अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
हङकङ, ९ साउन (रासस-एएफपी) – प्रजग कोरियाको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर कोर्योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा शुरु गर्न लागेको छ ।
मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर कोर्योलाई उडान अनुमति दिएको हो ।
प्रजग कोरियाली बिमान सेवा एयर कोर्योले हाल चीनको बेइजिङ र शेनयाङ तथा रुसको भ्लाडिभोस्तकमा मात्र उडान गरिरहेको छ । एयर कोर्योको मकाउ चौथो गन्तव्य हो ।
मकाउ नागरिक उड्डयनले जारी गरेको वक्तव्यमा आगामी अगष्ट २ देखि हप्तामा दुईवटा मकाउ–प्योङयाङ सिधा उडान हुने उल्लेख छ ।
सन् १९९६ देखि २००४ सम्म दुवै शहरबीच नियमित उडान हुँदै थियो । एसियाको “लास भेगास” का रुपमा लिइने मकाउ र प्रजग कोरियाबीच लामो पारम्परिक सम्बन्ध रहिआएको छ ।
प्रजग कोरियाली नेता किम जोङ उनका भतिजा किम जोङ नाम पनि मकाउमै निर्वासित जीवन बिताइरहेका थिए तर उनको सन् २०१७ मा क्वालालम्पुर विमानस्थलमा हत्या भएको थियो ।
मकाउका व्यापारी स्टान्ले हो ले सन् १९९९ मा प्रजग कोरियामा क्यासिनो प्योङयाङ पनि खोलेका थिए । हाल प्रजग कोरियामा चीनका सबैभन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।
Leave a Reply