भर्खरै :

थ्रेल्स होल्डबारे

-निर्जला
नेपालको राजनैतिक रंगमञ्चमा संसदीय निर्वाचनमा खसेको जम्मा सदर मतको ५–१० वा केही निश्चित प्रतिशत मत प्राप्त दललाई राष्ट्रिय दलको मान्यता दिने ९ चैत २०७३ को संसदमा बहुमतले निर्णय ग¥यो । प्रत्यक्ष निर्वाचनमा एक स्थान विजयी भएको र समानुपातिकमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने अनिवार्य नियम बनाइयो । तर स–साना दलहरूलाई संयुक्त चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउने प्रावधान पनि राखिएको छ ।
थ्रेस होल्डका पक्षपाती तीन दलका समर्थकहरूले थ्रेस होल्ड राख्नु पर्नाको निम्न कारणहरू बताएका छन् –
१) सरकार अस्थिर हुनु,
२) साना दलहरूले मन्त्री बन्न ठूला दलहरूसँग मोलमोलाई गर्नु,
३) थ्रेस होल्ड नहुनाकै कारण दलहरू फुट्छन् र अस्थिरता ल्याउँछन्,
४) थ्रेस होल्ड राख्दा स्थिर सरकार कायम हुन्छ ।
ती कारणहरूको खण्डन यसप्रकार छ –
१) सरकार अस्थिर हुनुमा नेपाली कांग्रेस र एमाले नै जिम्मेवार छन् –
क) यी दुवै दलले नै पञ्चायत विरोधीको नाममा प्रजातन्त्रको पुनःस्थापनापछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका हुन् ।
ख) कृष्णप्रसाद भट्टराईको सरकार पतन हुनुमा र गिरिजाप्रसाद कोइरालाको सरकार बीचमै पतन हुनुको कारण कांग्रेसकै आन्तरिक कारण हो ।
ग) मनमोहन अधिकारीको सरकार पतन गराउनमा नेपाली कांग्रेसले अदालतको कार्यबाही गराएको हो ।
२) आयाराम गया रामहरु बनाउनमा नेका र एमाले दोषी ।
क) नेपाली कांग्रेसले आफ्नो सरकार टिकाउन नेमकिपाको एकजना सांसद भक्तबहादुर रोकायालाई लगेको थियो ।
ख) त्यस्तै एमालेले पनि नेमकिपाकै दैलेखको सांसद विनोद शाहीलाई लगेको थियो ।
ग) अन्य साना दलहरूलाई तानेर आफ्नो बहुमत पु¥याउन जातीय दलका सांसदहरूलाई मन्त्री बनाउनेहरू नेपाली कांग्रेस, एमाले र एमाओवादी दलहरू नै हुन् ।
३) सहुलियतहरू लिन साना पार्टीहरू फुटेर सरकार अस्थिर बनाएको आरोप झुट हो र त्यसका उदाहरण निम्न हुन् –
क) नेपाली कांग्रेसभित्रको सत्ता संघर्षकै कारण शेरबहादुर देउवा गुट फुटे र प्रजातान्त्रिक कांग्रेस बनेको जगजाहेर छ ।
ख) एमालेभित्रको बहुमतले महाकाली सन्धी गरेको हुनाले वामदेवहरू फुटेर माले बनेको थियो ।
ग) राप्रपा पनि सत्ताको लुछाचुँडीकै निम्ति फुट भएको सर्वविदित छ ।
घ) देशको अर्को थ्रेस होल्ड पुगेको शासक दल एमाओवादी आफै २–३ टुक्रामा विभाजित भयो ।
४) थ्रेस होल्ड हुँदैमा दलहरू नफुट्ने हो भने भारतीय राजनैतिक दलहरू भारतीय राष्ट्रिय कांग्रेस, समाजवादी पार्टी, कम्युनिष्ट पार्टीहरू नफुट्नुपर्ने थियो । दलहरू फुट्नुमा सत्ता प्राप्त गर्न र सत्तामा भाग लिन मात्रै होइन सैद्धान्तिक कारणहरूले समेत दलहरू फुटेका छन् ।
५) थ्रेस होल्ड हुँदैमा सरकार स्थिर हुने होइन । थ्रेस होल्ड राखेका भारत र अन्य अनेक देशहरूमा समेत सरकार स्थिर रहेका छैनन् ।
थ्रेसहोल्डका पक्षपातीहरूले स्केन्डियाभाली देशहरू, टर्की, युरोपेली देशहरू, भारत र संरा अमेरिका आदि देशका उदाहरण दिन्छन् । युरोपेली र संरा अमेरिकाको प्रजातन्त्र एवम् गणतन्त्र २–३ सय वर्षभन्दा पुरानो हो, टर्की र भारतको गणतन्त्र ७०–८० वर्ष पुरानो हो । यसरी नेपालका तीन शासक दलहरूले विभिन्न देशको थ्रेस होल्डको प्रतिशतको उदाहरणहरू दिन्छन् । तर ती देशहरूको प्रजातान्त्रिक अभ्यास, कुल ग्रार्हस्थ उत्पादन वा प्रतिव्यक्ति आम्दानीबारे ती भलाद्मीहरू किन नेपालको तुलना गर्दैनन् ? तिनीहरू कमिलालाई हात्रीको दाना खुवाउन चाहन्छन् र मुख्य अपराधको जडलाई समाप्त पार्नुभन्दा काम गरी खाने साधारण जनतालाई अपराधी ठहर गर्छन् ।
स–साना दलहरूलाई आ–आफ्नो सरकारको समर्थन गराउन मन्त्री बनाउने, न्यायाधीश, राजदूत र अन्य नियुक्तिहरूमा भाग दिन्छन् । तर नेमकिपाले न सरकरमा भाग लियो न त भागबण्डामा नै भाग लियो । नेमकिपा सदा कम प्रतिशत आएका दलहरूलाई प्रतिपक्षमा बस्नु भन्ने जनताको आदेश भएको हुँदा सरकारमा जानुहुन्न भन्ने अडान राख्दै आएको छ ।
त्यसो भए, तीन शासक दलहरूले किन थ्रेस होल्डलाई ल्याएका होलान् भन्नेबारे नेमकिपाका नेता तथा कार्यकर्ताहरूको मत निम्न प्रकारको देखिन्छ –
१) भूतपूर्व राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र अन्य पूर्व पदाधिकारीहरूलाई दिइने प्रस्तावित सुविधालाई नेमकिपाका प्रतिनिधिहरूले भूकम्पपछि देशमा गरिबीकै प्रतिशत बढेको हुनाले ‘गणतन्त्रका नयाँ सम्भ्रान्त वर्ग’ भनी चर्को आलोचना हुने भएको हुनाले यसको असरले विस्तारै देशमा आर्थिक असमानता बढ्ने छ । यसकारण नेमकिपाले सुरुदेखि नै मोटर सुविधा लिएको थिएन ।
२) बहुर्राष्ट्रिय कम्पनीहरूको निम्ति म्यानपावर कम्पनीहरूले नेपाली युवाहरूलाई लाखौं रुपैयाँ लिएर ‘दास व्यापार’ गरेको हुँदा त्यसलाई बन्द गरी नेपालमै युवाहरूलाई रोजगार दिनुपर्छ भनी नेमकिपाको अडानले म्यानपावरका मालिक र शासक दलहरू रिसाएका हुन् ।
३) नेमकिपाले प्रतिनिधि सभाको सुरुमै गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्नेबारे आवाज उठाएको थियो ।
४) सरकारी स्तरमै भएको भ्रष्टाचार भइरहेकोमा खबरदारी गर्दै आएको हुँदा जस्तै ‘९८ करोड घाटा हुने गरी रसायनिक मल किनिंदै’ (नागरिक–आर्थिक, १० चैत २०७३), ‘महँगो मल किन्दै कृषिमन्त्री (अन्नपूर्ण, अर्थतन्त्र– १० चैत २०७३) ।
५) भागबण्डाको विरोध– योग्य व्यक्तिहरू सम्बन्धित पदमा बहाली गर्नुपर्ने र ठूल्ठूलो रकम लिएर भ्रष्ट र अयोग्य व्यक्तिहरू न्यायाधीश, राजदूत र अन्य मनोनीतहरू गर्न नहुनेमा जोड दिएको हुनाले ।
थ्रेस होल्डको बन्दोबस्तले नसोचेका विषय
समानुपातिक बन्दोबस्तको अर्थ केही जात–जाति र भाषा–भाषीहरूको बहुलता भएको देशमा अल्पसंख्यक जनसंख्या भएको वा ५–१० लाख मात्र जनसंख्या भएका छरिएका जनताको आवाज समेत विधि निर्माणक्षेत्रमा पु¥याउनको निम्ति गरिएको व्यवस्था हो । एक लाख पनि जनसंख्या नभएको जात–जाति र भाषा–भाषीले कसरी ३ प्रतिशत पु¥याउन
सक्लान् ?
राजनैतिक वृत्तमा कहिलेकाहीं सामन्ती समाजमा आर्थिक हैसियत खोजेजस्तै प्रजातन्त्रमा ठूला जाति र भाषाभाषी वा ‘राष्ट्र’ ले संख्या मात्र खोज्दा राजनैतिक र सैद्धान्तिक नैतिकता, तर्कलाई खारेज गरी विदेशीको नक्कल गर्दा ‘अराष्ट्रिय’ प्रवृत्तिले बढावा पाउने निश्चित छ ।
सिद्धान्त नमिल्ने साना दलहरूलाई एक हुने आह्वानले तीन ठूला दल र सबै धर्मलाई एक हुन आह्वान गरेजस्तै अनर्थ र व्यर्थ हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *