भर्खरै :

इसान फुटसल प्रतियोगिता सुरू

भक्तपुर, २० पुस । ‘खेल खेलौं, देशभक्तिको उच्च भावना उजागर गरौं’ भन्ने नाराका साथ इसानअन्तर्गतका विद्यालयहरूको अन्तर विद्यालय फुटसल प्रतियोगिता एक समारोहबीच बाल विकास स्कूल, लिवालीमा बुधबार उद्घाटन भयो ।
कार्यक्रममा भक्तपुर नगर खेलकूद समितिका अध्यक्ष उकेश कवांले विद्यालय तहमा खेलकूदको महत्वबारे प्रकाश पार्नु भएको थियो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाले विद्यालयमा विद्यार्थीहरूलाई पढाइका साथैै खेलकुदमा लगाउनाले उनीहरूको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले खेलाडीहरू देशका गहना भएकोले खेलाडीहरूमा देशभक्तिको उच्च भावना हुनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूले सरकारले खेलकूदको विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उद्घाटन पश्चात भएको लिग चरणको पहिलो खेलमा चम्पक विद्यापीठले ख्वप्रिङ इ. एकेडेमीलाई १–० ले, वाइज ल्याण्डले प्रभात उच्च मा.वि. लाई १–० गोलले, बाल विकास ‘ए’ ले हिमालयन ग्लोरीलाई ३–० गोलले र बाल विकास ‘बी’ ले प्राइम एकेडेमीलाई १–० गोलले पराजित ग¥यो ।
ख्वप्रिङ इ. एकेडेमी र ब्राइट स्टार स्कूलबीच खेल तथा वाइज ल्याण्ड र स्कलर्स होम एकेडेमीबीचको खेल गोल रहित बराबरीमा रोकियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *