भर्खरै :

कम्पोष्ट मल बनाउने फोहोर व्यवस्थापनको सही विधि

जानेर पनि नजानेझैँ गर्दा र हुने कुरामा पनि नहुनेझैँ गर्दा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्याले अहिले विकराल रूप लिएको छ । उपत्यकाबाट हाल दैनिक सात सय मेट्रिकनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको बताइन्छ । तर यो फोहोरलाई सदुपयोग गर्ने वा सही व्यवस्थापन गर्नेभन्दा पनि सहरबाट अलि पर या कोल्टे परेको ठाउँमा मिल्काएर फोहोरको अर्को सहर बसाउने विकल्प प्राथमिकतामा रहँदा समस्याको समाधानभन्दा स्वरूप फेरिएकोमात्र देखिन्छ, समस्या जहाँको तहीँ छ ।
काठमाडौँ उपत्यकाका मात्र नभई देशभरकै सहर विस्तारित भएका देखिन्छन् । सहरमुखी नीतिका कारण गाउँहरू पनि सहर या सहरोन्मुख बन्दै गएका छन् । सुकिलो सहर बनाउने घोषणा सुनिन्छ । तर शहरका लागि न ठाउँ दिइएको छ न फोहोर व्यवस्थापनलाई प्राथमिकता । काठमाडौं महानगरपालिकालगायत उपत्यकाका १८ वटा नगरपालिकाले नुवाकोटको सिसडोलमा फोहोर फालेको बताइन्छ । त्यहाँ फहोरको व्यवस्थापन नभई फोहोर लगेर खाल्डोमा पुर्ने काम भइरहेको छ । फोहोरको मात्रा धेरै र ठाउँ साँघुरो भएको कारणले सिसडोल भरिसकेको र फोहोर फाल्ने अर्को स्थान बन्चरे डाँडामा ठाउँ बनाइँदै गरेको सुनिन्छ । तर फोहोर व्यवस्थापनको यो भरपर्दो तरिका पक्कै मान्न सकिन्न । नगरपालिकाहरूले सिसडोलसम्म फोहोर फाल्ने खर्चले आ–आफ्नो नगरभित्रै वा नजिकै वस्ती नभएको ठाउँमा बायोकम्प विधिले कम्पोष्ट मल बनाउनु सही निर्णय हुनसक्छ ।
काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहोरमध्ये ७० प्रतिशतको हाराहारीमा जैविक फोहोर भएको निष्कर्ष छ । त्यसलाई परम्परागत ल्याण्डफिल्ड साइटमा लगेर फाल्दा मिथेनसहितका ग्यास उत्पादन हुन्छ । त्यसको विकल्पका रुपमा बायोकम्पले ‘एरोबिक प्रोसेसि·’मार्फत जैविक फोहोरलाई प्रा·ारिक मल बनाउँदा धेरै गन्ध पनि नआउने र पोषिलो कम्पोष्ट मल बन्ने देखिन्छ । त्यसरी तयार भएको मल व्यावसायिक तरकारी खेती, कौसी खेती र गमलाहरूमा पनि प्रयोग गर्न सकिन्छ । यसले एकातिर फोहोर व्यवस्थापनको समस्या दिर्घकालीनरूपमा समाधान हुनसक्छ भने अर्कोतिर रासायसनिक मलको आयात घटाउनमा ठूलो टेवा पुग्न सक्छ । अजैविक फोहोरमध्ये पनि ८० देखि ९० प्रतिशत फहोर पुनप्र्रयोग गर्न सकिनेखाले हुने हुनाले जथाभावी फाल्नु र पुर्नभन्दा रिसाक्लि·मा पठाउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *