भर्खरै :

काठमाडौँ महानगरमा माक्र्सको जन्म दिवस

काठमाडौँ महानगरमा माक्र्सको जन्म दिवस

काठमाडाँै, २ जेठ । नेपाल मजदुर किसान पार्टी काठमाडाँै महानगर समितिको आयोजनामा मङ्गलबार विश्व सर्वहारावर्गका महान् गुरु कार्ल हेनरिक माक्र्सको २०६ औँ जन्म दिवसको अवसरमा प्रवचन तथा प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओजस्ता नेता र क्रान्तिकारीहरूको योगदान, जीवनी र कृति अध्ययनबाट अर्थपूर्ण जीवन बिताउन वा कामदारवर्गको सेवा कसरी गर्न सकिन्छ भन्ने शिक्षा प्राप्त हुन्छ भन्नुभयो ।
“नेपालमा माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा अँगाली पार्टी स्थापना गर्नेहरूले विसं २०४६ पछि पुँजीवादी सरकारमा गएर कार्य गरे । बहुदलको पुनःस्थापनापछि पटक–पटक सत्तामा गएर ती दलहरू निजीकरणमा लागे । देशलाई परनिर्भर बनाइयो । ३ प्रतिशतको मतसीमा राखेर अप्रजातान्त्रिक काम ग¥यो । यो प्रजातन्त्रको भावनाविपरीत छ ।” उहाँले चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भन्नुभयो, “समाजवादी देशमा व्यक्तित्व विकासमा समान अवसर, उत्पादनका साधनहरू सामाजिकीकरण, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क एवम् अनिवार्य, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त, स्वदेशमै रोजगारको व्यवस्था हुन्छ । सोभियत सङ्घ, चीन, प्रजग कोरिया, क्युवा र भियतनामलगायतका देशले आर्थिक, भौतिक, शैक्षिक, सामाजिक क्षेत्रमा गरेको विकास गरे । ”
उहाँले सोभियत सङ्घमा समाजवादी क्रान्तिपछि संरा अमेरिकाले २ सय वर्षमा गरेको विकास सोभियत सङ्घले ४० वर्षमा गरेको स्मरण गराउनुभयो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एनबी श्रेष्ठले माक्र्सवाद मानव समाज र प्रकृतिको विकाससम्बन्धी नियमहरूको अध्ययन गर्ने, शोषित तथा उत्पीडितवर्गको नेतृत्वमा हुने क्रान्तिको अध्ययन गर्ने, संसारका सबै देशहरूमा समाजवादको विजय हुने र साम्यवादी समाज स्थापना गर्ने विज्ञान हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “माक्र्सले द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे विश्लेषण गर्नुभएको छ ।”
नेपाल मजदुर किसान पार्टी काठमाडाँै महानगरका अध्यक्ष हरिशरण श्रेष्ठले सभापतिको आसनबाट भन्नुभयो, “सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्स उन्नाइसौँ शताब्दीका विश्व विख्यात नेता हुनुहुन्थ्यो । उहाँले एक नयाँ सिद्धान्त प्रतिपादन गर्नुभयो । उहाँले मानव समाजमा दुःखको कारण शोषण भएको पत्ता लगाउनुभयो । सम्पूर्ण मानवजातिको कल्याणको लागि साम्यवादी समाजको स्थापना गर्नुपर्ने नयाँ शिक्षा दिनुभयो ।”
कार्यक्रममा नेमकिपा काठमाडाँै महानगरका सानुकाजी महर्जन, राम महर्जन, मन्दिरा डंगोल, सविता श्रेष्ठ, राजेन्द्र रजक र कुलनारायण डंगोलले माक्र्सवादबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *