भर्खरै :

व्यक्तित्वमा परिवार र परिवेशको प्रभावबारे

क्रिस्चिना
कुनै व्यक्तिको विषयमा छलफल गर्दा बाहिरी देखिने झिलिमिली नै उसको व्यक्तित्वको मापन गर्ने कसी हुने गर्दैन । कार्ल माक्र्सको व्यक्तित्वको अर्थ हो – उनमा निहित बौद्धिक र प्राज्ञिक प्रखर गुणको पुञ्ज वा उनको प्रतिभा । कार्ल माक्र्सको व्यक्तित्व वा उनको प्रतिभामा परिवारको सुसंस्कृत प्रभावले उनको व्यक्तित्व निर्माणमा सिँढी चढ्न योगदान ग¥यो । कलेज पुग्नुभन्दा पहिले नै आफ्नो परिवार र जेनीको परिवारको पुस्तकालयबाट त्यसबला प्रकाशित जर्मनी भाषाका महाकाव्य र अन्य उत्कृष्ट विदेशी साहित्यको रसास्वाद माक्र्सले गरिसकेको अध्ययनले बताउँछ । व्यक्तिको व्यक्तित्वमा परिवारको राम्रो र नराम्रो स्वभाव, गुण वा वैगुणमात्रै होइन, शब्द–शब्दको उच्चारणमा समेत परिवारको छाप जताततै अनुभव गरिन्छ । नाबिक जतिसुकै बहादुर र बलशाली भए पनि कम्पास भएका नाबिक र कम्पास नभएका अनुभवी नाबिकमध्ये कम्पासवाला नाबिक विभिन्न कारणले अगाडि बढ्छ ।
तर, सत्य के हो भने व्यक्तित्वको विकासको अर्थ जीवनमा निहित गुणभन्दा वातावरणको प्रभाव महत्वपूर्ण हुन्छ । परिवारको प्रभाव कसैको व्यक्तित्वमा पर्ने योगदान सारमा सांस्कृतिक र व्यावहारिक प्रभाव हो ।
लेनिनको व्यक्तित्वमा अराजकतावादी दाजु र उनलाई दिइएको ज्यान सजायको प्रभावलाई विश्लेषण गर्नु पनि उत्तिकै सान्दर्भिक हुन्छ । परिवारको सांस्कृतिक प्रभावलाई समान मान्ने हो भने पनि दाजुको अराजकतावादी दृष्टिकोण र त्यसको अवैज्ञानिकता साधारण जनताको ग्रहणशीलताका आधारमा लेनिनमा सूक्ष्मतम प्रभावको पर्ने विश्लेषण अझ गम्भीर हुन्छ । त्यसको प्रतिकूलतालाई अनुकूलतामा लेनिनले अनुकरण गरेर व्यवहारमा उतारेका थिए ।
त्यसो भए, वीपी कोइरालाविना गिरिजाप्रसाद कोइरालाको व्यक्तित्व असम्भव थियो भन्ने प्रश्न उठ्न सक्छ । वीपीको परिवारको सांस्कृतिक प्रभाव तारणी र अन्य कोइरालाहरूमा १८–२० प्रतिशत त सबैमा अनुभव गर्न सकिन्थ्यो । राजनैतिक संस्कार भने सबैमा ५० प्रतिशतभन्दा कम नहोला भनी अनुमान गर्न गा¥हो छैन । वीपी र तारणीको साहित्यिक वा प्राज्ञिक व्यक्तित्व गिरिजाप्रसादमा खोजको विषय हुनसक्छ भने राजनैतिक गतिविधिमा प्रश्न नउठ्न सक्छ ।
नेपालमा कति शेक्सपियरहरू हलो जोत्दै होलान् भन्ने देवकोटाका अभिव्यक्ति सबै जात–जाति, भाषाभाषी र सबै ठाउँमा समानरुपले लागू नहुने सम्भावना कम छैन ।
लाखौँ–लाख अफ्रिकीहरू युरोप र अमेरिकी कपास खेतीको निम्ति दास–दासी भए । तर, नेपालीजस्तै अरु जातिहरू पनि पैसा पाएर सेना र सिपाहींको पोशाकमा ‘भाडाका सिपाहीं’ हुनेहरू पनि छन् । दासहरूमै पनि स्पार्टाकसका आगोका फिलिङ्गाहरू पनि स्वाभाविक हो भने बेन राजाको वध पनि दास विद्रोहकै एउटा सुषुप्त उदाहरण हो । दक्षिण भारतमा पनि बारम्बार दास विद्रोह नहुँदो हो त वेद र पुराणले मालिकलाई रिसको आँखाले हेर्नेको आँखा फोर्ने, जिब्रो काट्ने र दास मालिक वा दास व्यवस्थाको विरोधमा सुन्नेहरूको कानमा उम्लेको तेल खन्याउने बन्दोबस्त लेख्ने थिएनन् ।
बेलायतजस्तो दास व्यापारको विरोधमा झण्डै ४०–५० वर्ष संसद्मै विरोध भएको देशमा नेपाली गोर्खालीहरू फोकल्याण्ड(माल्भिनस) टापुमा अर्जेन्टाइनीहरूको शिर छेदनमा कसरी पुगे होलान् । सारमा नेपाली गोर्खालीहरू बेलायती सेनामा सेवारत रहे पनि तिनीहरू क्रामवेलको ‘नयाँ सेना’ को वामपन्थी धारसँग परिचित भएनन् होला वा ‘मागपत्र’ का मजदुर आन्दोलनको दर्शन गर्न पाएनन् होला । ठाउँ एउटै हो, तर परिवेशको भिन्नताको अर्थ यही हो ।
जहाँसम्म अमिताभ बच्चनको व्यक्तित्वको प्रश्न हो – हरिवंश राय बच्चनजस्ता वरिष्ठ हिन्दी कविको छोरोमा नपर्नु भने कल्पना गर्न सकिन्न, जसरी देवकोटामा परिवारको संस्कृत साहित्य र श्लोकहरूको प्रभाव पर्नु स्वाभाविक हुन्छ । सिनेमा स्वयम् पनि साहित्यकै एउटा विधा हो र अमिताभको नसा–नसामा ‘मधुशाला’को गीतले झङ्कृत भएका होलान् ।
साथै आमा इन्दिरा गान्धीकै एक विषयका सल्लाहकार औपचारिक वा अनौपचारिक ! अमिताभको नसा–नसामा राजनैतिक संस्कार शून्य असम्भव छ । यी सबै अमिताभको साहित्यिक व्यक्तित्वका सृृङ्खला र सारेगम हुन् । यस अर्थमा अमिताभ बच्चन परिवारबाट निर्लिप्त व्यक्तित्व मानेको खण्डमा त्यो विश्लेषण विवादरहित हुनेछैन । यही कुरो अन्य साहित्यिक र राजनैतिक व्यक्तित्वहरूमा पनि लागू हुनेछ, खालि यहाँ विश्लेषणको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *