श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
- मंसिर २६, २०८१
कम्युनिस्ट बन्न सजिलो छैन । त्यसो भनेर कम्युनिस्ट हुनैसकिँदैन भनेको होइन । कम्युनिस्ट भनेको नामले हँुदैन, कामले हुन्छ । कम्युनिस्ट हुन कठिन र हुनै नसकिने होइन । अनुशासनमा बस्नु र कार्यकर्ताहरूलाई पनि पूर्ण अनुशासनमा राख्ने काम नेतृत्वले गर्नुपर्छ । नेतृत्व नै अनुशासित र सक्रिय भएन भने कार्यकर्ता अनुशासित र सक्रिय हुनसक्दैनन् । नेतृत्व भनेको नेतृत्व नै हो । नेतृत्व गर्न चाहनेले यो कुरा गम्भीर रूपमा आत्मसात गर्न सक्नुपर्छ । चीनका राष्ट्रपति सी चिनफिङ युरोप यात्रामा हुनुहुन्छ । सी राष्ट्रपतिमा निर्वाचित हुनासाथ दक्षिण अमेरिकास्थित क्यारेवियन टापुका केही राष्ट्रको भ्रमण गर्नुभएको थियो । संसारका ठुला मान्छे क्यारेवियन राष्ट्रहरूका टापुहरूमा भ्रमण गरेर के कूटनीतिक र राजनीतिक लाभ भयो, त्यो बाहिर आएन ।
अहिले उहाँ युरोपका तीन राष्ट्रहरूको राजनीतिक भ्रमणमा हुनुहुन्छ । यो भ्रमणको उद्देश्य र गन्तव्य के हो ? त्यसको व्याख्या र विश्लेषण संसारका अरू मुलुकले आ–आफ्नै किसिमले बुझेका छन् । चीन संसारको अति ठुलो र जनसङ्ख्या पनि दोस्रो ठुलो भएको राष्ट्र हो । यस राष्ट्रका करोडौँ मान्छेलाई के खाएर चुठ्ने गराउने हो, त्यो सजिलो थिएन । तर, राष्ट्रपति सी चिनफिङ अत्यन्त ठुलो परिश्रम गरी बुद्धि घोटेर केही समयअघिदेखि एक पेट खान पाउने बन्दोबस्त गर्न सफल हुनुभयो । यो सानो कुरा थिएन । चिसो ठाउँमा उत्पादन गर्न त्यति सजिलो कुरा होइन । मध्यरेखाको उत्तर, धेरै उत्तरका मुलुकहरूमा उत्पादन गर्न सहज छैन । चिनियाँ कम्युनिस्ट पार्टीले के जादु ग¥यो, अब त्यो क्षेत्रका मानिसहरू पनि खान पाउने भए ।
चीनप्रतिको हेराइ फरक छ
अहिले संसारमा चीनप्रतिको हेराइ आ–आफ्नै किसिमको छ । सी चिनफिङको युरोप भ्रमणलाई चिनियाँ विदेशमन्त्रीले विस्तृत जानकारी दिएका छन् । ग्रीष्म ऋतुको समयमा राष्ट्राध्यक्ष सीको प्रथम भ्रमण हो । पाँच दिन र पाँच रातमा चीन देशको औपचारिक भ्रमण गर्नुभयो । त्यसबेलाको भेटघाटमा संसारका समस्याका बारेमा र ती देशले व्यहोराका अवस्थाको बारेमा पनि राजनीतिक र आर्थिक स्थितिमासग पनि व्यापक विमर्श भयो । व्यापक रणनीतिक वार्ता पनि भयो । सबै ती तीन देशले सो भ्रमणमाथि उच्च प्राथमिकता दिँदै दौत्य सम्बन्ध स्थापना भएको प्रारम्भिक कालमा र अहिले कस्तो सम्बन्ध छ, त्यसको बारेमा पनि गम्भीर र व्यापक छलफल भयो । यस्ता छलफल निश्चय नै लाभदायी हुन्छन् ।
राष्ट्राध्यक्ष सीले युरोपका नेता दलसँग युक्रेन सङ्कट, प्यालेस्टिन र अन्तर्राष्ट्रिय उष्णताबारे समीक्षा गरेर गहिरो रूपमा वैचारिक आदानप्रदान गरे । त्यसका साथै प्रथम महिला कूटनीति पनि यो भ्रमणमा मुख्य आकर्षण बनेको रहेछ । त्यस्तै, चीनका राष्ट्रपति सीले हङ्गेरीको भ्रमण गर्दा दुई मुलुकका नेताहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी चौतर्फी साझेदारी सम्बन्धमा नवयुगको चौतर्फी रणनीति साझेदारी सम्बन्धको युगलाई माथि उकास्ने बारेमा पनि घोषणा भयो । यी घोषणा घोषणामा मात्र सीमित भए भने यो भ्रमणको औचित्यको पुष्टि हुनसक्दैन । खाली एक क्षण सुन्नलाई कानको प्यारो हुन्छ । चीनको बेल्ट एन्ड रोडको सहयोगात्मक दस्तावेजमा गरेको हस्ताक्षर युरोपेली मुलुकको पहिलोपल्ट हो ।
समस्या भनेको समस्या हो !
चीन युरोप बाहिर हङ्गेरीको सबैभन्दा ठुलो व्यापार साझेदार हो । चीन ठुलो राष्ट्र छ । उसको दायित्व पनि अन्तर्राष्ट्रिय क्षेत्रमा सानो छैन । चीन हङ्गेरीको सबैभन्दा व्यवहारिक साझेदार पनि हो । हङ्गेरी पनि रूस, चीन, भारत, अमेरिकाभन्दा निकै सानो छ । साना देशका साना समस्या पनि ठुला देशका ठुला समस्या जस्तै हुन्छ । यो नेपाल सानो भएर बुझ्न सकेको हो । सबै देश यस्ता जटिल कुरा बुझ्न सक्दैनन् र खोज्दैनन् । सोभियत सङ्घ हुँदा हङ्गेरीको आफ्नै महत्व थियो तर सोभियत सङ्घको अनुशासन र नीतिअनुसार चल्नुपथ्र्यो । त्यस्तो बेला निकै अप्ठ्यारो हुन्थ्यो होला । अहिले सोभियत सङ्घ छैन । हङ्गेरी स्वतन्त्र छ । स्वतन्त्रता र सार्वभौमिकता जोगाउन सजिलो हुँदैन । यो कुरा साना–ठुला सबै राष्ट्रले भोगेका छन् । चीन हङ्गेरीको तुलनामा जनसङ्ख्या र भूगोलको दृष्टिबाट पनि विशाल छ । यी दुवैको तुलना नै हुनसक्दैन । ठुला मुलुकका ठुलै समस्या हुन्छन् । साना मुलुकका पनि साना समस्या हुन्छन् तर ती साना समस्या पनि ठुलै हुन्छन् । यसर्थ, यी साना ठुला भन्ने समस्या आफ्ना मुलुकको परिस्थितिको आधारमा टुङ्गिनुपर्छ । छिमेकीले घोडा चढ्यो भनेर आफूले धुरी चढ्नुहुँदैन । मुलुकको समग्र विकास सजिलो विषय होइन । यसो भनेर पलायन गर्न खोजेको होइन । समस्या सानो भए पनि समाधान गर्नुपर्छ । आ–आफ्नो देशको समस्या आ–आफूले समाधान गर्ने हो । समस्या सानो, भए पनि ठुलो भए पनि समस्या नै हो । ठुलो भनेर आँत्तिने र भाग्ने होइन, समस्याको समाधान गर्नैैपर्छ ।
Leave a Reply