नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नयाँ दिल्ली, २ वैशाख (सिन्ह्वा) । आम निर्वाचन चलिरहेको बेला भारतमा दुईजना प्रभावशाली नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।
भड्किलो र निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाउने निर्णय सोमबार गरेको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी) की अध्यक्ष मायावतीलाई ‘घृणित अभिव्यक्ति’ दिएको भन्दै निर्वाचन आयोगले प्रतिबन्ध लगाइएको जनाएको छ ।
आयोगका अनुसार योगीलाई तीन दिन र मायावतीलाई दुई दिन निर्वाचनसम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ ।
उनीहरूलाई लगाइएको प्रतिबन्ध मङ्गलबार बिहानदेखि लागू हुने आयोगले जानकारी दिएको छ ।
उहाँहरूको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सर्वोच्च अदालतले उनीहरूका बारेमा जाँचबुझ गर्न आदेश दिएपछि निर्वाचन आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कारबाहीस्वरुप प्रतिबन्ध लगाएको हो ।
दलित समुदायकी मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी (भाजपा) हिन्दूवादी भएकोले मोदी र भाजपाको पक्षमा मतदान नगर्न मुस्लिमहरूलाई आह्वान गर्नुभएको थियो ।
मायावतीको अभिव्यक्तिको प्रतिवाद गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पनि भारतमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको भन्दै धार्मिक सहिष्णुतामा असर पार्ने अभिव्यक्ति दिएको निर्वाचन आयोगले जनाएको छ । भारतमा यही अप्रिल ११ देखि मतदान सुरु भएको छ भने आगामी मे १९ तारिखसम्म गरी सात चरणमा मतदान हुनेछ ।
Leave a Reply