भर्खरै :

राक्षसी भाइरसको प्रतिरोध

 करभिका
कोभिड–१९ भाइरसको सङ्क्रमण अझै नियन्त्रण हुने छाँटकाँट देखिएको छैन । सङ्क्रमित, मर्ने र निको हुने व्यक्तिको सङ्ख्या बढिरहेको छ । चीनबाट युरोप हुँदै दक्षिण एसियामा भाइरसको सङ्क्रमण फैलिरहेको छ । यो साता भारत र पाकिस्तानमा कोभिड–१९ सङ्क्रमण बढेको छ । आइतबार भारत सरकारले भाइरस सङ्क्रमण रोक्न १४ घण्टाको ‘जनता कफ्र्यु’ ग¥यो । आइतबार दिनभर भारतका अधिकांश जनता घरबाहिर निस्केनन् । घरभित्रै बसेर सरकारको आह्वानको पालना गरे । चौध घण्टे ‘जनता कफ्र्यु’ ले भारतमा सङ्क्रमण कति रोक्ने हो र यतिले मात्र भाइरसमाथि नियन्त्रण गर्न मनग्य हो–होइन, केही समयमा नै देखिने छ ।

नेपालीको लागि भने सबभन्दा चिन्ताको विषय भनेको भाइरस सङ्क्रमण क्रमशः दक्षिण एसियातिर सर्दै छ । संसारकै दोस्रो ठूलो जनसङ्ख्या भएको भारतमा आइतबार थप दुई जनाको निधन भयो र अब मर्नेको सङ्ख्या ६ पुगेको छ । पछिल्लो साता भारतमा सङ्क्रमित बिरामीको सङ्ख्याको अचानक बढेको आधारमा मर्नेको सङ्ख्या ६ पुग्नु विचारणीय पक्ष हो । भारतमा सङ्क्रमण फैलिने सम्भावना बढेसँगै सरकारले सबै उद्योगधन्धा कलकारखाना, विद्यालय र विभिन्न सेवा बन्द गरेपछि भारतका विभिन्न प्रान्त र सहरमा विभिन्न क्षेत्रमा मजदुरी गर्दै रहेका र विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू पनि स्वदेश फर्केका छन् । यसरी नेपाल फर्केका नेपालीको सिमानामा प्रभावकारी स्वास्थ्य जाँच भएको छैन । सरकारले सिंहदरबारबाट सिमाना नाकामा स्वास्थ्य परीक्षण गर्ने घोषणा त ग¥यो । तर, सोअनुसारको उचित पूर्वाधार सरकारले बनाउन सकेन ।

मध्य चीनको उहानमा कोरोना भाइरसको सङ्क्रमण मारामार हुँदा नेपाललाई पनि प्रभावित बनायो । उच्च शिक्षा अध्ययन र रोजगारीको सिलसिलामा उहानमा बस्दै आएका नेपालीले स्वदेश फर्काउन नेपाल सरकारसमक्ष आग्रह गरेपछि सरकारले नेपाली विमान पठाएर उनीहरूको उद्धार गरेको थियो । अप्रत्यक्षरूपमा नेपालको अर्थतन्त्रमा त्यत्तिबेला पनि केही असर पक्कै परेको थियो । तर, भाइरसको सङ्क्रमण चीनबाट दक्षिण कोरिया र जापानमा पर्न थालेपछि नेपालमा प्रत्यक्ष प्रभाव पार्न थाल्यो । नेपालबाट धेरै कामदार र विद्यार्थी दक्षिण कोरिया र जापानमा भएकोले पनि त्यसले नेपालमा प्रभावित बनायो । तथापि ती दुवै देशले कोरोना भाइरसको सङ्क्रमण छोटो समयमा नै प्रभावकारी नियन्त्रण गरेको देखिन्छ ।
अहिले कोरोना भाइरस सङ्क्रमणले युरोप र संरा अमेरिकामा विकराल रूपमा लिएको छ । युरोपको इटाली सबभन्दा बढी प्रभावित बनेको छ । इटालीमा मर्नेको सङ्ख्याले चीनलाई उछिनेको छ । स्पेन, बेलायत, जर्मनी आदि संसारका विकसित मानिएका युरोपेली देशहरू पनि महामारीको प्रभावबाट अछुटो बस्न सकेनन् । चीनमा कोरोना भाइरसको महामारीले विकराल रूप लिएको बखत संरा अमेरिकी राजनीतिक नेतृत्वले आफ्नो देशलाई सो सङ्क्रमणले केही प्रभाव पार्न नसक्ने दम्भ प्रदर्शन गरेका थिए । उनीहरूले चीनमाथि विभिन्न लाञ्छना लगाएर सङ्क्रमणको दोषी चिनियाँ स्वयम् भएको दोषारोपण गरेका थिए । तर, भूगोल, राजनीतिक सिमाना, विचारधाराको बन्देज नमान्ने भाइरसले आज संरा अमेरिकालाई आच्छुआच्छु बनाएको छ । संरा अमेरिकाका अधिकांश राज्यमा यो रोग फैलिसकेको छ । मर्नेको सङ्ख्या तीन सत्न्दा माथि पुगेको छ ।
नेपालीको लागि भने सबभन्दा चिन्ताको विषय भनेको भाइरस सङ्क्रमण क्रमशः दक्षिण एसियातिर सर्दै छ । संसारकै दोस्रो ठूलो जनसङ्ख्या भएको भारतमा आइतबार थप दुई जनाको निधन भयो र अब मर्नेको सङ्ख्या ६ पुगेको छ । पछिल्लो साता भारतमा सङ्क्रमित बिरामीको सङ्ख्याको अचानक बढेको आधारमा मर्नेको सङ्ख्या ६ पुग्नु विचारणीय पक्ष हो । भारतमा सङ्क्रमण फैलिने सम्भावना बढेसँगै सरकारले सबै उद्योगधन्धा कलकारखाना, विद्यालय र विभिन्न सेवा बन्द गरेपछि भारतका विभिन्न प्रान्त र सहरमा विभिन्न क्षेत्रमा मजदुरी गर्दै रहेका र विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू पनि स्वदेश फर्केका छन् । यसरी नेपाल फर्केका नेपालीको सिमानामा प्रभावकारी स्वास्थ्य जाँच भएको छैन । सरकारले सिंहदरबारबाट सिमाना नाकामा स्वास्थ्य परीक्षण गर्ने घोषणा त ग¥यो । तर, सोअनुसारको उचित पूर्वाधार सरकारले बनाउन सकेन । त्यसकारण हजारौँको सङ्ख्यामा आएका नेपालीको स्वास्थ्य परीक्षण केही स्वास्थ्यकर्मीले सम्भव भएन । यसले नेपालमा भाइरस सङ्क्रमणको जोखिम बढाएको छ ।
नोवेल कोरोना भाइरसको एउटा खतरनाक लक्षण यसले रोग लागेको सङ्केत भाइरस सङ्क्रमण हुनेबित्तिकै दिने गर्दैन । केही दिनदेखि केही हप्ता पछिमात्र यसले रोगको लक्षण देखाउने गर्छ । त्यसकारण हेर्दा निरोगीजस्तो मानिस पनि यो भाइरसको सङ्क्रमित हुनसक्छ । अनि त्यही सङ्क्रमित मानिसको मुख र नाकबाट निस्कने तरल पदार्थबाट अर्को मानिस पनि रोग सङ्क्रमित हुन्छ । त्यसकारण यो महामारी निवारणको अचुक उपाय भनेको चीनले गरेझैँ मानिस–मानिसबीचको भौतिक सम्पर्क अलग गर्नु नै हो । भौतिक सम्पर्कबाट अलग हुने बित्तिकै सङ्क्रमित व्यक्तिको भाइरस अर्को निरोगी व्यक्तिलाई सर्ने सम्भावना हुँदैन । अनि भाइरसबाट सङ्क्रमित व्यक्तिको उपचारसँगै भाइरसको सिलसिला टुट्ने गर्छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘बे्रकिङ द चेन’ अर्थात् ‘सिलसिला विच्छेद’ भनेको छ । मानिस मानिसबीचको भौतिक सम्पर्कमा कमी गर्नुलाई सोसिएल डिस्टेन्सिङ भनिएको छ ।
चीन, इटाली, जर्मनी, स्पेन, संरा अमेरिका, जापानजस्ता विकसित र अत्याधुनिक स्वास्थ्य सेवा प्रणाली भएका देशलाई समेत यो महामारीविरूद्ध लड्न हम्मेहम्मे भएको अवस्थामा नेपालजस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशको निम्ति यसको सङ्क्रमणको मूल्य निकै धेरै हुनेछ । यसको सङ्क्रमण फैलिए नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशजस्ता विकासोन्मुख देशलाई सम्हाल्न निकै कठिन हुनेछ । हाम्रो दैनिक जीवनमा सरसफाइ र जीवन पद्धतिको कारण पनि यो महामारीले नेपालमा विकराल रूप लिनसक्ने भनाइ निराधार होइन । अझै पनि नेपालमा वार्षिक केही मानिस झाडा–पखाला र हैजाको कारण मर्ने क्रम रोकिएको छैन । हामीले खाने खाना, लगाउने लुगा, हिँड्ने बाटो, फोहोर व्यवस्थापनको स्थान आदि कति अस्वस्थकर छ, हामीलाई थाहा छ । भारतीय समाजमा जस्तै नेपाली समाजमा पनि जताततै थुक्ने, सिङ्गान फाल्ने, खुलास्थानमा दिसा–पिसाब गर्ने फोहोरी बानी छ । यसकारण पनि नेपाललगायत दक्षिण एसियाली देशमा विभिन्न सरूवा रोगले बेलाबेला दुःख दिने गरेको छ । गत वर्षको गर्मी याममा नेपालले डेङ्गुको प्रकोप सामना गरेकै हो ।
साथै नेपालको स्वास्थ्यप्रणाली पनि कमजोर छ । दुर्गम क्षेत्रमा नाममात्रका स्वास्थ्यचौकी बाहेक गतिलो अस्पताल छैन । सहरी क्षेत्रमा भएका सरकारी अस्पतालहरूमा रोगको उपचारभन्दा बढी रोगको सङ्क्रमणको सम्भावना बढी हुने गरेको हामी भोगिरहेका छौँ । साना–तिना शल्यक्रिया गर्नसमेत ती अस्पतालमा मनग्य औजार र वैज्ञानिक प्रविधिको अभाव छ । सरसफाइको कमी छ । त्यसमाथि अहिले संसारभर फैलिएको महामारीका चर्को बिरामीको लागि अत्यावश्यक भनेको भेन्टिलेटर हो जसले असाध्य बिरामीलाई श्वासप्रश्वास सहज बनाउन सक्छ । तर, त्यस्ता आधुनिक प्रविधि अस्पतालमा या त छँदै छैन, भएकोमा पनि पुग्दो छैन । महामारी अचानक र अनपेक्षितरूपमा फैलिएको हुँदा संसारका सबै देशमा त्यस्ता चिकित्सकीय पूर्वाधार मनग्य छैन । तर, नेपालजस्तो विकासोन्मुख देशमा त हाहाकार नै छ ।
नेपालमा त उपचारको लागि परिचालन हुने स्वास्थ्यकर्मीको सुरक्षाको लागि पुग्दो सामग्रीको पनि कमी छ । यो रोगको प्रतिरोधमा लाग्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वयम्सेवकले आफ्नो शरीरमा व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट–पीपीई) को कमी छ । सङ्क्रमित हो वा होइन भनी जाँच गर्ने कीट पनि नेपालसँग पुग्दो सङ्ख्यामा छैन । महामारीको अवस्थाको लागि हामीसँग पुग्दो सङ्ख्यामा एम्बुलेन्स पनि नहोला । त्यसकारण देशका केही वरिष्ठ चिकित्सकहरूले महामारीको प्रतिक्षा गर्नुभन्दा महामारी भित्रिन नदिनु नै कल्याण हुने बताएका छन् । भित्रियो भने निकै विकराल समय सामना गर्नुुपर्ने अनुभवी चिकित्सकहरूको भनाइ निराधार छैन ।
यो रोगलाई नेपाल भित्रिने रोक्न सरकारले कति पनि नरमपना देखाउनुहुन्न । यो कुनै राजनीतिक वा आर्थिक लडाइँ होइन । यो प्रकृतिसँगको लडाइँ हो । सबै देशको सरकारले आफ्ना नागरिक र देशको हित हेर्नु स्वाभाविक हो । हरेक सरकारको त्यो पहिलो कर्तव्य पनि हो । त्यसकारण नेपाल सरकारले नेपाली जनताको हितमा गर्न सकिने सबै कदम चाल्नुपर्छ । तर, सरकार एक्लैको प्रयासले यसको नियन्त्रण सम्भव छैन । नागरिकको कसिलो सहयोग र सहकार्यबाट मात्र यो राक्षसी भाइरसलाई तह लगाउन सक्छौँ । सरकारले विभिन्न निर्णयमार्फत भाइरस नेपाल पस्न नदिन प्रयास गरिरहेको छ । सरकारले अहिले नै भौतिक सम्पर्क कम गर्न र घरबाहिर कम निस्कन आग्रह गरिसकेको छ । परिस्थिति प्रतिकूल परे सरकारले चीन र इटालीमा जस्तै लक डाउनको अवस्था पनि घोषणा गर्नसक्छ । त्यसको निम्ति नेपाली जनता पनि तयारी अवस्थामा बस्नुको अर्को विकल्प छैन । एकआपसमा सहयोग, सद्भाव र मायाले नै मात्र हामी यो रोगलाई पराजित गर्नसक्छौँ ।
आआँै, सबै मिलेर यो राक्षसी भाइरसविरूद्ध लडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *