भर्खरै :

जिरेल समुदायको बदलिँदो जीवन पद्धति

सुनिता गाइसी
नेपालका अन्य जनजातिमध्ये फरक विशेषता बोकेको जनजातिमा जिरेल पर्दछ । जिरेल जातिको यिनीहरूको मुख्य बसोबासको थलो दोलखाको जिरी, जुगु र सिक्री खोला हो । वि.सं. २०५८ को जनगणनाअनुसार जिरेलहरूको जनसङ्ख्या ५,७४७ रहेको छ । यति थोरै सङ्ख्यामा भए नेपालका झण्डै ६३ जिल्लामा यिनीहरू छरिएर रहेका छन् । आफनो जिविका चलाउन, व्यवसाय गर्न यिनीहरू काठमाडौँलगायतका विभिन्न सहरहरूमा बसोबास गर्दै आएका छन् । जिरेलहरूको उत्पति कहाँ, कहिले र कसरी भयो भन्नेबारे लिखित इतिहास पाइएको छैन । कसै कसैले जिरेलहरू सुनुवार बाबु र शेर्पिनी आमाका सन्तान हुन् भनी उल्लेख गरेका छन् । यस समुदायलाई जीवन्त सम्पदा भन्नेहरू पनि छन् । यस समुदायको आफनो छुट्टै भाषा रहेको छ । यस भाषालाई जिरेल भाषा भनिन्छ । यो भाषा तिबब्ती — बर्मेली भाषा परिवारअन्र्तगत पर्दछ । जिरी क्षेत्रका जिरेलहरूमध्ये झण्डै ९५ प्रतिशत जिरेलहरूले जिरेल भाषा बोल्दछन् । यिनीहरू आफ्नो बसाइको स्थानलाई जिरीपा भन्दछन् । यस्ता क्षेत्रमा झण्डै १२÷१३ गाउँहरू हुन्छन् । यस्ता जिरीपाहरू मुख्य गरेर ज्याकु, पल्डुङ, जिरी, सिक्री, जुगु र खिम्ती खोलातिर पाइन्छ ।
जिरेलहरूको मुख्य पेशा कृषि रहे पनि हाल आएर उनीहरू विभिन्न व्यापार व्यवसायमा पनि संलग्न रहेका पाइन्छन् । केही जिरेलहरू वैदेशिक रोजगारीमा पनि गएको पाइन्छ । यस जातिका मानिसहरू हिन्दू तथा बौद्ध दुवै धर्म मान्ने गर्दछन् । त्यसैले पुजाआजा, विवाह र धार्मिक काममा यिनीहरूले बाहुन र लामा पुरोहितलाई राख्ने गर्थे । पहिला संयुतm परिवारमा बस्नेको सङ्ख्या बढी रहे पनि हाल आएर एकात्मक परिवारको सङ्ख्या बढिरहेको कुरा जुगुकी उषा जिरेल बताउनुहुन्छ । जिरेल समुदायमा बच्चा जन्मेको ३ दिन वा ७ दिनमा लामा वा झाँक्री बोलाई विभिन्न कार्यहरू गरिन्छ । यस समुदायमा छोरा र छोरीको ३ महिना वा ७ महिनामा भात खुवाउने चलन छ । यस समुदायमा मागी र भागी दुवै किसिमका विवाह प्रचलनमा रहेको पाइन्छ । पछिल्लो समयमा अन्तजातीय विवाह पनि केही प्रचलित रहेको पाइन्छ । यस समुदायका केटाकेटीले आफ्नो जातबाहेक अन्य जातसँग पनि प्रेम विवाह गर्ने गरेको पाइन्छ । यसरी विवाह गर्ने जोडीले पछि आफन्तलाई बोलाई भोज खुवाउँछन् अनि आफन्तहरूले ती जोडीलाई बोलाई घरमा भित्याउने गरेका छन् । यस समुदायमा केटा र केटीले आफुखुसी आफनो जिवनसाथी छान्ने अवसर पाउँछन् । रितपूर्वक गरिने विवाह प्रायः शनिबार र सोमबार गर्ने गरिन्छ । परम्परागत तरिकाले गरिएको विवाहमा केटा र केटीले एउटै भाँडोबाट तोम्बा (ीयअब िदभभच० पिएपछि विवाह पूरा भएको मानिन्छ । यस समुदायमा विधुवा विवाह पनि प्रचलित रहेको पाइन्छ । देवर भाउजुबीच पनि विवाह चल्छ भनी केही स्थानीय बताउँछन् । यस समुदायका मानिसहरू विशेषगरी दशै, तिहार, माघेसङ्क्रान्ति इत्यादी पर्वहरू मनाउँछन् । साथै आफनो कुलदेवताको पुजा वैशाख वा मंसिर पूर्णिमामा गर्ने गर्छन् । घर परिवारको निर्णय प्रक्रियामा पनि महिलालाई सामेल गरिन्छ, यसले जिरेल समुदायमा महिलाको स्थिति केही राम्रो रहेको देखिन्छ ।
यस समुदायमा मानिस मरेपछि मृतकलाई केहीले गाड्ने गरेका छन् भने केहीले जलाउने गरेका छन् । मानिस मरेको राती डमरु र ढयाङ्रो बजाएर नाच्ने गर्दछन् । जिरेलहरू मानिस मर्दा ५ देखि ३५ दिनसम्म जुठो बार्ने गर्दछन् भने केहीले १२ दिनसम्म मात्र जुठो बार्ने गरेको पनि बताउँछन् । यस समुदायको बसोबासको इतिहासबारे सोध्दा नेपाल र तिब्बतबीच व्यापार हुने मार्ग भएकोले पहिलेदेखि जिरेलहरूको बस्ती पनि यतै बसेको पनि स्थानीयहरू बताउँछन् ।
जिरेल समुदायका मानिस बिरामी हँुदा झारफुकको साथै स्वास्थ्य चौकी र अस्पताल जाने गर्दछन् । परम्परागत विचारधारामा बिस्तारै परिवर्तन आइरहेको देखिन्छ । आफनो व्यतिmगत सरसफाईमा पनि ध्यान दिन थालेका छन् । यहाँका महिलाहरू विभिन्न महिला समुहमा बस्ने गरेका छन् जसले गर्दा समाजमा सकारात्मक परिवर्तनहरू हुन थालेका छन् । त्यसैले विशेष संस्कृतिका धनी जिरेल समुदायलाई जीवन्त सम्पदाको रूपमा धेरैले चर्चा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *