प्रसारको नीति अपनाएको छ । सम्झौता अनुसार अमेरिका र बेलायतले टनका टन हतियारजन्य युरेनियम अस्ट्रेलिया पठाएका छन् । जब कि अस्ट्रेलिया आणविक हतियार नभएको देश हो । यो पैठारीले आणविक हतियार अप्रसार सन्धि (एपिटी) को उल्लङ्घन भएको छ ।
जापानलाई अकसमा ल्याउने योजनाले जापानी सैन्यवादलाई मलजल गर्ने र दोस्रो विश्वयुद्धपछिको शान्तिकामी संविधानबाट जापानलाई अझ टाढा जान उत्साहित गर्ने खतरा छ ।
सन् २०२२ मा जापानको विदेश नीतिमा उल्लेख्य फेरबदल आयो । त्यो वर्ष जापानले सन् २०२७ सम्ममा आफ्नो सैन्य खर्च कूल गार्हस्थ उत्पादनको २ प्रतिशत पु¥याउने घोषणा ग¥यो । दसकौँदेखि उसको सैन्य खर्चलाई १ प्रतिशतमुनि राखिएको थियो ।
अमेरिकाबाट क्रूज मिसाइल खरिद गरी उत्तर कोरिया र चीनका केही क्षेत्रसम्म हान्न सक्ने क्षमता बढाउन सैन्य खर्च बढाउनुपर्ने तर्क दिइएको छ ।
चीनलाई तारो बनाइरहेका साम्राज्यवादी गिरोह
जापानको औपनिवेशिक इतिहास लज्जास्पद छ । १९ औँ र २० औँ शताब्दीमा जापानले चीनमाथि आक्रमण गरी पददलित गरेको थियो । यस्तो इतिहास बोकेको देशलाई चीनको शान्तिपूर्ण विकास रोक्न सैन्य गठबन्धनमा जोडिन प्रस्ताव गर्नु घिनलाग्दो छ ।
जापानले चीनमा धेरै नृशंस अत्याचार गरेको थियो । दोस्रो विश्वयुद्धमा जापानले लाखौँ चिनियाँ जनताको हत्या गरेको थियो† धेरै महिला तथा किशोरीको सामूहिक बलात्कार गरेको थियो ।
अकसको सदस्य बेलायतको औपनिवेशिक इतिहास त्यस्तै कहालिलाग्दो छ । बेलायतले चीनविरुद्ध कुख्यात दुई अफिम युद्ध थोपरेको थियो । युद्धबाटै बेलायतले चीन सरकारको इच्छाविपरीत लागू पदार्थ आयात गर्न र त्यसको कारोबारलाई वैध बनाउन बाध्य पारेको थियो ।
सन् १८४१ मा बेलायतले हङकङ कब्जा ग¥यो र १५६ वर्षसम्म त्यहाँ कठोर शासन चलायो ।
जापान, बेलायत र संरा अमेरिकाको भन्दा फरक गत ७० वर्षमा चीनले हासिल गरेको प्रगतिमा कब्जा, उपनिवेशवाद, दासप्रथा र जातिसंहारको प्रयोग गरिएन । चीन शान्तिपूर्वक उदाएको छ ।
संरा अमेरिका चीनको यही शान्तिपूर्ण विकास बन्द गर्न तत्पर छ ।
चीनसँग आर्थिकरूपमा प्रतिस्पर्धा गर्न विफल भएपछि वासिङ्टनले एसिया–प्रशान्त क्षेत्रमा सैन्य आक्रामकता बढाइरहेको हो ।
अमेरिकाले आफ्ना शीतयुद्धजन्य उपाय अपनाएर न चीनको प्रगतिलाई सुस्त बनाउन सक्यो, न आफ्नै आर्थिक वृद्धिदर बढाउन सक्यो । चिनियाँ अर्थतन्त्रले अहिले अमेरिकाको भन्दा अढाई गुणा बेगले फड्को मार्दै छ ।
आफ्नो तुलनात्मक आर्थिक पतनको क्षतिपूर्ति गर्द अमेरिकाले आफ्नो सैन्य आक्रामकता दोब्बर पारेको छ । अमेरिकाको विश्वव्यापी वर्चस्व यही क्षेत्रमा छ ।
एसिया–प्रशान्त क्षेत्रमा अमेरिकाको बढ्दो सैन्यकरणबाट वासिङ्टनको युद्धपिपासा छर्लङ्ग हुन्छ । संसारका सबैलाई अर्को विश्वयुद्धतर्फ घिसारिरहेको संरा अमेरिकालाई रोक्न चाहने सबैले जोडतोडसाथ उसका पछिल्ला हर्कतको विरोध गर्नुपर्छ ।
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply