चार दिनदेखि अधिकांश सरकारी वेबसाइट बन्द
- कार्तिक ९, २०८३
भक्तपुर, ७ कार्तिक । विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित अन्तरसदस्यीय उडबल प्रतियोगिता शनिबार सहिद स्मृति खेल मैदान, भक्तपुर नगरपालिका–२ मा सम्पन्न भएको छ । भक्तपुर योङ सर्कलको आयोजनामा भएको उक्त प्रतियोगितामा ३३ जना खेलाडी सहभागी भएका थिए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदको विकासका लागि खेल मैदानको अभाव चुनौतीका रूपमा रहेको बताउनुभयो । उहाँले सहिद स्मृति खेल मैदानको स्तरोन्नति गर्ने सोच रहेको उल्लेख गर्दै हराउँदै गएको परम्परागत खेल कसिमला पाँय्लाई भक्तपुर नगरपालिकाले उत्थान गरेको र स्थानीय पाठ्यक्रममा समेत समावेश गरिएको बताउनुभयो ।
कार्यक्रममा योङ सर्कलका अध्यक्ष राजन जतिले ‘कला, खेलकुद र मित्रता युवा जगतको आवश्यकता’ भन्ने नाराका साथ योङ सर्कल स्थापना भएको बताउनुभयो । उहाँले कम लगानीमा जुनसुकै उमेर समूहका व्यक्तिले सहजै खेल्न सक्ने भएकाले उडबल खेललाई विस्तार गर्न सकिने बताउनुभयो ।
योङ सर्कलका सल्लाहकार विनोदचरण रायले सहिद स्मृति खेल मैदानमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना भएको बताउँदै यसलाई जिल्लाव्यापी रूपमा सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितालाई व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने र नयाँ कार्यसमितिले आगामी दिनमा थप खेलकुद गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सल्लाहकार रवीन्द्र खर्बुजाले नयाँ कार्यसमितिले योङ सर्कलका गतिविधिलाई निरन्तरता दिँदै खेलकुदको विकासका लागि सक्रिय रूपमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सर्कलका सदस्य रमा माताङले स्वागत मन्तव्य दिनुभएको थियो भने पुण्यराम स्वङ्गमिखाले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा इन्द्रभक्त पञ्च प्रथम, प्रशान्त देशेमरु दोस्रो तथा अनुभव पञ्च र गजेन्द्र खर्बुजा तृतीय हुन सफल हुनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विजयी खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा लोकेश्वर बचत तथा ऋृण सहकारी संस्थाबाट बाँसुरी बाजा प्रस्तुत गरिएको थियो ।
Leave a Reply