भर्खरै :

माछापुच्छे्र« आरोहणः खुला गर्ने कि नगर्ने ?

जमुना वर्षा शर्मा
सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छे« हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरूले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्र«े छाया’ जस्ता गीत रचेका छन् ।
कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश्वका सुन्दर हिमालको सूचीमा सातौं नम्बरमा पर्छ । पछिल्लो समय यस हिमालको आरोहण खोलिनुपर्छ वा पर्दैन भन्ने विषयले बहस निम्त्याएको छ । छ हजार ९९३ मिटरको उचाइबाट पोखरामा आउनेहरूलाई स्वागत गरेझँै आभाष दिलाउने यस हिमाललाई पर्यटनविद् झलक थापा ‘कुमारी’ विशेषण जोड्न रुचाउनुहुन्छ । पोखराको सुन्दरताको वर्णन गरेर नथाक्ने उहाँ यतिबेला दुःखी हुनुहुन्छ । विसं २०२७ मा पर्यटनको सम्भाव्यता अध्ययन गर्न पोखरा आउनुहँुदा फेवातालको किनारबाट उहाँको नजर ठोक्कियो एक्लै मुस्कुराइरहेको माछापुच्छ्र«े हिमालसँग । त्यसपछिका दिनहरूमा उहाँ पोखराको सुन्दरतामा रमाउनुभयो र त्यसलाई सदा आँखा र हृदयमा राखिराख्न पोखरावासी बन्नुभयो ।
माछापुच्छ्रे« हिमाल अहिलेसम्म कसैले आरोहण नगरेको थाहा पाएपछि उहाँ अझै खुसी हुनुभयो । माछापुच्छ्र«ेको कुमारीत्व जोगाउनुपर्छ भन्ने सोचाइ उहाँलाई त्यत्तिबेलै आयो । तर्कसहित लेख्न सुरु गर्नुभयो । एउटा हिमाललाई कुमारी भन्दै जोगाउनु पर्ने कारण छैन भन्ने तर्क गर्नेहरूमा डा. हर्क गुरुङजस्ता विद्वानहरू थिए । उहाँ आफ्ना धारणामा सुरुदेखि नै अडिग रहँदै आउनुभयो । धेरै पोखरेलीले उहाँको यो विचारलाई रुचाए पनि ।
माछापुच्छ्रे«लाई ‘यशोधरा’ ठान्नुहुन्छ उहाँ । पचास वर्ष अघिदेखि माछापुच्छ्र«ेलाई मनमा सजाएर राख्दै आउनुभएका उहाँलाई यो हिमाल आरोहणका लागि खोलिँदै छ भन्ने समाचारले व्याकुल बनाइदिएको छ । विश्वका सुन्दर हिमालमा नेपालको आमादब्लम र माछापुच्छ्र्रे पर्छ । आमादब्लममा आरोहण हुन्छ । माछापुच्छ्र«ेलाई कुमारी राखेरै यसको सौन्दर्यबाट पर्यटकलाई भित्याउनुपर्ने विचार राख्नुहुने उहाँको प्रश्न छ – माछापुच्छ«्रेलाई कुमारी नै राखे के बिग्रन्छ ? आजसम्म हिमाल आरोहणबाट कति कमायौँ र अब माछापुच्छ्र«ेबाट पनि कमाउने आशा राखेका छौ ?”
पर्यटन व्यवसायी नरेश भट्टराई पनि माछापुच्छ्र«ेको सुन्दरतालाई जोगाउन आरोहण गर्न दिन नहुने तर्क राख्नुहुन्छ ।
उहाँले भन्नुभयो – “गण्डकी प्रदेशमा मात्रै आठ हजारमाथिका तीन वटा हिमाल (अन्नपूर्ण, मनास्लु, धौलागिरी) छन्, अन्नपूर्ण प्रथमको मध्य र पूर्व पनि आठ हजार मिटरमाथि छन् । ती हिमालको आरोहणको अवस्था र प्रचारप्रसारमा सरोकारवालाहरू मौन छन् । अहिले एकाएक माछापुच्छ«्रे आरोहणको विषय उठाउनु सान्दर्भिक छैन । हामी अध्ययनविना हतारिन्छौ । माछापुच्छ्रे«को सुन्दरता हेर्नमा नै उपयुक्त छ, चढ्नमा होइन ।” माछापुच्छ्रे«लाई कुमारी नै राखेर त्यसैलाई ‘टुरिज्म प्रडक्ट’को रूपमा प्रचार गर्नुपर्ने उहाँको सुझाव छ ।
माछापुच्छ्र«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पर्यटन विभागसँग सहकार्य गरी माछापुच्छ्र«े हिमालको आरोहण खोल्न पहल भएको बताउनुभयो । प्राकृतिक कुरालाई जीविकोपार्जनसँग जोड्नुपर्छ, उहाँ भन्नुहुन्छ – “माछापुच्छ«्रेका बासिन्दा हिमालको उपयोग गरेर आफ्नो जीवनस्तर बढाउन लाग्नुपर्छ । अब हेरेर बस्ने कुराको मात्रै तर्र्क गरेर हुँदैन ।”
जाति र धर्म विशेषसँग जोडेर यस हिमालको आरोहण रोकिएको भन्ने कुरा मिथ्या भएको उहाँ ठान्नुहुन्छ । उहाँले भन्नुभयो, “हिमाल पहाड प्राकृतिक कुरा हुन् । यसलाई जातजातिले पूजा गर्छन् भन्ने प्रसङ्ग जोडेर बन्द गरिएको भन्ने कुरामा सत्यता छैन ।”
सन् १९५६ तिर बिट्रिश कर्णेल रोबर्टसन र उनको टोलीले माछापुच्छ्र«े आरोहणको प्रयास गरेका थिए । नसकेर बीचबाटै फर्के । आफूले नसकेपछि अरुलाई किन यश कमाउन दिने भन्ने मनसायले देउता छन् भन्ने प्रचार गरेको हुनसक्ने गुरुङको भनाइ छ । पर्यटन मन्त्रालयका अनुसार विसं २०२० पछि यसको आरोहण बन्द छ ।
कोही आरोही अग्लो हिमाल चढ्न रुचाउँछन्, अर्काथरी सुन्दर हिमाल । नेपालका सगरमाथा र आमादब्लम सुन्दर हिमालमा गनिन्छन् । आरोहीको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्ने उहाँको तर्क छ ।
सन् १९५० को दशकमा अन्नपूर्णको प्रथम आरोहण भएको थियो । हाल त्यहाँ आरोहण गर्नेको सङ्ख्या घटिरहेको बताइन्छ । मानिस अग्लो र सुन्दर हिमाल चढ्न मनपराउँछन् । माछापुच्छे«्रमा उचाइ र सुन्दरता दुबै विशेषता भएकोले आरोहीको रोजाइ पर्ने तर्क गुरुङको छ ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले माछापुच्छ्रे« आरोहण अनुमति अध्ययनको विषय रहेको बताउनुभयो । नेपालमा झण्डै तीन हजार हिमाल रहेका छन् । संसारमा ८ हजारभन्दा माथिका १४ वटा हिमाल छन्, त्यसमध्ये नेपालमा मात्रै ८ वटा छन् । माछापुच्छ्रे« हिमाल आरोहणका विषयमा उहाँले भन्नुभयो, “माछापुच्छ्र«े हिमाल आरोहण के कारणले रोकिएको थियो ? आरोहण खुला गर्दा हुने फाइदा र खुला नगर्दा हुने फाइदाका बारेमा अध्ययन गरेरमात्रै सान्दर्भिक निर्णय गरिनेछ । हिमाल आरोहीको तथ्याङ्कलाई पनि हामी केलाउँछौँ ।”
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा पर्यटन विकासमा नयाँ नयाँ गन्तव्यको खोजी जरुरी हुने भएकोले माछापुच्छ«्रे आरोहण खुला गरे आरोहीको आगमन बढ्ने सक्ने विश्वास व्यक्त गर्नुहुन्छ । विसं २०३४ सालदेखि हिमाल आरोहणको रोयल्टी उठाउने अनुमति प्राप्त गरेको सङ्घले हाल २७ वटा हिमालको आरोहण अनुमति प्राप्त गरेको छ । सरकारले ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।
उहाँले माछापुच्छ्र«े हिमाल चढेर त्यसको सुन्दरता नबिग्रने भएकोले खुला गर्नुपर्ने धारणासँग आफू सहमत रहेको बताउनुभयो । नेपालमा सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेका थिए । उनले त्यसबेला दार्जिलिङबाट हिमाल चढ्ने अनुमति लिएका थिए । बेलायतीहरू हाबी रहेको त्यो समयमा उनीहरूकै बोली बिक्ने गरेको लामा बताउनुहुन्छ । सन् १९५६ मा नेपालमा हिमालयन सोसाइटी भन्ने संस्थाको गठन भयो र यही बेलादेखि यस संस्थाको सिफारिशमा परराष्ट्र मन्त्रालयले हिमाल आरोहणको अनुमति प्रदान गर्ने गरेको लामा स्मरण गर्नुहुन्छ ।
कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्याण्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौं नम्बरमा माछापुच्छ्रे« रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *