भर्खरै :

नेक्राविसंघको पूर्ण बैठकःस्ववियुलाई आन्दोलनको शिलशिला बनाउने

भक्तपुर, २१ पुस ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको छैटौं पूर्ण बैठक बिहीबारबाट शुरु भएको छ । बैठकले त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेको लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई शिक्ष्ाँमा नवउदारवादी नीति र नेपालको सार्वभौमिकता, भूअखण्डता र स्वाधीनता रक्षार्थ वैदेशिक हस्तक्षेपविरोधी अँन्दोलनको शिलशिलाको रुपमा उपयोग निर्णय गरेको छ ।

संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनलाई तराईका जिल्लाहरुमा अझ व्यापक बनाउनुपर्छ

त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा विगत लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसम्बन्धमा पुस २० गते बसेको त्रिविको सिनेट बैठकले गरेका निर्णयका कारणले तोकिएको समयमा चुनाव हुने आशा जगाएको भन्दै बैठकले दलीय भागवन्डाको आधारमा नियुक्ति भएका त्रिवि पदाधिकारीहरुले आफूसम्बद्ध पार्टीका विद्यार्थी संगठनको पक्ष्ँमा पक्ष्ँपात गरे स्ववियु फेरि पनि स्थगित हुन सक्नेप्रति सजग हुनु पर्ने जनाएको छ ।
बैठकले नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवस देशभर विभिन्न प्रशिक्षणात्मक र प्रचारात्मक गतिविधि गरेर मनाउने पनि निर्णय गरेको छ ।
बैठकमा सहभागी विद्यार्थी कार्यकर्ताहरुलाई प्रशिक्षण दिंदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले संविधान संशोधन प्रस्तावविरुद्धको चालु आन्दोलनलाई अझ व्यापक जनताबीच पु¥याउन विद्यार्थी कार्यकर्ताहरुलाई सक्रिय बन्न आग्रह गर्नुभयो ।
‘संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनलाई तराईका जिल्लाहरुमा अझ व्यापक बनाउनुपर्छ’, उहा“ले भन्नुभयो ।
संविधान संशोधन प्रस्ताव पारित गर्न भारतीय दुतावासले अनेक प्रपञ्च रचिरहेको चर्चा गर्दै देशको सार्वभौमिकता, भूअखण्डता र स्वाधीनतालाई खतरामा पार्ने कुनै पनि प्रस्ताव संसदमा छलफल हुन नसक्ने बताउनुभयो ।
सचिव प्रजापतिले मधेसी दलहरुले अङ्गीकृत नागरिकताको प्रावधान खारेज गर्ने नया“ प्रस्ताव ल्याएर घुमाइफिराइ सबैलाई जन्मसिद्ध नागरिकता दिने षड्यन्त्र गरिरहेको प्रष्ट पार्नुभयो ।
बैठकमा नेक्राविसङ्घका सबै केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुका साथै सङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले प्रस्तुत गर्नुभएको प्रतिवेदन र सचिव नरेश खत्रीले प्रस्तुत गर्नु भएको गतिविधि प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो ।
बैठक सङ्घका अध्यक्ष नीरज लवजूको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *