भर्खरै :

माक्र्सवादको रूपरेखा – ३

गोरख पाण्डेल
नयाँ अर्थ व्यवस्था कायम भएपछि पनि के पुराना विचार, पुरानो अर्थ व्यवस्था ल्याउनका लागि समाजमा प्रभाव पार्न सक्छन् ? केही रुढीवादी माक्र्सवादीले पनि सोच्दथे कि विचार अर्थ व्यवस्थाको आधारमा नै छुटिन्छन् । अतः त्यसलाई बदल्दा तिनीहरू पनि स्वतः बदलिन्छन् । माओले यसका उत्तरमा भने कि अर्थ व्यवस्था र विचारमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । सामान्य किसिले व्यवस्थाको भित्रबाट त्यसैको दबाबमा विशिष्ट प्रकारका विचार बन्दछन् तर एक पटक जन्म लिएपछि ती सापेक्ष रूपले सक्रिय हुन्छन् । जसरी व्यस्थाले विचारलाई बदल्छ त्यसैगरी विचारले व्यवस्थालाई बदल्न थाल्दछ । विचारहरूको महत्वलाई नकार्न सकिँदैन, सफ व्यवहारका लागि त्यसको सचेत प्रयोग हुनुपर्दछ । चीनमा सांस्कृतिक क्रान्ति, विचारधाराको क्षेत्रमा यही आवश्यकताको परिणाम हो । (कल्चर रिभोल्युसन ः जोन रोबिन्सन पेलिकन बुक्स, ५९)
मानव जातिको हजारौँ वर्षदेखि यो गहनतम इच्छा रहिरहेको छ कि बन्धनबाट, दासताबाट, उत्पीडनबाट मुक्ति प्राप्त होस् । हजारौँ वर्षदेखि मुक्तिको परिभाषा दिइएको हो, बन्धन, दासता र दुःखको स्रोतहरूको खोजी भइरहेको छ । पहिले यसका बारेमा दुईटा अतिवादी विचारले जन्म लिइसकेका थिए । एउटाको अनुसार यो संसार मूलतः भ्रम हो, माया हो, अवास्तविक हो । (श्वेताश्वतपनिषद्, ९७) त्यसकाराण यो जीवनबाट मुक्ति प्राप्त गर्नुपर्दछ । मुक्ति स्वर्ग या ईश्वरको निकट पुगेपछि प्राप्त हुन्छ । अर्को विचार यो संसरमा उच्छृंखल तरिकाले आनन्द लिने, आनन्दका लागि अरूलाई दुःख दिनेसम्मको कुरा गर्छ । पहिलोमा इच्छाहरू त्याग गर्ने, अर्कोमा अन्ध लिप्सा बढाउने प्रवृक्तिले काम गथ्र्यो । (चार्वाक दर्शन ः ४३४)
माक्र्सका अनुसार आवश्यकताको बोध र तुष्टीकरण नै मुक्ति हो । (एन्टी ड्युहरिङ ः ४,… अतः स्वतन्त्रता आफूमाथि र बाह्य प्रकृतिमाथि नियन्त्रणमा, जो प्राकृतिक अनिवार्यताका ज्ञानमा आधारित हुन्छ, निहित छ र यस कारणले ऐतिहासिक विकासबाट उत्पन्न हो । प्राथमिक मनुष्य, जसले स्वयंलाई पशु जगतबाट पृथक गरे त्यसरी नै तिनीहरू पशुसरी परतन्त्र थिए, तर त्यतातिर चालिएका प्रत्येक पाइला स्वतन्त्रतातिर बढेका थिए) यी आवश्यकताहरू भौतिक हुन् । तिनीहरूको सही ज्ञान हुनुपर्दछ तथा जानेर आवश्यकताअनुसार परिस्थितिहरूलाई बदल्नुपर्दछ, तर व्यक्तिगत मुक्ति नै सामाजिक मुक्तिकै सन्दर्भम अर्थ प्राप्त गर्दछ । शोषित जनताको मुक्ति नै वास्तविक मुक्ति हो । एउटा दास समाजमा व्यक्तिगत स्वतन्त्रताको कुराले दास बनाउने वाला वर्गहरूको हित साधन हुन्छ । जनक्रान्ति ऐतिहासिक आवश्यकता हो । (माक्र्सवादी दर्शन, १८४) यस अनिवार्य तथ्यलाई बुझ्नुमै व्यक्तिको स्वतन्त्र भूमिका सफल हुन्छ ।
आफ्ना ती विरोधीहरूको उत्तरमा जसले माक्र्सवादलाई हिंसाको विचारधारा मान्दछन्, उनले भनेका छन्– हिंसा ऐतिहासिक रूपबाट शोषकवर्गद्वारा बहुसङ्ख्यक जनतामा थोपरिदिन्छन् । राज्यसत्ताको जन्म वर्गीय हितहरूको रक्षाका लागि नै भएको थियो । (कम्युनिस्ट पार्टीको घोषणापत्र, ५८ राज्य र क्रान्ति २७, २८) जनतालाई बिस्तारै–बिस्तारै निरस्त्र, यन्त्रचालित दिशाहीन जस्तै बनाइयो र भ्रामक विचारहरूको बाक्लो आडम्बरमा अस्त्रशस्त्रद्वारा शोषण गरिरहियो । यही कारण हो कि भौतिक शक्ति–सशस्त्र सेनाको प्रत्युत्तर जनतालाई सशस्त्र भएर दिनुपर्दछ, त्यसले कसैको हावादारी योजनाबाट आफ्नो निर्धारित उद्देश्य प्राप्त गर्न सक्दैन (धर्मः माक्र्स एँगेल्स, ६२) ।
इतिहास अन्तरविरोधहरूको निजी गतिको कारण मानव समाजको पूर्ण मुक्ति, वर्गहरूको पूर्ढा समाप्तितिर अग्रसार भइरहेको छ । जनता दिनप्रतिदिन जागरुक भइरहेका छन् । हेगेलको मान्यता थियो कि सामाजिक द्वन्द्व प्रसियाको राज्यमा समाप्त भइसकेको छ, परम भावनाले स्वयंलाई पायसकेको छ, तर माक्र्सका अनुसार वर्गहरूको समाप्तिपछि नयाँ र पुरानो, सही र गलतका बीचमा पनि सङ्घर्ष जारी रहनेछ, र यसरी समाज निरन्तर विकसित हुँदै जान्छ । (त्यही, २८८)
अनुवादः बुद्धिसागर भट्टराई
(धर्मबारे माक्र्सवादी दृष्टिकोण पुस्तकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *