लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, १६ पुस । क्युवा स्वाधीनता दिवसको अवसरमा क्युवाली क्रान्ति र फिडेल क्याष्ट्रो विषयक प्रवचन कार्यक्रम नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले समाजवादी देश क्युवाबाट वर्गीय सङ्घर्षको शिक्षा लिनुपर्ने बताउनुभयो ।
उहाले क्युवाली जनता जस्तै निडर भई विस्तारवादी र साम्राज्यवादी शक्तिसामु नझुकी नेपालीहरूले सङ्घर्ष गर्न जोड दिनुभयो ।
उहाले भन्नुभयो, ‘महिलाहरूले पनि सैद्धान्तिक रूपमा गहन अध्ययन गरी देशको हितमा योगदान पु¥याउन तयार हुनुपर्छ ।’
पार्टी कार्यकर्ताहरू अनुशासित भई निरन्तर सङ्घर्षमा लाग्नुपर्ने बताउदै अध्यक्ष रोहितले नेमकिपा सैद्धान्तिकरूपमा स्पष्ट र सही भएकोले कुनै शक्तिसामु नझुकी देश र जनताको लागि सङ्घर्ष गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
क्युवा ऐक्यबद्धता समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले क्युवाली स्वाधीनता उपनिवेशवादविरूद्धको लडाईंको विजयी भएको चर्चा गर्दै क्युवाली समाजवादले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सम्पूर्ण क्षेत्रमा सफलता हासिल गरेको बताउनुभयो ।
सङ्घका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा हिमाली रानामागरले स्वाधीन क्युवा र महिला विषयमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा आयोजक समितिका कान्ति अवा र प्रतिभा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply