भर्खरै :

दर्शनबारे केही चर्चा – १

 प्रधान
महावीर वर्धमान र गौतम बुद्ध
१) महावीर वर्धमान र जैन धर्म
प्राचीन भारतमा आर्यका विभिन्न शाखाहरूले ईश्वरको विविध रूपका देवी–देवताहरू मान्न थाले र ईश्वरलाई एक सर्वोच्च शक्तिको रूपमा मान्न थाले । यज्ञले देवी देवताहरूको पूजाको रूप लियो र कर्मकाण्ड र अन्धविश्वासले झन् झन् जरा गाड्न थाल्यो । याज्ञिकहरू विविध कर्मकाण्डले स्वर्ग प्राप्त हुने र मोक्ष प्राप्त हुनेमा विश्वास गर्न लागे ।
१) ई.पू. ७०० वर्ष पहिले नै उत्तर भारतमा फलामको ज्यावल प्रयोग हुनथाल्यो । किसानहरुले कृषिमा फलामको ज्यावल र आवश्यक वर्षाको कारण वर्षको तीन बालीसम्म भित्याउन थाले । जङ्गल फँडानी गरेर खेती हुन थालियो र उत्पादन वृद्धि हुनथाल्यो । उत्पादनमा वृद्धि र किसानहरूको जीवनस्तर उठ्नासाथ सहरको विकास भयो, सहरको विकासले कला–कौशल र व्यापारको विकास भयो । सडक र यातायातको विकासले समाजमा श्रम विभाजन भयो । त्यसले समाजमा विविध पेशागत समुदायको विकास भयो । मुद्राको प्रचलनमा विकास भयो ।
समाजमा भौतिक परिवर्तनले पुराना यज्ञ–यज्ञादी र कर्मकाण्डबारे आलोचनात्मक दृष्टिकोण प्रादुर्भाव भयो । ई.पू. छैटौँ शताब्दीमा भौतिकवादी दर्शन वा लोकायत
(बृहस्पति त्यसका प्रधान प्रवर्तक) वा चार्वाक दर्शनको प्रचार हुन थालियो । ईश्वरको कुनै अस्तित्व छैन भनेको हुनाले त्यस दर्शनलाई ‘न र अस्ति’ भनिएको हुनाले ‘नास्तिक’ भनियो । चार्वाक दर्शनले ईश्वर, स्वर्ग र नर्क र पूर्वजन्मलाई ईश्वर मान्नेहरूले स्वीकारेनन् । यसको प्रभाव जैन दर्शन र बौद्ध दर्शनमा देखाप¥यो ।
विहारको मुजफरपुर जिल्लाको बसाढ भन्ने क्षेत्रमा २६०० वर्षपहिले लिच्छवि गणतन्त्रको राजधानी वैशाली थियो ।
त्यस गणतन्त्रका अध्यक्ष चेटक थिए र त्रिशाला नामकी एक छोरी थिइन् । वैशालीकै नजिक कुण्डाग्राममा एक क्षेत्रीय कुमारसँग उनको विवाह भयो । उक्त क्षेत्रीय कुमारको नाम सिद्धार्थ थियो ।
राजकुमार सिद्धार्थकी रात्री त्रिशालाको कोखबाट एक बालकको जन्म भयो – उनको नाम वद्र्धमान राखियो । अध्ययन, खेलकुल आदिमा उनी अगाडि थिए । उनी सबैसँग मिलिजुली बस्थे । बुद्धभन्दा उनी ३० वर्षले जेठो मानिन्छ ।
गणतन्त्रमा देखा परेको अन्तरविरोधलाई निराकरण गर्न मानिसमा भएको लोभ–पापलाई हटाउन उनी आफ्नो ज्ञान वृद्धितिर लागे । उनी गरिबहरूको एकाकार भए । उनले हिंसा र लोभ–लालचबाट समाजलाई मुक्ति दिलाउन गाउँ–गाउँ र जिल्ला–जिल्लामा गएर प्रचार गर्नथाले । उनी नै पछि महावीर वद्र्धमानको रूपमा चिनिए ।
उनको प्रचार अभियान विहार, उत्तर प्रदेश, वीरगञ्ज र सिन्धुसम्म पुग्यो । ७२ वर्षको उमेरमा उनको देहान्त भयो ।
प्राचीन समयमा भारतको उत्तरी विहारमा धेरै गणराज्यहरू थिए । महावीर वर्धमान जातृक गणमा जन्मेका र बुद्ध शाक्य गणमा जन्मेका थिए । मगध साम्राज्यले पछि ती गणतन्त्रहरूलाई समाप्त पा¥यो । राजनीतिक र सैनिकरूपले ती गणराज्यहरू पराजित भए ।
तर, मगध साम्राज्य धार्मिक क्षेत्रमा वृज्जि सङ्घ र शाक्य गण र वृज्जि सङ्घमा भिक्षुहरूको अगाडि झुक्यो । त्यसबेला मगध राजगद्दीको निम्ति सैन्य नेताहरूमाझ तँछाडमछाड भइरहेको बेला राजपुत्र कर्कटजस्तै आफ्नो पिता वा जनक समान मान्न तयार भए । त्यसैबेला भिक्षुहरू समाज शान्ति, प्रेम र सेवाबाट एक नयाँ किसिमको चातुरन्त स्थापना गर्न चाहन्थे ।
भारतमा आर्य जातिका विविध हाँगाबिंगाले विविध प्रदेशमा आ–आफ्नो जनपद स्थापित गरेका थिए । सुरुमा सबै आर्यहरु एक ईश्वरलाई सर्वोच्च शक्तिको रूपमा मान्थे । पछि प्रकृतिलाई विविध शक्तिको रूपमा धेरै देवीदेवताको रूपमा मान्न लागे । तिनीहरू यज्ञलाई मुख्य पूजाको रूपमा मान्थे । स्वर्गलाई प्राप्त गर्न र मोक्ष प्राप्त गर्न एकमात्र उपाय यज्ञलाई मान्न थाले । त्यसबेला त्यस विचारको पनि विरोध भएको थियो ।
शुरसेन देशका सातवतहरू भागवत–सम्प्रदाय महाभारतकालमै प्रचलित थियो, तिनीहरू यज्ञलाई महत्व दिंदैनथे । बासुदेव कृष्ण पनि त्यस मतका आचार्य थिए । आर्यहरूमा विचार स्वतन्त्रताको प्रवृत्ति थियो र याज्ञिक अनुष्ठानहरूको विरोधमा प्रचार चर्किंदै गयो र ईशापूर्व छैटौँ शताब्दीमा उत्तरी विहारका गणराज्यहरूमा यज्ञप्रधान वैदिक धर्मको विरोधमा आन्दोलनसँगै नयाँ धर्म सुरु भयो । ती धर्म याज्ञिक अनुष्ठान, वर्णभेद आदि विकृतिको विरोधमा थिए ।
विभिन्न जातिहरूसँगको संसर्गबाट आर्य रक्तशुद्धताको विषय पनि उठ्यो । आर्य र दास वा शुद्रको भेद वैदिक युगदेखि नै थियो । विस्तारै आर्यहरूमा पनि वर्ण या जातिभेद विकास भयो । याज्ञिक अनुष्ठानको विशेषताको कारण ब्राह्मणहरू अरु साधारण जातिभन्दा माथि ‘आर्यविशः’ भए ।
त्यस्तै क्षेत्रीयहरू पनि निरन्तर युद्धको कारण क्षेत्रीय सैनिकहरू अन्य आर्यहरूभन्दा माथिका सम्झना थाले ।
उत्तर विहारमा ज्ञातृक गणका पूर्वजहरूका पनि महावीर वर्धमानको जैन धर्मका अनेक तीर्थड्ढर आचार्य थिए । तिनीहरू याज्ञिक कर्मकाण्ड मान्दैनथे ।
जैन धर्मको महावीर वर्धमानभन्दा अघिका अन्तिम तीर्थड्ढर राजा ऋषम थिए । उनी जुम्बूद्वीपमा प्रथम चक्रवर्ती सम्राट थिए । वृद्धावस्थामा आफ्नो छोरो भरतलाई राज्य सुम्पेर आफू तीर्थड्ढर भए ।
तीर्थड्ढर पाश्र्व
तीर्थड्ढर पाश्र्व महावीर वर्धमानभन्दा २५० वर्ष पहिलेका थिए । उनी बनारसका राजा अश्वसेनका छोरा थिए । सुरुमा उनको लालनपालन सामान्य थियो । कुरास्थल देशकी राजकुमारी प्रभावतीसँग युवा अवस्थामा उनको विवाह भएको थियो । ३० वर्षको उमेरमा राजा पाश्र्वनाथलाई वैराग भावना जाग्यो र राजपात छोडेर तपस्या गर्न गए । ८३ दिनपछि पाश्र्वनाथलाई ज्ञान प्राप्त भयो र पहिले आफ्ना माता र पत्नीलाई त्यस धर्मबाट दीक्षित गरे । ७० वर्षसम्म आफ्नो धर्मको प्रचारमा लागेर १ सय वर्षको उमेरमा उनले एक पर्वतको टुप्पोमा मोक्ष प्राप्त गरे । त्यस ठाउँको नाम आज पनि पाश्र्वनाथ पर्वत भनी चिनिन्छ ।
पाश्र्वले जैन भिक्षुहरूलाई ४ नियम बताएका थिए । पहिलो– जीवित प्राणीलाई हिंसा नगर्नु, दुई– सधैँ सत्य बोल्नु, तीन– चोरी नगर्नु र चार– कुनै सम्पत्ति नजोड्नु । तर भिक्षुहरूलाई लुगा लगाउन भने छुट थियो । महावीर वर्धमानले ती चार नियममा ‘ब्रम्हचर्य व्रत’ पनि जोडे । महावीरले भिक्षुहरूलाई कुनै वस्त्र नलाउने नियम पनि बनाए ।
महावीर वर्धमान
बल्जिराज्य सङ्घमा ज्ञातृक गण रहन्थ्यो । ज्ञातृक गणको प्रमुख राजाको नाम सिद्धार्थ थियो । सिद्धार्थको विवाह वैशाली राजकुमारी त्रिशालासँग भयो । त्रिशाला लिच्छवी राजकुमारी थिइन् । उनी लिच्छवीहरूका राजा चेटककी बहिनी थिइन् । ज्ञातृक राजा सिद्धार्थ र लिच्छवि कुमारी त्रिशालाबाट तीन सन्तान जन्मे । तिनीहरूमध्ये एउटा छोरी र दुई छोरा थिए । सानो छोरोको नाम वर्धमान राखियो । पछि उनको नाममा महावीर जोडियो । वर्धमान, वीर, महावीर, जिन, अर्हत्, भगवत आदि विशेषण उनको नाममा जोडियो ।
एक समृद्ध क्षेत्रीय सरदारको छोरोको रूपमा जन्मेका वर्धमानको लालनपालन राजकुमारहरूको जस्तै थियो । तर, बज्जि राज्य सङ्घमा वंशानुक्रमअनुसार राजा हुँदैनथ्यो र क्षेत्रीय घरानाका ठूल्ठूला सरदारहरूको प्रभाव गणराज्यमा हुन्थ्यो र ‘राजा’ एक प्रकारको पदवीको रूपमा मात्रै लिइन्थ्यो । सिद्धार्थ पनि त्यस्तै ‘राजा’ थिए र वर्धमानलाई सानैदेखि शिक्षा–दीक्षा दिइयो । उनी विद्या र शिल्पमा कुशल देखिए । ठीक उमेरमा उनको विवाह यशोदा नाउँकी कन्यासँग भयो । उनीबाट एक छोरी जन्मिइन्, उनको नाम ‘जमालि’ थियो । उनको विवाह एक क्षेत्रीसँग भयो । उनी पछि वर्धमानको प्रधान शिष्यमध्ये एक भए ।
महावीर वर्धमानको सुरुको जीवन सामान्य थियो । उनी सजिलो र सुखी जीवनभन्दा ‘परिणाममुखी’ (श्रेयष्कर) जीवन चाहन्थे । सुरुमा पाश्र्वनाथबाट प्रतिपादित जैन धर्मको अनुयायी भई केश मुण्डन गरी १३ वर्षसम्म अध्ययन (तपस्या) गरी उनले ‘पूर्ण सत्य ज्ञान’ अर्थात् ‘केबलिन’ प्राप्त गरे । संसारको सुख–दुःख अरु वस्तुबाट निर्लिप्त सबैलाई खाली ‘केवलरूप’ को दृष्टिले मात्रै ग्रहण गर्ने आचरण गर्नेलाई ‘केबलिन’ को स्थिति मान्थे । त्यसपछि उनको सत्य ज्ञानको व्यापक प्रचार सुरु भयो । उनको सम्प्रदायलाई ‘निथ्र्रन्थ’ भनियो । जसको अर्थ हो –‘बन्धनहरूबाट मुक्त’ । उनका शिष्यहरूलाई ‘नर्थन्थ’ वा ‘निगन्थ’ जैन पनि भनिए । वर्धमानलाई केबलिन पद प्राप्त गरेपछि वीर, महावीर, अर्हत् आदि सम्मानजनक शब्दहरूबाट सम्बोधित व्यक्तित्वको शिष्यलाई ‘जिन’ वा ‘जैन’ भनियो ।
महावीरका एक शिष्य गौतम इन्द्रभूति थिए । उनले पनि ‘केबलिन’ प्राप्त गरे । महावीरको प्रचारको शैली एक ठाउँलाई केन्द्र बनाएर प्रचार गर्नुभन्दा शिष्यहरूसँग एक ठाउँबाट अर्को ठाउँमा सन्देश पु¥याउनु हो ।
सबभन्दा पहिले उनले आफ्नो जाति, ज्ञातृक क्षेत्रीहरूको माझमा आफ्नो शिक्षा प्रचार गरे तथा धेरै अनुयायी बनाए । पछि लिच्छवी र विदेश राज्यहरूमा पनि प्रचार कार्य गरे तथा मगधको राजधानी राजगृहमा पनि गए । त्यहाँ त्यसबेला प्रसिद्ध सम्राट श्रेणिकले राज्य गर्थे । सम्राट श्रेणिक महावीरको उपदेशबाट प्रभावित भएर उनलाई भव्य स्वागत गरे ।
महावीर ७२ वर्षको उमेरमा राजगृह नजिक पावा नगरमा उनले प्राण त्याग गरे । त्यो ठाउँ जैन अनुयायीहरूको ठूलो तीर्थस्थल बन्यो । आज पनि त्यो ठाउँ विहारको शरिफ स्टेसनभन्दा ६ माइल टाढा पोखरपुर नाउँबाट चर्चित छ ।
जैन धर्मको नियम र शिक्षा
भिक्षु र गृहस्थहरूको निम्ति फरक शिक्षा र नियम प्रतिवादन गरियो । गृहस्थहरूको निम्ति निम्न पाँच नियम बताइएको छ –
पाँच नियम ः
क) मन, वचन, शरीर र कर्मले हिंसा नगर्नु ।
ख) सधैँ सत्य बोल्नु ।
ग) अरुको सम्पत्तिमाथि लोभ नगर्नु, त्यसै राखिएको कुनै वस्तुलाई पनि मालिकले नदिएसम्म नलिनु ।
घ) मन, वचन र कार्यले अरुको स्त्रीमाथि पापसमेत नचिताउनु ।
ङ) आवश्यक नभएसम्म बढी धन जम्मा गर्नु ।
तीन शिक्षा
क) धेरै टाढा–टाढा नजानु ।
ख) आफूलाई नचाहिने विषयमा हात नहाल्नु ।
ग) आवश्यकताभन्दा बढी नखानु र धेरै उपयोग नगर्नु ।
अन्य चार निर्देशन ः
क) निश्चित स्थान र सीमाभित्र व्यवहार गर्नु ।
ख) बिहान, दिउँसो र सन्ध्याकालमा सांसारिक गतिविधिबाट मुक्त भएर शुद्ध भावबाट आत्मालाई शुद्ध गर्नु ।
ग) प्रत्येक अष्टमी र चतुर्दर्शीको दिन घरको कामबाट निवृत्त भई ‘मुनि’ वा भिक्षुहरूले जस्तै केही समय व्रत बस्नु ।
घ) अतिथिहरूको स्वागत र सत्कार गर्नु ।
भिक्षुहरूको निम्ति पाँच नियम
साधारण गृहस्थीहरूले कडा नियम पालन गर्न नसक्ने र समाज चल्न गा¥हो हुने भएकोले मुनि वा भिक्षुहरूको नियम कठोर देखिन्छ ।
पाँच महाव्रत –
१) अहिंसा व्रत– हिँडडुल गर्दा कुनै प्राणी या कीट–पतङ्गको हिंसा नहोस् भनी ध्यान दिनुपर्छ ।
२) बोली वचन सदा मधुर र नरम हुनुपर्छ । कडा बोलीकै कारण बोलीको हिंसा हुनसक्छ
३) भोजन प्राप्त गर्दा पनि कुनै प्राणीको समेत हिंसा नहोस् भनी चिन्ता गर्नुपर्छ  ।
४) मुनि वा भिक्षुले आफ्नो अगाडिको सामानमा कीरा नपरोस् भनी बरोबर हेरविचार गर्नुपर्छ ।
५) दिसा–पिसाब गर्दा कीट–पतङ्गको हिंसा नहोस् भनी विचार गर्नुपर्छ ।
२) असत्य–त्याग व्रत
सत्य हुनुको साथै प्रिय बोल्नुपर्छ, सत्य भए पनि कटु शब्द बोल्नुहुन्न ।
क) नबुझिकन कुरा गर्नुहुन्न ।
ख) रिसाएको र अहङ्कारको भावावेशमा कुरा गर्नुहुन्न ।
ग) लोभको भावना मनमा आएको बेला बोल्नुहुन्न
घ) डर लागेको बेला बोल्नुहुन्न ।
ङ) ख्याल ख्यालमा झूट बोल्नुहुन्न ।
३) अरुको सामान ग्रहण गर्ने व्रत
क) भिक्षु वा मुनिले घरधनीले स्वीकृति नदिएसम्म घरमा जानुहुन्न ।
ख) गुरुलाई नदेखाई वा अनुमतिविना भिक्षा लिनुहुन्न ।
ग) कुनै घरमा बास बस्नुपरेमा पहिले घरधनीसँग अनुमति लिनुपर्छ र कहाँसम्म जानुहुन्छ र कति समय बस्ने सबै कुरा सोधेरमात्रै बस्नुपर्छ ।
घ) घरपतिको अनुमतिविना घरको बस्ने आसन
(मेच), ओछ्यान वा अन्य वस्तु उपयोग गर्नुहुन्न ।
ङ) कुनै घरमा एक मुनि घरमा बास बसेको छ भने घरधनीसँग अनुमति नलिई अर्को मुनि घरमा बस्नुहुन्न ।
४) ब्रह्मचर्य महाव्रत
क) विपरीत लिङ्गका व्यक्तिसँग कुराकानी नगर्नु ।
ख) कुनै स्वास्नीमानिसलाई नहेर्नु ।
ग) गृहस्थ जीवनमा हुने स्त्री संसर्गबारे पनि नसोच्नु ।
घ) धेरै खाना नखानु, मसला र पिरोले ब्रह्मचर्य नास हुने हुँदा त्यस्तो वस्तु नखानु ।
ङ) जैन मुनि वा भिक्षुले कुनै वस्तुसँग पनि आत्मीयता नगाँस्नु, सम्पत्ति जोड्ने इच्छा, रूप रङ्ग, रस, गन्ध, स्पर्श शब्दले पनि कुनै वस्तुलाई आत्मीय नबनाउनु, सबै विषय र वस्तुबाट निर्लिप्त र विरक्त भएर मोक्षको चरम उद्देश्य प्राप्त गरी जीवनसिद्ध गर्नु वा ‘केवली’ बन्नु हो ।
२) गौतम बुद्ध र बौद्ध धर्म
शाक्य गणको जनपदको राजधानी कपिलवस्तु थियो । भौतिकवादी ऋषि कपिलको नामबाट त्यस राजधानीलाई नै कपिलवस्तु नामाकरण भएको बताइन्छ । त्यस शाक्य गणको राजाको नाम शुद्धोधन थियो । उनी एक सम्पन्न राजा थिए । उनको छोराको नाम सिद्धार्थ राखिएको थियो ।
शाक्य गणका राजकुमारहरूलाई त्यसबेला शारीरिक शिक्षाको रूपमा वाण हान्ने, घोडसवारी, कुती आदि व्यायामको तालिम दिइन्थ्यो । सिद्धार्थ ती खेल र व्यायाममा अब्बल थिए । त्यसैबेला अध्ययनको एक महत्वपूर्ण विषयवस्तु दर्शनशास्त्र थियो ।
उनको बाल्यकाल सुख–सुविधामा हुर्केको थियो, उनको दरबारमा जाडो, गर्मी र वर्षा ऋतुअनुसारको फरक–फरक कोठाको बन्दोबस्त थियो । शुद्धोधनले आफ्नो छोरो सिद्धार्थलाई शाक्य गणको एक प्रतिष्ठित व्यक्तित्वको रूपमा अगाडि बढाउन चाहन्थे ।
सिद्धार्थको विवाह यशोधरा नामकी सुन्दरीसँग भएको थियो र उनको जीवन आनन्द र सुखपूर्वक व्यतित हुँदै थियो । उनको एक छोरो जन्म भयो र बालकको नाम राहुल राखियो ।
राजधानी कपिलवस्तुको अध्ययन भ्रमणको बेला उनले मर्न लागेको एक बिरामी देखे । त्यस्तै उनले लौरो टेकी हिँडिरहेकी एक वृद्धलाई देखे । त्यस्तै मसानतिर लगिंदै गरेको एक शव र मलामीहरूलाई देखे । दुःख–कष्टले भरेको त्यस समाजमा सबै पीडालाई आत्मसात गरिरहेका एक शान्त सन्यासीलाई पनि देखेको वर्णन बौद्ध साहित्यमा पाइन्छ । यी घटना र विषयवस्तुलाई प्रतीकको रूपमा लिइएको हुनुपर्छ ।
सिद्धार्थले बिरामीको कारण, बुढेसकालको कारण तथा मृत्युकै कारण र ती स्थितिबाट मुक्तिको विषयमा चिन्तनमनन गर्नथाले । त्यसबेला गम्भीर अध्ययन र चिन्तन मननलाई तपस्या भनिन्थ्यो । घरको सुख–सुविधा, मायाप्रेम र आनन्दको जीवनले जन्म, बिरामी, वृद्ध अवस्था र मृत्युको बारे गम्भीर अध्ययन र अनुसन्धान गर्न सम्भव थिएन । यसकारण २९ वर्षको उमेरमा उनी एक रात घर छोडेर सच्चाइको खोज–अनुसन्धानको निम्ति हिँडे । त्यस युगमा सम्पन्न र प्रतिष्ठित परिवारबाट सत्यको खोजीमा जाने परम्परा पनि थियो ।
त्यसबेला सम्पन्न परिवारका युवा, शिक्षित व्यक्ति र प्रतिष्ठित व्यक्तिहरू ईश्वरको अस्तित्व, स्वर्ग र नर्कको अस्तित्व र पूर्वजन्मबारे बौद्धिक छलफल वा शास्त्रार्थबाट सच्चाइमा पुग्न चाहन्थे । तिनीहरू घरबाट टाढा जान्थे । अहिले विश्वविद्यालयमा अध्ययन गर्न जाने जस्तै त्यसबेला दार्शनिक र चिन्तकहरूको कुटी र शिक्षालयमा अध्ययन र चिन्तनमा लाग्थे, जसलाई तपस्या भनिन्थ्यो ।
सिद्धार्थ उरुबेलाजस्ता सुन्दर र अत्यन्त मोहक, प्राकृतिकरूपले शान्त र स्निग्ध ठाउँमा पुगे । तर त्यहाँ पनि उनको ज्ञानको पिपासा शान्त भएन । शास्त्रार्थको निम्ति घुम्दा घुम्दै अन्तमा उनले बोधगयामा भौतिक जीवनको सार बुझे ।
त्यसबेला गर्मी मौसममा जङ्गल, कुटी र विहारजस्ता स्थलहरूमा एक चित्तले शास्त्रार्थ र चिन्तन गर्नसकिन्थ्यो । त्यहीँबाट उनले जीवन र जगतबारे सच्चाइ प्राप्त गरे । त्यसैले बोधगयालाई सिद्धार्थको ज्ञान प्राप्तिको स्थल सम्झियो । त्यसबेलादेखि उनी ‘बुद्ध’ वा विषयवस्तुका पारङ्गत पण्डितजस्तै महात्मा कहलिए ।
जन्म, शरीरको वृद्धि, रोग, बुढ्यौली र मृत्युको कारण दार्शनिक तर्कबाट उनी सावित गर्न चाहन्थे । त्यसबेला अनुभव नै सबभन्दा ठूलो प्रयोगशाला थियो । एकआपसको अनुभव र तर्कको बीचमा मेल नहुँदा उनी थप अध्ययनको खाँचो अनुभव गर्थे । ईश्वर, स्वर्ग–नर्क र पूर्वजन्मबारे छलफल गर्दा सिद्धार्थभन्दा धेरै वर्ष पहिले नै चारवाक सिद्धान्त वा बृहस्पति, कपिल आदि भौतिकवादी दार्शनिकहरू एक टुङ्गोमा पुगेका थिए । सच्चाइ बुझेकाहरू ईश्वर, आत्मा, स्वर्ग र पूर्वजन्मका अस्तित्वलाई असत्य, पूजापाठ र यज्ञबाट जनतालाई मूर्ख बनाउने पाखण्ड सम्झन्थे । अन्ततः भौतिकवादी सिद्धान्त नै सही भएको टुङ्गोमा उनी पुगे । लोककल्याणको प्रचारको निम्ति उनी गयाबाट काशी गए, काशीको सारनाथमा उनले एक प्रवचन दिए, त्यहाँ उरुबेलाका पाँच जना निराश तपस्वी साथीहरूसँग भेटघाट भयो । बुद्धको विचारबाट तिनीहरू पनि प्रभावित भए र तिनीहरू पनि बुद्धका शिष्य भए ।
सारनाथबाट बुद्ध फेरि उरुबेला फर्के । त्यसबेला त्यो ठाउँमा एक हजार ब्राह्मण यज्ञको कर्मकाण्डमा लीन थिए । वेद मन्त्रहरूको उच्चारण गर्दै उनीहरु आगोको कुण्डमा अन्न, घीउ र अन्य वस्तु होम गर्दै थिए । बुद्धले ती ब्राह्मणहरूमध्ये कश्यप नामका ब्राह्मण पुरोहितलाई चित्त बुझाई बौद्ध दर्शनबाट शिक्षित गरे । त्यहाँबाट आफ्ना शिष्यहरूसँग बुद्ध मगधको राजधानी राजगृह पुगे, त्यहाँ बिम्बिसार राज गर्थे । त्यहाँ सारिपुत्र र मोग्गलान दुई जना प्रभावशाली युवा ब्राम्ह्णलाई आफ्ना शिष्य बनाए ।
आफ्नो दर्शनको प्रचार गर्दै बुद्ध मगधलाई केन्द्र बनाई काशी, कौशल र बज्जि जनपदमा पुगे । अवन्ति र अन्य जनपदबाट पनि बुद्धलाई निमन्त्रणा आउँथ्यो, आफू जान नसक्ने ठाउँमा उनले आफ्ना शिष्यहरू पठाउँथे ।
यसरी बुद्ध ४० वर्षसम्म आफ्नो दर्शनको प्रचार गर्न राजगृहबाट कुशीनगर पुगे । लामो यात्राको कारण उनी वैशालीको नजिक वेणुवनमा उनलाई सञ्चो भएन । स्वास्थ्य लाभपछि उनी पुनः वैशालीबाट कुशीनगरको यात्रा गर्दा अस्वस्थताका कारण हिरण्यवती नदीको नजिकै मुकाम बनाए । त्यसबेलासम्म बुद्ध ८० वर्षका ज्येष्ठ थिए । उनको अस्वस्थताको समाचार चारैतिर फैलियो र चारैतिरका सचेत समुदाय र कुलीन व्यक्तिहरू पनि अन्तिम दर्शनको निम्ति हिरण्यवती नदीको किनारमा पुगे । अन्तिम समयमा बुद्धले आफ्ना शिष्यहरूलाई सन्देश दिए, Fमेरा प्रियजन ¤ हरेक व्यक्ति जन्मन्छ र मर्छ पनि । यो चिन्ताको विषय होइन । बरु तिमीहरू निराश नभई आफ्नो प्रचार कार्यलाई निरन्तरता दिंदै जानू ।”
कुशीनगरकै नजिक बुद्धको महानिर्वाणपछि समाधीको रूपमा उनको ठूलो मूर्ति स्थापित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *