भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’ कामदार वर्गको रातो झण्डा

सृजना सैंजू, प्रदेशसभा सांसद
‘श्रमिक’ साप्ताहिक पच्चीस वर्ष पूरा गरी छब्बीस वर्ष र ‘मजदुर’ दैनिक बीस वर्ष पूरा गरी एक्काइस वर्षमा प्रवेश गरेको सुखद् अवसरमा पत्रिका परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । हाम्रा यी पत्रिका नेपाली छपाइ पत्रिका जगत्का कामदार वर्गीय झण्डा हुन् । देश र जनताप्रति समर्पित, विचारमा अडिग, सिद्धान्तमा अटल यी पत्रिका नेपाली आस्था पत्रकारिता जगतका धरोहर हुन् । यो गौरवको विषय हो । हामी सगर्व भन्नसक्छौँ ‘श्रमिक’ र ‘मजदुर’ नेपाली कम्युनिष्ट आन्दोलनका राता झण्डा हुन् र यी जनताका पत्रिका हुन् । समाजवादको पक्षमा, साम्राज्यवाद तथा विस्तारवादको विरुद्धमा यी झण्डा सदा–सर्वदा फहरिरहून्, हार्दिक शुभकामना छ ।
पत्रकारिता या प्रकाशन क्षेत्रबारे छलफल गर्दा हामी कामदार वर्गका महान् गुरुहरू माक्र्स, एँगेल्स, लेनिन, स्टालिन र माओ त्सेतुङ्गलाई उच्च सम्मानका साथ सम्झन्छौँ । उहाँहरूले हरदम प्रकाशन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर गतिविधि तीव्र पार्नुभएको जीवनी अध्ययनको क्रममा थाहा पाउँछौँ । उहाँहरूले शोषित पीडित वर्गलाई शिक्षित, सचेत तथा सङ्गठित बनाउन र सामन्त तथा पुँजीपति वर्गविरुद्ध लड्ने अनेक उपाय दिन विभिन्न पत्र–पत्रिकाहरू अथकरूपमा चलाउनुभयो ।
त्यस काममा आप्mनो जीवन समर्पण गर्नुभयो । चरम प्रतिकूलताबीच पनि भूमिगत या खुलाढङ्गमा पत्रपत्रिका सञ्चालनमा विशेष अगुवाइ गर्नुभएको तथा विशिष्ट योगदान पु¥याउनुभएको बारे हामी अवगत छौँ । उहाँहरूका हरेक साहित्यले आजसम्म पनि जनक्रान्ति तथा मुक्तिसङ्ग्रामको निम्ति मार्गनिर्देश गरिरहेको र अभिप्रेरित गरिरहेको छ । यथार्थमा सामन्त तथा पुँजीपति वर्गविरुद्धको सङ्घर्षमा जनताका पत्रपत्रिकाले धारिलो ज्यावलको काम गर्दछ । प्रचारयन्त्रको अभावमा जनताको न्यायोचित सङ्घर्ष तथा आन्दोलन उठ्न र त्यसले व्यापकता पाउन सम्भव नहुने अनुभवसिद्ध वास्तविकता हो । विभिन्न देशका सङ्घर्ष, आन्दोलन तथा क्रान्तिको इतिहासमा प्रचारप्रसार क्षेत्रको उल्लेख्य योगदान रहेको स्पष्ट छ ।
त्यसरी नै नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले विविध कालखण्डमा फरक फरक पत्रपत्रिका, सामयिक सङ्कलन, बुलेटिन प्रकाशन गरी जनतालाई सुसूचित बनाउने, सचेत पार्ने र जनसङ्घर्षको विकासमा टेवा पु¥याउने अभियान चलाएको बारे हामी अवगत छौँ । नेपाली समाजलाई क्रान्तिको दिशातर्फ लाने उद्देश्यका साथ जनताकै सहयोग तथा सक्रियतामा ती प्रकाशनहरू गरिएका थिए । सन् १९८० को दसकको अत्यन्त कठिन प्रवासकालीन समयमा समेत प्रकाशनमा विशेष प्राथमिकता दिइएका प्रसङ्ग र घटनाले हामीजस्ता नयाँ पुस्ताका कार्यकर्ताहरूलाई आज पनि ठूलो प्रेरणा प्रदान गरिरहेको छ । विगतका ती वैचारिक अभियानबाट सङ्घर्षको निम्ति आज पनि हामी आत्मबल तथा ऊर्जा प्राप्त गरिरहेका छौँ ।
आजभन्दा ४०–४५ वर्ष अगाडि ‘मजदुर किसान’, ‘जनताको साहित्य’, ‘किसान सङ्घर्ष’, ‘धु्रवतारा’ (हिन्दी), ‘आधार’ (हिन्दी), ‘समाचार संसद्’ (हिन्दी), ‘नेपाल तराई’ (हिन्दी) आदि हाम्रा अग्रजहरूले प्रवासबाटै प्रकाशन गरेका केही पत्रपत्रिका हुन् । ती प्रकाशनले समकालिन परिस्थितिमा महत्वपूर्ण प्रभाव छोडेको र व्यापक चर्चा कमाएको मात्र होइन जनताबीच वर्गसङ्घर्षको भावना विकास गर्न, क्रान्तिकारी विचार पैmलाउन र संशोधनवादी तथा प्रतिक्रियावादीहरूलाई उदाङ्ग्याउन विशेष भूमिका निर्वाह गरेका थिए । ‘हरियो घाँसमा लुकेर बसेका हरिया सर्प’ र संशोधनवादीहरूविरुद्ध ती बमबारुदतुल्य भएको इतिहास साक्षी छ । ‘लाल झण्डा’, ‘आह्वान’ जस्ता प्रकाशनले पनि कामदार जनतालाई शिक्षित बनाउन, बाटो देखाउन र उत्साहित बनाउन राम्रो भूमिका निर्वाह गरेको आज सुन्दा–बुझ्दा नयाँ पुस्ताका कार्यकर्तामा समेत नयाँ जोश – जाँगर सञ्चार हुनु स्वाभाविक हो । ‘कोपिला’, ‘आयाम’, ‘अध्ययन’, ‘लर्को’, ‘दबु’, ‘कम्कर’ जस्ता सामयिक सङ्कलन, साहित्यिक सङ्कलन या बुलेटिनले हाम्रा अग्रजहरूको क्रान्तिकारी भावना तथा जोश र जाँगरबारे बताउँछ । विभिन्न कालखण्डमा लामो समयसम्म साप्ताहिकको रुपमा चलेका ‘साकार’, ‘आधार’, ‘आवाज’, ‘शुभसन्देश’ जस्ता पत्रपत्रिकाले हाम्रा अग्रजहरूको अथक मेहनत, आमूल परिवर्तनप्रति अगाढ आस्था र जनचेतना फैलाउने दृढ सङ्कल्पका प्रमाण पेश गर्दछन् । जनताको आँखा खोल्न र राजनीतिक परिवर्तनको निम्ति ती पत्रिकाले खेलेको भूमिका कम ठान्नु गलत हुनेछ । गुप्त र खुला समयमा निकालिएका ती पत्रपत्रिकाको आभास आज पनि हामी अनुभव गर्नसक्छौँ ।
लामो समयसम्म द्वैमासिकको रुपमा सञ्चालन भई हाल बन्द भइसकेका ‘नौलो आयाम’, ‘हाम्रो नौलो आयाम’ र ‘प्रतिध्वनि’ ले पनि विशेषगरी युवा–विद्यार्थीको मन जित्न सफल भएको धेरै अगाडिको कुरा होइन । यी म्यागाजिन बहुदल स्थापनापश्चात् प्रकाशन गरिएका थिए । ‘प्रतिध्वनि’ प्रतिगमनविरोधी आन्दोलनताका जनताको आवाज, प्रजातन्त्रको सन्देश प्रवाह गर्न सफल रहेको आज पनि उत्तिकै चर्चा छ । पछिल्लो समय ‘युवा साहित्य’ का केही अङ्क पनि प्रकाशित भए ।
अङ्ग्रेजी भाषामा ‘वर्कस्– पिजेन्ट्स’ का केही अङ्क पनि बहुदल पुनः स्थापनापश्चात् प्रकाशित भए । हाल अङ्ग्रेजी भाषामा ‘सोलिडारिटी’ बेलामौकामा प्रकाशन भइरहेको छ । नयाँ पुस्ताका पाठकहरूको निम्ति जति अङ्ग्रेजी भाषाका प्रकाशन आवश्यक छन् त्यति नै देश–विदेशमा रहेका हाम्रा मित्र तथा शुभचिन्तकहरूसँग आदान–प्रदान सघनरूपमा गर्न र सम्बन्ध विकास गर्न पनि आवश्यक रहेको हामी अनुभव गर्दछौँ ।
ऐतिहासिक महत्व बोकेका प्रकाशनहरू केही वर्ष यतादेखि ‘मजदुर–किसान’, ‘जनताको साहित्य’, ‘धु्रवतारा’ पुनः प्रकाशन हुनु जरुर पनि अत्यन्त सुखद् पक्ष हो । यी सम्पूर्णको निरन्तरता आजको अनिवार्य आवश्यकता हो भन्नेबारे कसैको विमति नहोला । ‘किसान सङ्घर्ष’, ‘कामदार’, ‘केटीहरू’ आदि सामयिक सङ्कलन पनि बेलामौकामा प्रकाशन भइरहेका छन् । ‘युनिभर्सिटी’ युवा–विद्यार्थीको निम्ति बौद्धिक खुराक पस्कँदै छ ।
‘अनलाइन मजदुर’ हाम्रा प्रकाशनमध्येको कान्छो प्रकाशन होभन्दा फरक नपर्ला ! यो विद्युतीय संस्करण भएकोले छिटो छरितो हुनु स्वाभाविक हो । नयाँ पुस्ताबीच सहज तथा प्रभावकारी माध्यम भएकोले यसमा अझ बढी जोड दिन आवश्यक छ भन्नेबारे दुईमत नहोला । सही विचार सही समयमा पुगे त्यसको प्रभावकारिता बढ्ने निर्विवाद छ । त्यसको निम्ति ‘अनलाइन मजदुर’ तयार एवम् तत्पर रहने विश्वास व्यक्त गर्दछु ।
यो परिदृश्य एवम् पृष्ठभूमिमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक निरन्तर नियमितताका साथ प्रकाशन हुनु अत्यन्त सकारात्मक पक्ष हो । साथै यसले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक एउटा बलियो जगमा उभेको र अनेकौँ असल मित्रहरूसहित अगाडि बढिरहेको प्रस्ट पार्छ । ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक विचार, सिद्धान्त, नैतिकता र इमानदारीमा अब्बल छ र अटल छ । त्यो परम्परा कायम रहिरहनेमा कुनै शङ्का छैन । नेपाली पत्रकारिता जगतमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको परिचय पृथक छ, योगदान बेजोड छ र आमूल परिवर्तनको उद्देश्य महान् छ ।
हाम्रा जनताका पत्रिका बढीभन्दा बढी कामदार जनताबीच पु¥याएर, पूर्व–पश्चिम र उत्तर–दक्षिणसम्म पैmलाएर समाजवादी प्रचार अभियानलाई बल पु¥याउनु आजको आवश्यकता हो । त्यस यात्रामा अविचलित रुपमा यात्रारत रहनु नै क्रान्ति र जनताको सेवा हुनेछ । जसरी हाम्रा अग्रजहरूले त्यस यात्रा थाल्नुभयो, त्यसलाई अझ अगाडि बढाउने र पैmलाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *