‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
भक्तपुर, १३ पुस । भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेलको संयोजकत्वमा भक्तपुर नगरपालिका क्षेत्रमा सञ्चालित उपभोग्य खाद्य वस्तुहरू बेचविखन गर्ने पसल, होटेल, रेष्टुराहरूमा खाद्य वस्तुहरूको गुणस्तर, नापतौललगायत सरसफाईको साथै बालश्रम सम्बन्धमा बुधबार अनुगमन भयो ।
अनुगमन टोलिका सदस्य भक्तपुर नगरपालिकाका वडा निरिक्षक रामकृष्ण प्रजापतिका अनुसार अनुगमनको क्रममा दि ज्वाला इम्पेक्स सल्लाघारीमा म्याद नाघेको र बिग्रेको चकलेट १७ बट्टा, हित भूजिया १० प्याकेट, ग्लुकोज डी २ पाकेट, क्रिमकोल्ड बिस्कुट २ पाकेट, सृष्टि दालमोठ १२ प्याकेट, मायोज चाउचाउ १ पाकेट, ओभन कुकिज बिस्कुट १ पाकेट भेटिएको थियो भने शिब मिष्ठान भण्डारमा कुहेको र ढुसि परेको दही २ वटा, फोहर र बासी चमचम मिठाई आधा बाल्टिन भेटिनुका साथै बाल मजदुर भएको र पसल नगरपालिकामा दर्ता नगरेको पाएको थियो ।
त्यस्तै च्वङा गणेश खाद्य स्टोरमा म्याद नाघेको आराम चियापट्टी ८ पाकेट, टांगो जुस ९ पाकेट, भिेजेटेबल शुप ९ पाकेट, मदर हर्लिक्स १ पाकेट, माकटोनी १ पाकेट, सनगोल सुजी ३ पाकेट, फोर्टिन सुजी ३५ पाकेट भेटाएको थियो भने पसल नगरपालिकामा दर्ता नभएको पाएको जानकारी दिनु भयो ।
दि ज्वाला इम्पेक्स, शिब मिष्ठान भण्डार, सूर्याज किराना स्टोर, च्वङागणेश खाद्य स्टोर र दिव्य स्वीट्स ५ वटा पसल अनुगमन गरेकोमा ३ वटा नगरपालिकामा दर्ता नभएको भेटिएको थियो । टोलीले पसल नगरपालिकामा दर्ता नभएको पाएकोले नगरपालिकामा दर्ता गर्न, सरसफाईमा ध्यान दिन, मुल्य सूची राख्न, ढक तराजु नापतौल विभागको प्रमाणित गर्न, बाल मजदुर नराख्न सुझाव दिई म्याद नाघेको सामान नष्ट गर्न जफत गरेको नगरनिरीक्षक दिलिप कुमार सुवालले जानकारी दिनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, भक्तपुरका स.ई., जिल्ला जनस्वास्थ्य कार्यालय, उद्योग बाणिज्य संघ भक्तपुर र नपाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
Leave a Reply