भर्खरै :

ट्रम्पको अमेरिका नीतिप्रति युरोपेली आक्रोशित

– छेन वइहवा
(Chen Weihua)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिमा कैयौं युरोपेलीहरूले खिसीटिउरी गरेका छन् । जुलाइमा ट्रम्पको बेलायत भ्रमणमा हजारौं मानिसहरूले विरोध गरे । केही ब्रिटिस राजनीतिज्ञहरूले उनलाई बोलाउनुको कारण भने उनको प्रशासनको भेदभावपूर्ण आप्रवासन नीतिलाई विरोध गर्नु हो । आप्mनो देशमा प्रवेश प्रतिबन्धित र निषेध गर्ने ट्रम्पको यो नीतिविरुद्ध युरोपेली जनता एकजुट छन् ।
पहिलो विश्व युद्ध अन्त्यको शतवार्षिकीको अवसरमा पेरिसमा आयोजित विश्वका नेताहरूको बृहत् भेलामा राष्ट्रपति इम्यान्यूअल माक्रोनले भने– “राष्ट्रवाद देशभक्तिमाथिको धोका हो ।” उनको यो भनाइ ट्रम्पप्रति केन्द्रित रहेको बुझ्न गा¥हो छैन, कारण ट्रम्पले सोही समारोहमा राष्ट्रियताबारे चर्को बखान गरेका थिए ।
फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिभेक्स (Benjamin Griveaux) समेतले सार्वजनिक रुपमा भने– “ट्रम्पसँग सामान्य भद्रता र शालिनतासमेत छैन ।” उनको त्यो भनाइविरुद्ध ट्रम्पले ट्युटरमार्फत माक्रोनमाथि आक्रामक अभिव्यक्ति दिए । त्यतिबेला भने आतङ्क र आक्रमणको स्मरणमा शोकसभा गर्दै थियो । त्यो आतङ्ककारी आक्रमणबाट करिब १३० निर्दोषहरूको हत्या र करिब ३०० मानिसहरू घाइते बनाइएको थियो ।
फ्रान्सको त्यस्तो संवेदनशील दिनमा ट्रम्पले फ्रान्स र फ्रान्सका राष्ट्रपति माक्रोनको युरोपमा आप्mनै सैन्य निर्माणको विचारहरूमाथि आक्रमण गरिरहे । त्यतिमात्र होइन ट्रम्पले ट्वीटमार्पmत फ्रान्सले बेहोरेको दुईवटै विश्वयुद्धको अनुभवलाई समेत खिज्याए, जिस्काए ।
ट्रम्पले फ्रान्सतर्फ सङ्केत गर्दै ट्वीटमा लेखे– “संरा अमेरिका साथमा आउनु अगाडि नै उनीहरूले पेरिसमा जर्मन सिक्न सुरु गरे ।”
ट्रम्पले माक्रोनलाई अपमान गर्ने उद्देश्यले तलो स्तरको मूल्याङ्कन प्रस्तुत गरे । उच्च बेरोजगारी दर र खराब कर प्रणाली फ्रान्सको रोगका रुपमा व्याख्या गरे । विश्वका सम्पूर्ण नेताहरूको अगाडि फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ट्रम्पले बिर्सेका थिएनन् । त्यसकारण उनले पूर्वाग्रहपूर्ण ढङ्गले बोले– “राष्ट्रवादी देश संसारमा अरु कुनै देश नै छैन ।”
संरा अमेरिकी राष्ट्रपतिलाई लागेको थियो कि ट्वीटर अकाउन्टमार्पmत माक्रोनमाथि आप्mनो श्रेष्ठता, आप्mनो हठ लाद्न सकिनेछ जसरी केही घरेलु राजनीतिक प्रतिपक्षीहरूमाथि उनी समयसमयमा खनिन्छन् । तर, माक्रोनलाई पछि हट्न दबाब दिने क्रममा ट्रम्प असफल रहे । तत्काल फ्रान्सका राष्ट्रपतिले बोले– “कूटनीति ट्वीटको माध्यमबाट बन्दैन दुईपक्षीय छलफलबाट बनाइन्छ ।” यो अभिव्यक्ति ट्वीटरको लत लागिसकेका संरा अमेरिकी राष्ट्रपति ट्रम्पतर्फ लक्षित थियो ।
