वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
सगरमाथाको देशका राष्ट्रिय विभूति
यो ज्ञानभूमिका धर्ती पुत्र
अरनिकोको महान् कलाकारिता
एसियामा चम्किरहेको एक नेपाल तारा !
हिमालमुनिको पवित्र भूमिमा जन्मेर
हिमालपारिको विशाल भूमिमा आफ्नो प्रतिभा देखाएर
मातृभूमिको इज्जत र गौरव बढाउने
यो राष्ट्रको प्रथम सांस्कृतिक मित्रताको दूत हो ।
तिम्रो लगनशीलता ! तिम्रो अनुपम सीपले
सात सय वर्ष पहिले
सम्राट कुब्लाखाँलाई मुग्ध पारेर
सत्र वर्षको उमेरमा कुशल मूर्तिकार भएर देखाए ।
तिमीले निर्माण गरेका मूर्तिकला, वास्तुकला
ऐतिहासिक तथा सांस्कृतिक कला साधनाका स्मारकहरू
चिनियाँ जनताको अपार हृदयमा
तिम्रो परिश्रम सम्मानित भएर विश्व प्रसिद्ध कलाकृति बन्यो ।
आज तिम्रो महान् सेवाले हामी सम्झना गरिरहेका छौँ
यो धर्तीमा तिम्रो गुणगान सधैँ गरिरहने छौँ
तिमीले देखाएको राष्ट्रको गौरव बढाउने अभियानको पथमा
भोलिका भविष्यका कर्णधारहरू तिम्रो पथमा अघि बढिरहने छन् ।
Leave a Reply