के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
– आसलाल
धेरैजसो विद्यालयमा केही दिनमा जाडो बिदा सुरू हुँदैछ । जाडो बिदामा आफ्ना केटाकेटीलाई कोठाभित्रै मोबाइल, टेलिभिजन र कम्प्युटरको अघि समय बिताउन नदिऊँ । उनीहरू सकेसम्म रचनात्मक गतिविधिमा सहभागी बनाउने अवस्था सिर्जना गरौं । उनीहरूलाई कहीं घुमाउन लानुहोस् । धेरै टाढा र लामो समयको लागि नभए पनि केही घण्टा आफ्नै गाउँठाउँ र नगरमा घुमाउन लानुहोस् । कुनै एउटा सम्पदा क्षेत्रको विषयमा परिचय दिनुस्, कुनै एउटा मौलिक परम्पराबारे जानकारी दिनुस् र कुनै स्थानीय उत्पादनबारे बताउनुहोस् । जस्तै तोरीको तेल, चाकु, पिना, दूधका परिकार, माटोका भाडाकुँडा, कपडामा र· लगाउने आदि स्थानीय प्रविधिबारे जानकारी दिनसक्छौं ।
आफ्ना आफन्तमध्ये कोही ज्येष्ठ नागरिकसँग केटाकेटीलाई भेटाउने व्यवस्था गर्नुस् । त्यसरी जाँदा उनीहरूसँग कुनै उपहार हुन जरुरी छ । त्यसले ज्येष्ठ नागरिकप्रतिको केटाकेटीको मनोविज्ञान परिवर्तन ल्याउन मद्दत गर्छ । यतिबेला कहीं कतै हुने साहित्यिक र सांस्कृतिक कार्यक्रम भए त्यहाँ आफ्ना केटाकेटीलाई सहभागी बनाउनुहोस् । त्यसले केटाकेटीलाई सामाजिकमात्र बनाउने छैन, बरु उनीहरूको सोचाइसमेत फराकिलो बनाउनेछ । कुनै थिएटरमा नाटक देखाउन लानुभए त झनै राम्रो । काठमाडाँैमा आजभोलि थियटरमा केही न केही नाटक त चलिरहेकै हुन्छ । सके केटाकेटीका नाटक नभए पनि कुनै साधारण नाटक पनि देखाउन सके उनीहरूको कल्पनशीलता निकै बढ्नेछ । यो समयलाई देशकै केही महत्वपूर्ण ठाउँकै भ्रमणको लागि उपयोग गर्न सकिन्छ । जस्तै, उपत्यकाका तीन सहरका दरबार क्षेत्र, धरहरा, नारायणहिटी सङ्ग्रहालय, त्रिभुवन विश्वविद्यालय, पुस्तकालयहरू आदि आदि । त्यसले उनीहरूको जानकारीको आयतन बढाउनेछ, साथै भविष्यमा कहीं कतै जानुपरे आत्मविश्वासी हुनेछन् । व्यस्त आमाबुबाले केटाकेटीलाई विन्टर क्याम्पमा पठाउनु पनि ठीकै हो । तर आफ्नो व्यस्तताबीच केही समय वा दिन भने आफ्ना केटाकेटीको लागि दिनुभए उनीहरूमा त्यसको प्रभाव लामो समय रहिरहनेछ ।
उनीहरूलाई काटा र चम्चा प्रयोग गर्नुपर्ने खाना खुवाउनहोस् । ताकि भोलि कहीं काटा चम्चा प्रयोग गर्नु अवस्था आउँदा आत्मविश्वास नगुमाओस् । राम्रो बाथरुम र शौचालय भएका रेस्टुराँमा लानुहोस् । ताकि उनीहरूले शौचालयका विभिन्न सुविधा (जो सामान्यतः घरमा हुने गर्दैन) सिक्नेछन् । छोटो समय र थोरै दिनभित्र पनि केटाकेटीलाई धेरै कुरा सिकाउन सक्नुहुनेछ । यस्ता कुरा जो उनीहरूले कक्षाकोठामा सिकेका हुँदैनन् । यसले आफ्ना केटाकेटीको कल्पनशीलता र सिर्जनशीलतालाई अझ व्यापक र फराकिलो बनाउन सकिन्छ । तर उनीहरूलाई कोठाबाट भने बाहिर निकाल्नुस् । जाडो बिदामा कोठामा मात्र बसेर केटाकेटी बिरामी नपरोस् । सामाजिक सञ्जालबाट त सकेसम्म टाढा राख्नुस् ।
Leave a Reply