ट्रम्प पुनः युरोपको आप्mनै सैन्य शक्ति हुनुपर्ने, संरा अमेरिकासँग अत्यन्त निर्भर हुनुहुँदैन भनी माक्रोनमाथि व्यङ्ग्यरुपी शब्दवाण प्रहारमा उत्रे । यो अभिव्यक्तिले एक हतियार निर्यातकर्ताको दम्भ पनि प्रस्ट्याउँछ । जर्मनका चान्सलर एन्जेला मर्केल (Angela Markel) ले स्ट्रासवर्गको युरोपेली संसदमा युरोपेली सेना निर्माण गर्ने विचार पारित गरेको जनाए ।
ट्रम्प र अमेरिकाको विषयमा यी पछिल्ला दृष्टान्तहरू र Pew Center’s Global Attitude Survey ले अक्टोबर १ मा प्रकाशित गरेको निष्कर्ष एक अर्कासँग मेल खान्छ । यस अर्थमा युरोपमा संरा अमेरिकाको मुख्य मित्र राष्ट्रहरूमाझ ‘ट्रम्पको अमेरिकाप्रति अत्यन्त ठूलो निरशा छाएको छ ।’
जर्मनमा करिब १० प्रतिशतलाई मात्र ट्रम्पमाथि भरोसा छ । ४ जनामा ३ जनाले हाल संरा अमेरिकाले विश्वव्यापी समस्या समाधान कार्यमा बेवास्ता गरेको बताउँछन् । फ्रान्समा जम्मा ९ प्रतिशत फ्रान्सेली जनतालाई ट्रम्पप्रति विश्वास छ । ८१ प्रतिशत जर्मनी जनता सोच्छन् कि ट्रम्प अन्य देशहरूको हितको निम्ति सोच्दैनन् । अमेरिकाको परराष्ट्र नीतिले फ्रान्सलगायतका अन्य देशहरूमा हितको एजेण्डा संरा अमेरिकाले अघि सारेको देखिँदैन । यो युरोपका १० वटा राज्यहरूका जनताबीच गरिएको अनुसन्धानको नतिजा हो ।
स्पेनमा भने ट्रम्पप्रतिको विश्वास ७ प्रतिशतभन्दा कम जनतामा मात्र छ । ईयूका १० राष्ट्रहरूमा गरिएको उक्त अनुसन्धानले के देखाउँछ भने औसतमा जम्मा ४३ प्रतिशत जनताले अमेरिकाप्रति सकारात्मक धारणा राख्दछन् । तर, वास्तविकता के हो भने अधिकांश अमेरिकी जनता यस तथ्यबाट अनभिज्ञ छन् अर्थात यो सत्यतथ्य बुझ्न अमेरिकी जनतालाई मुस्किल पर्छ ।
व्यक्तिगत स्वतन्त्रताको विषयमा अत्यन्त न्यून युरोपेली जनताले मात्र संरा अमेरिकाले आप्mना जनताको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्छ भनी विश्वास गर्छन् । ब्रिटेनमा त्यसको तथ्याङ्क ४३ प्रतिशत छ, फ्रान्समा ४० प्रतिशत, जर्मनीमा ३५ प्रतिशत र स्पेनमा ३१ प्रतिशत छ । आप्mनो देश र जनता सबैभन्दा स्वतन्त्र भनी दाबी र हल्ला गर्ने राजनीतिज्ञहरू भएको देश अमेरिकालाई यो वास्तविक तथ्याङ्कले चोटिलो व्यङग्य गरेको छ ।
यस अर्थमा ट्रम्पको अमेरिकाविरुद्ध ईयू बलियो हतियार (Counterweight) को रुपमा प्रस्तुत छ साथै बहुध्रुवीय (Multipolar) विश्व निर्माणका निम्ति विविध शक्तिको तयारी पनि हुँदैछ ।
अनुवाद – हौसला
China Daily Nov-17-18

Leave a Reply

Your email address will not be published. Required fields are marked *