भर्खरै :

बखुमरः जात्राको ऐतिहासिक र सांस्कृतिक पक्ष–१

रामकृष्ण दुवाल
पाँगा
नेपाललाई ठूलो भन्नु त्यति आधार नपुग्ला तर नेपाल गौरव गर्नेमध्येका गौरवमय राष्ट्र भन्ने आधार छन् । नेपालको गौरव विश्वको रौश्वभन्दा अप्ठ्यारो नपर्ला ।
पाँगाको साधारण परिचय दिने हेतुले पाँगाकै सेरोफेरोको प्रकाशित सामग्रीहरूको अध्ययन र सुन्दै आएको कुराको आधारबाट प्रस्तुत गर्ने प्रयास गर्छु । पाँगाको सांस्कृतिक परिचय, सामाजिक परिवेश अनि संस्कारबारे चर्चा गर्नेछु ।
प्रसङ्गहरूः
१) केही महिनाअघिको कुरा हो, संस्कृतिविद् सत्यमोहन जोशी र म गोकर्णको सहिद पार्कको विविध भाषा कविता सम्मेलनमा भाग लिन गयो । कार्यक्रममा प्रमुख अतिथिले राख्नुभएको एउटा कुरा मेरो मनमा गढ्यो उहाँले मानभवनको खोजी यहीँ भूमि हो कि जस्तो बोल्नुभएको सम्झना छ ।
२) स्वर्गीय पुरातत्वविद् शुक्रसागरको कीर्तिपुरको विषयमा धेरै अन्वेषणमध्ये पाँगाको नमख्वाः बाँकी छ ।
युप
युपको मूल अर्थ लिङ्गो हो । पाँगामा यस्तो लिङ्गो दुई ठाउँमा छन् । एउटा बालकुमारी मन्दिरको दक्षिण पश्चिम कुनामा अवस्थित छ । अर्को विष्णुदेवी मन्दिर परिसरको पूर्व उत्तर कोणमा राखिएको छ । ती दुवै युपको आ–आफ्नै दर्शन र विश्लेषण देखिन्छ । दर्शणीय सन्दर्भ जोड्दा एउटै पनि हो कि भन्ने अनुमान गर्न सकिने तर्क देखिन्छ । युपलाई यज्ञ र धर्मसित पनि जोडेको देखिन्छ । यज्ञादिको कर्मकृत्य र धर्मादीको कर्मकृत्यलाई जोडेर हेर्दा दुवै उस्तै उस्तै हुन आउँछ । युपको विषयमा कुरा गर्दा धेरै पछाडि ज्योतिमयको उत्पत्तिसम्म पुग्नुपर्ने हुन्छ । एकचोटि देवादि देव महादेवले त्यो ज्योतिर्मय युपको दर्शन पत्ता लगाउन ब्रह्मा र विष्णुलाई पठायो रे । विष्णुले हेरविचार गर्दा त्यसको भेद बुझ्न नसकी घुमेरमात्र फर्कनुभयो । ब्रह्माले घुमिहेरी टुप्पोसम्म पुगी आएको झूटो विवरण पेश गरे । विष्णुले आफू घुमेको मात्र बताए तर ब्रह्माले पुगेको बताए पनि लौकिक भेदको आदि र अन्त्यको विषयमा बलियो कुरा राख्न नसकिएको हुनाले ब्रह्मालाई झूटा कुराको सजाय दिन भैरवको उत्पति गरेर सजाय दिन खोज्दा भैरवलाई पनि ब्रह्मा हत्याको हकदार भएको देखिन्छ ।
प्राचीनकालमा यस्ता मौलौ (लिङ्गो) काठको बनाइन्थ्यो भने मौर्यकालमा शिलाको पनि बनाउन थालेको देखिन्छ । पाँगाको दुईवटा मौलो त्यसरी नै शिलाको देखिन्छ जुन बखुमरः अष्टमीसँग सम्बन्ध छ र त्यो सात गाउँको जात्रासित सम्बन्ध देखिन्छ । उपत्यकाका नेवार समुदायमा यो जात्रा अर्थपूर्ण मानिन्छ । मृत्युपश्चात् पनि यमराजले प्रश्न गर्छन् रे “तिमीले बखुमरः जात्रा हेरेर आयौ कि आएनौ ?”
पूर्वमा चोभार, पश्चिममा किसिपिडी (किपुल्चा र बलम्बु), उत्तरमा सुम्लाङ्गकोट, गाँखेल दक्षिणमा वोसन खोलाबाहेक सबै नेवार समुदायमात्र नभएर गैरनेवारहरूले समेत उत्साहका साथ मनाएको देखिन्छ । सात गाउँको कुरा गर्दा गाउँको सीमाबद्ध परिवेश बाहिर गइबसेका नेवारहरूको गुठी भने प्राचीन थलोमै आबद्ध भएको हुनाले अन्यथा नमानी बौद्धिक परम्पराअनुसार नै मान्यता दिएको देखिन्छ । तिनीहरू सबै कुनै न कुनै गुठी, समूहसित आबद्ध भएको देखिन्छ । खासगरी तिनीहरू सना गुठी (मृत्यु संस्कार गुठी) मा आबद्ध देखिन्छ । यसरी छिटफुट हिसाब गर्दा पन्ध्र बीस बस्ती नै देखिन आउँछ । नयाँ नैकापका बासिन्दा र पुरानो नैकापका बासिन्दाहरूले समेत नाता कुटुम्ब बोलाएर यो जात्रा सम्पन्न गर्ने परम्परा अद्यापि चलेको देखिन्छ । उहाँहरू हामी अन्तबाट बसाइँ सरी आएको भन्ने चलन छ । नयाँ नैकाप र तिक्रे बासिन्दाहरूको विष्णुदेवी नभएर बालकुमारीको खट बल्खुमा ल्याउने परम्परा देखिन्छ । अन्य गाउँको गुठीको जस्तो विष्णुदेवी पीठमा वौद्धिक तान्त्रिक पूजा भने गर्ने चलन नभएको देखिन्छ । तर, प्राचीन कालदेखि नै बल्खुस्थित उत्तर बाहिनीधाममा शक्तिपीठमध्येका मातृका गणहरूमा वैष्णवी, कौमारी र बाराही उच्च कलामा पर्न आउँछ । बल्खुलाई उत्तरगया धाम भन्ने मानिसहरू छन् । बल्खु खोला जताबाट बगेको भए पनि मन्दिर पुग्ने बेलामा उत्तरबाट दक्षिण बगी फेरि उत्तर अनि पूर्व फेरि उत्तर नै बगेको देखिन्छ । त्यो ठाउँमा सात गाउँ भने पनि चार गाउँको मात्र खटको बैद्धिक पूजा गरेर उठाउने चलन परापूर्वकालदेखि नै प्रचलन देखिन्छ । उक्त गाउँहरू सतुङ्गल, लोहँकोट, बोसीगाउँ र तपख्य हुन् । बाँकी तीन वटा गाउँ खोला पारि भएको हुनाले आ–आफ्नै गाउँमा शास्त्रीय विधानसम्मत बैद्धिक पूजा गरी मनाइन्छ । पाँगा, कीर्तिपुर नगाउँको खट लाने चलन छैन । तर, पाँगाबाट भने नवमीको रात्रीको तान्त्रिक पूजा लाने परम्परा अद्यापि नै देखिन्छ । चारै गाउँमा एउटा एउटामात्र खट जात्रा हुन्छ । पाँगामा दुई खटमध्ये विष्णुदेवी र बालकुमारीको अग्नी होतृ ऋचा गर्ने परम्परा छ । नृतत्व शास्त्रीय परम्पराअनुसार सातै गाउँमा एउटै प्रकारले मनाउने गर्दै आएको छैन । नगाउँको बालकुमारी अनि कीर्तिपुरको इन्द्रायणी जात्रा गर्ने चलनदेखि यो चलन कसरी आयो भन्नेबारे अध्ययन गर्नुपर्ने आवश्यक देखिन्छ । परापूर्व कालमा यो सातै गाउँका बासिन्दाहरू बसेर बाला चतुर्दशीका दिन काठमाडौँ हनुमानढोकाको चारबुर्जामध्ये कीर्तिपुर बुर्जामा बसेर बखुमरः पर्वको विषयमा कसरी मनाउने भनी ‘दिंस्वय्’ (तिथिमिति) हेर्ने चलन थियो रे भन्ने सुनिन्छ । उक्त दिन विष्णुदेवी शक्ति पीठको पछाडि पूर्वको उत्तर गया धोप र धोपको पूर्वपट्टि शिवालय अनि शिवालयको पनि पूर्व एउटा दर्शन शिला त्यही शिलामा खरिढुङ्गाले गणितीय आधारमा साइत निकाली प्रत्येक मातृकाको पूजा साइत गणना गर्ने परम्परा थियो रे । आजभोलि यो रे नै भएको देखिन्छ । आजभोलि त्यो शिला वसन्त पञ्चमीको दिनमा सरस्वती दर्शनपछि अक्षराम्भ गर्ने परम्परा देखिन्छ । फेरि सात गाउँमध्ये लोहँकोटको भेलु, बोसीगाउँको भेलु र मरःजा मच्छेगाउँ, तप्ख्यको विष्णुदेवी र सतुङ्गलको विष्णुदेवीको खट ल्याउने गर्छन् । सायद बल्खुमा ल्याउने भेलु भैरव नभएर मातृकागणमध्येको काली हो कि भन्ने भान छ तर राम्रोसित सांस्कृतिक र नृशंसत्व शास्त्रीय खोजको आवश्यकता देखिन्छ । अब आयो पाँगाको जात्रामा के के गरिन्छ त ?
विधिविधान
भैरवनाथ श्रेष्ठ सनागुठीको तत्वावधानमा सालभरिको दिवङ्गतको नाममा शतबिजारोपण पशुपतिमा सम्पन्न गरी बेलुका त्यो सालको सनागुठीको पालो वालाको घरमा बैठकमा जम्मा भई जात्रामा गरिने कृत्यको लागि छलफल गर्ने परम्परा छ । उक्त छलफल थरी श्रेष्ठ र न्याखान्याछु पःमा श्रेष्ठको संयुक्त आयोजनामा गर्ने गरिन्छ । त्यस गुठीमा प्राचीनकालदेखि जम्मा आठ कवल ठेकिएको देखिन्छ । त्यसमध्येमा पःमा श्रेष्ठ जसलाई दुवाः भन्ने गरिन्छ । यिनीहरूको पाँच र थरी श्रेष्ठको ३ कवल गरेर आठ कवल बनाइएको देखिन्छ । यी कबलमा थरी श्रेष्ठको कवःनाम, ध्वाक्सी कवः, ध्वाखाफः कवः, भुजिंपूत कवः, हेखाली कवः र पाघु कवः हुन् । अहिलेसम्म जो जहाँ जतासुकै बसे पनि बसाइँ सरी गए पनि गुठीको हकमा उनीहरूको दर्ता गर्ने नाममा त्यही कुलायण कवःसित नै मूल्याड्ढन गरी अभिलेख गर्ने देखिन्छ ।
(१) चतुर्दशीको दिनमा बस्ने छलफलमा हरेक सालको मार्गसुदी पञ्चमीदेखि अर्को सालको बाला चतुर्दशीसम्ममा दिवङ्गत गुठियारका सदस्यहरूको मृत्युञ्जय संस्कारमा उपस्थिति गुठियारहरूको उपस्थिति हेरेर अनुपस्थितिहरूलाई गुठीले ठेकेअनुसारको जरिवाना असुली (बँ) लगाउने परम्परा देखिन्छ ।
(२) यो सालको पूजा अनि मातृका भोजको तजबिजमा लाग्ने आर्थिक व्यतर ।
(३) पालोवालाले गर्नुपर्ने कामको दायित्व ।
(४) गुठीको लागि तयार गर्नुपर्ने सम्पूर्ण सामग्री पालोवालाले बुझ्न चाहेको खण्डमा ।
(५) पालो लाने र पालो समापन हुने अनि पालोवालाको जिम्मेवारी ।
(६) त्यस सालको बैड्ढ मौजदात र विविध अन्य विषयमा भएको खर्च विवरणको आर्थिक प्रतिवेदन ।
(७) (क) मृत्यु संस्कारमा सम्मिलित नभएका गुठियारहरूको जरिवाना (बँ र ल्हापं)
(७) (ख) आ.व.को अन्य विविध खर्च
(८) मर्यादा क्रम खाली भएको अवस्था (थकाली रोलको स्थान निर्धारण)
(९) मातृकागणको प्रतिकस्वरूप तयार गर्नुपर्ने ब्वधासाः
यो जात्रा सम्पन्न गर्नको लागि विशेष गरेर चारवटा गुठीको आ–आफ्नै व्यवस्थापन गर्ने परम्परा देखिन्छ । हरेक व्यवस्थापनका दायित्व संयुक्त देखिंदैन । त्यसको अलावा अर्को दुईवटा गुठी जुन जात्राको लौकिक नेतृत्व शास्त्रीय पद्धतिमा चलेको देखिन्छ । जुन गुठी बैद्धिक शास्त्रीय र प्राचीन लौकिक मानिन्छन् । यी माथिका चार गुठीमध्ये (भैरवनाथ तः गुठी (ठूलो), भैरवनाथ चिः गुठी (सानो), भैरवनाथ दे गुठी (संयुक्त) हुन् । यस देगुठीमा कुनै पनि समुदायको प्रतिनिधित्वमा भेदभाव गर्ने परम्परा देखिंदैन । परम्पराअनुसार जयस्थिति मल्लले न्याय विकासिनी नियम निर्माण गरी व्यवस्था गर्नु÷गराउनु परम्परा चलाएको देखिन्छ । माथि उल्लेख भएअनुसार देगुठी भनेको ज्यादै प्रजातान्त्रिक देखिन आउँछ ।
तःगुठी, चिःगुठी भन्ने कुलायन वंशमा निर्माण गरेको आभास हुन्छ । पुरानो किंवदन्तीअनुसार यसको यस्तै पुष्टि भएको देखिन्छ । प्राचीन किंवदन्तीअनुसार कीर्तिपुरको लाखे पालो नबसी (हाल इन्द्रायणी) भागेर पाँगा आइबसेका दुई भाइको दुईटा गुठी– तःगुठी र चिःगुठी अनि अन्यत्रबाट बसाई सरी पाँगा आएका अन्य नेवार समुदायको दे गुठी हो यसको मूल संस्कारको काम पाँगाको निर्माणको सात सिमाना ढोकाभित्र जो कोही जातको दिवङ्गत भए पनि तिनीहरूको संस्कार चलाउने व्यवस्था देखिन्छ ।
यसको ज्वलन्त प्रमाण भर्खरै गएको विनाशकारी भूकम्पले दिवङ्गत भएका अन्य ठाउँका मानिसको गुठीको नृतत्व शास्त्रीय विधिअनुसार सहर्ष स्वीकारी सम्पन्न गरियो । त्यस संस्कारमा लाग्ने सम्पूर्ण आर्थिक भौतिक गुठीले नै सम्पन्न गरियो । सायद यस्तो कृत्यकर्मको व्यवस्था पाँगासिवाय विश्वमा देखेको सुनेको छैन । यो गुठीको व्यवस्थापन सराहनीय देखिन्छ । थ्या र मथ्याबीचको भेद नभएको, कुल र वंशको अन्तर नदेखिने यो दे गुठीले फुकी स्यापिं र थपिं भन्ने कुनै पनि सङ्कुचित भावनाबाट मुक्त यो दे गुठीलाई मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *