भर्खरै :

अमेरिका र भारतको नियत

अनुराधा
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार शनिबार बिहानसम्म विश्वभर नोवेल कोरोना भाइरसको सङ्क्रमणबाट २७ हजार ३२४ जनाले ज्यान गुमाइसकेका छन् । सङ्क्रमितको सङ्ख्या ५ लाख ९५ हजार ८ सय पुगेको छ भने १ लाख ३१ हजार ५ जनालाई कोरोना सङ्क्रमण निको भएको छ ।
विश्वलाई कोरोना भाइरसले त्राहि बनाइरहेको समयमा पनि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले आफ्नो हैकम लाद्न छाडेका छैनन् । कोरोना भाइरसको सङ्क्रमणमा संरा अमेरिकाले इटालीलाई उछिनिसकेको छ । तर, आफ्नो देशलाई यस सङ्क्रमणबाट निकाल्ने उपाय र प्रयासलाई प्राथमिकता दिनुपर्नेमा ट्रम्पले कोरोना सङ्क्रमित देशहरूमा समाजवादी देश क्युवाको सहयोग नलिन दबाब दिँदै छ । साम्राज्यवादी अमेरिकाको यो व्यवहार अमानवीयमात्रै होइन, अपराध नै हो । ढिलो या चाँडो यस अपराधको सजाय उसले पाउने नै छ । क्युवाली चिकित्सक टोली र स्वास्थ्योपचार सामग्री अन्य देशलाई अस्वीकार गर भन्ने अधिकार साम्राज्यवादी अमेरिकालाई छैन ।
अर्कोतिर भारतीय विस्तारवाद अमेरिकी साम्राज्यवादकै पाइला पछ्याउँदै छ । भारतमा पनि सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । आफ्नो देशको अवस्थामा ध्यान दिन छाडेर अमेरिकाको सिको गर्दै भारतले यतिबेला नेपाललाई आफ्नो सहयोग लिन दबाब दिँदै छ भन्ने समाचार आइरहेका छन् । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) मार्पmत ¥यापिड रेस्पोन्स टीम (आरआरटी) नेपालमा पठाउने प्रस्ताव राखिरहेको छ । तर, यो पनि नेपाली भूमिमा सहयोगको नाममा भारतीय सेनालाई परेड खेलाउने षड्यन्त्र त होइन ? यतातर्फ नेपाल सरकार गम्भीर हुन आवश्यक छ ।
यतिबेला नेपालमा उपचारको लागि भारतीय सेनाको कुनै स्वास्थ्य टोली होइन स्वास्थ्य सामग्रीको खाँचो छ, जुन चीनले उपलब्ध गराउँदै छ । बुझ्न कठिन छैन, चीनको प्रभाव रोक्न भारतले उक्त सहयोग प्रस्ताव राख्दै छ । नेपालमा आवश्यकताअनुसार खट्न तयार रहेको नेपाली सेनाले स्पष्ट भन्दै छ । उसले भारतीय टोली आवश्यक नभएको बताउँदै छ । त्यसकारण, यस संवेदनशील घडीमा आफ्नो कुत्सित मनसाय पूरा गर्न भारतीय विस्तारवाद लागिपरेको सचेत नेपालीले बुझेका छन् । नेपाल सरकारले भारतको उक्त प्रस्ताव अस्वीकार गर्नुपर्छ । इरानले साम्राज्यवादी अमेरिकी सहयोग अस्वीकार गरेको स्मरणीय छ ।
देशको अवस्था
गत चैत ४ गते सातवटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई सङ्घीय सरकारले काठमाडौँमा छलफलको लागि बोलायो । विषय थियो ‘भाइरस कोभिड–१९ को जोखिम न्यूनीकरणको पूर्वतयारी ।’ छलफलमा सातै प्रदेशले मुख्यरूपमा उठाएको विषय नै कोरोना परीक्षण प्रयोगशालाको अभाव र आइसोलेसनसहितको अस्पताल अनि उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित पोसाक (पीपीई) को अभाव थियो । त्यतिबेलासम्म एकजनामा मात्र कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । जो निको भइसके र १४ दिनको क्वारेन्टिनमा बस्दै छन् । अहिले त्यो सङ्ख्या थप ४ भइसकेको छ । उक्त छलफलमा एक साताभित्रै प्रदेशमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय पनि भएको थियो । तर, आजसम्म पनि केही बन्दोबस्त हुन नसकेको सञ्चारमाध्यममा आयो । पीपीईको बन्दोबस्त नहुँदा स्वास्थ्यकर्मी ज्वरो नाप्न पनि डराइरहेको अवस्था छ भने कतिपय ज्वरो नाप्ने थर्मोमिटरले सही तापक्रम देखाएको छैन अर्थात् बिग्रिएको अवस्थामा छ । त्यसकारण, अहिले यथाशीघ्र स्वास्थ्यकर्मीलाई पीपीईको बन्दोबस्त र आवश्यक स्वास्थ्य सामग्रीलगायत ठाउँ–ठाउँमा परीक्षणको व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्छ । यात्रामा जस्तो ‘हतार गरे भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ’ भन्ने भनाइ अहिलेको कोरोना भाइरसको सङ्कमणका समयमा उपयुक्त हुन्न । अब त ‘सरकार, ढिलो गरे अवश्य मरिन्छ, हतार गरे कोरोनालाई जित्न सकिन्छ’ भन्ने कि ¤?
अहिले सङ्घीय सरकार र प्रदेश सरकार कोरोडौँ रुपैयाँको कोष निर्माणमा लागेका छन् । आवश्यक तयारी बेलैमा नगरे कोष ‘लगनपछिको पोते’ हुन बेर छैन र समय घर्किएपछि करोडौँ होइन, खरबौँ रुपैयाँले पनि केही हुने छैन ।
कोरोनाको त्रासले अहिले सहरभन्दा गाउँलाई वा काठमाडौँ उपत्यकालाई भन्दा सुदूरपश्चिम तथा पश्चिमका अधिकांश जिल्लालाई सताएको अवस्था छ । भारतसँगको खुला सीमाको कारण पनि त्रास र जोखिम बढेको छ । खुला सीमाबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा फागुन २३ गतेबाट चैत १० गतेसम्म १ लाख ४३ हजार ३२५ जना भित्रिएको तथ्याङ्क छ । यो तथ्याङ्क पनि स्वास्थ्य परीक्षण गराएर छिर्नेको मात्र हो । त्यसै वा लुकिछिपि छिर्नेको त हिसाबै छैन । प्रदेशभर ६ सय ६९ जनालाई मात्र क्वारेन्टिनमा राखेको प्रदेश सरकारको तथ्याङ्क छ । जुम्ला, कालीकोटलगायत जिल्लामा यस अवधिमा सयौँ नेपाली भारतबाट आइरहेका छन् । कसैलाई सङ्क्रमणको आशङ्का भए ज्वरो नाप्ने थर्मोमिटर पनि छैन कति ठाउँमा । बैतडी, दार्चुलालगायत ठाउँबाट धनगढी नमुना परीक्षणको लागि ल्याउन कम्तीमा १२ घण्टा लाग्ने अवस्था छ भने काठमाडौँ ल्याउनुपर्दा अर्को समस्या छ । सरकारले कागजमा गरेको निर्णय व्यवहारमा उतार्न ढिलो भइसक्यो । भारतसँगको खुला सीमा नियमनमा पनि ढिलाइ गर्नुहुन्न ।
अब त केही गर नेकपा सरकार !
 अवधिमा लाखौँ नेपाली नागरिक काठमाडौँबाट आ–आफ्नो गाउँ–ठाउँ फर्केका छन् भने विदेशबाट (बढी भारतबाट) नेपाल फर्किएका छन्, फर्कदै छन् । रेमिट्यान्सले देश धान्छु भन्ने सरकारहरूको अब त चेत खुल्यो होला ? ¤ संसार नै सङ्कटमा परेपछि विदेशी भर वा परनिर्भरताले होइन आत्मनिर्भरताले देशलाई थेग्ने रहेछ भनेर बुझ्यो होला ¤ त्यसकारण, युवाहरूलाई स्वदेशमै रोजगारीको लागि आवश्यक बन्दोवस्तमा सरकार लाग्नुपर्छ । देशको जनसङ्ख्यालाई काठमाडौँ केन्द्रित गर्ने होइन, देशको सन्तुलित विकासमा ध्यान दिनुपर्छ । यस समयमा सरकारले काठमाडौँ उपत्यकामा निर्माण गर्ने भनेको ४ वटा ठूला–साना सहरको निर्माण योजनाको निर्णयलाई खारेज गर्नुपर्छ र चार प्रदेशमा योजना लानुपर्छ ¤
‘सुतेकै ठाउँमा भात ल्याइदिन्छु, खानै नपाएर कोही मर्नुपर्दैन’ भन्ने प्रधानमन्त्री ओलीको ‘वचन’ आज नेपालीका कानमा गुञ्जँदै होलान् ¤ अहिले उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले मीठो नभए पनि पेट भर्नेसम्मको व्यवस्था सरकारले गर्छ भन्दै छन् । तर, दैनिक ज्याला मजदुरी गरेर पेट पाल्नेहरू यतिबेला बिचल्लीमै छन् । केही व्यक्तिले केहीलाई राहतस्वरूप केही सहयोग गरेर पुग्दैन । सरकारले त्यस्ता मजदुर–किसानको अभिलेख तयार गरी आवश्यक राहतको व्यवस्था तत्काल गर्नुपर्दछ ।

नेपालमा शनिबार (१५ गते) बिहानमात्र लक–डाउनको अवज्ञा गर्ने २१० जनालाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएको सञ्चारमाध्यममा छ । सरकार अटेरी, अनुशासनमा नबस्ने भन्दैमा हामी जनताले पनि त्यही सिक्ने होइन । अहोरात्र सेवामा खटिएका डाक्टर–नर्स, प्रहरी आज सबैलाई अनुरोध गर्दै छन् – हामी तपाईँको लागि बाहिर छौँ, कृपया तपाईँ हाम्रो लागि भित्र बसिदिनुहोला । हामीले उहाँहरूलाई सम्मान गर्नैपर्छ । इटालीलाई हेरौँ, सुनौँ, बुझौँ अनि चीनबाट सिकौँ ।

जिल्ला–जिल्लामा किसानहरू खेतमा व्यवस्त छन् । काम गरेर खानेलाई पहिलो प्राथमिकता देऊ ।
देशमा बहुदल पुनः स्थापना भएको ३० वर्ष भयो । गणतन्त्र स्थापना भएको १३÷१४ वर्ष नाघ्यो तर अन्धविश्वास हटाउन कुनै पनि सरकारले व्यवस्थित प्रयास गरेनन् । यतिबेला सरकार नपुगेका ठाउँमा कोरोनाको त्रासबाट बच्न जनता अन्धविश्वासको सहारा लिँदै छन् अनि भ्रममा बाँच्दै छन् । हालै गोरखाको धार्चे गाउँपालिकाको रुन्चेनमा २ सय ५० भन्दा बढी घरका मान्छेले आफ्नो दैलो वा आँगन खनिरहेको सञ्चारमाध्यममा आयो । आँगन वा दैलो खन्दा त्यहाँबाट निस्केको अङ्गार वा कोइला वा कालो वस्तुको टीका लगाएपछि कोरोना भाइरस नलाग्ने भ्रममा परी अधिकांश स्थानीय आ–आफ्नो दैलो÷आँगनमा खाल्डो पार्दै छन् । यो क्रम कैलाली, बर्दियालगायत जिल्लामा पनि बढ्दो छ । काठमाडौँ उपत्यकामै पनि यो हल्ला फैलिएको छ । पढेलेखेका वा शिक्षकहरू नै यो भ्रममा परेर आफ्नो घरको दैलो खन्दै गरेको समाचार आएको छ । दलाई लामाको सन्देश भन्दै खाल्डो खन्दै गरेकालाई सरकारले तत्काल सचेत पार्न जरुरी छ । यस्ता भ्रम फैलाउनेहरूलाई छानबिन गरी कडा कारबाही गर्नुपर्छ । विभिन्न ठाउँमा ‘कोरोनाको भूत भगाउने’ भन्दै पूजा–अर्चना गरिएका समाचार पनि आइरहेको छ । ठगहरूबाट जनतालाई जोगाउनु आवश्यक छ ।
कर्तव्य पूरा गरौँ !
यस भाइरसबाट बच्ने उपाय भनेकै अहिले जारी लक डाउनको पूर्ण पालना गर्नु, सामाजिक दुरी कायम राख्नु, व्यक्तिगत सरसफाइमा ध्यान दिनु हो । अन्धविश्वासको पछि लाग्दा आफूलाई मात्र होइन देशलाई नै सङ्कटमा पार्छौँ भन्ने सबैले बुझ्न जरुरी छ । यस्तो जटिल परिस्थितिलाई झन् जटिल नबनाउने हामी नागरिकको पनि कर्तव्य हो । अन्धविश्वास र भ्रमको पछि नलागौँ । आज इटालीको अवस्था हामीले हेरिसक्यौँ । दिनको सयौँ सङ्ख्यामा खातका खात लाश व्यवस्थापन गर्न इटालीलाई कति गा¥हो भइरहेको छ । प्लास्टिकमा बाँधेर हजारौँ लाशलाई पहाडको खोँचमा फालेको दृष्य सञ्चारमाध्यममा हेर्न सकिन्छ । सङ्क्रमण भएपछि परिवारले न स्याहार्न पाउँछन् न त मरेपछि दाहसंस्कार गर्न नै पाउँछन् । आफ्ना प्रियजनको मृत्यु हेर्न–कुर्न कति सकस होला अनुमान लाउन गा¥हो छ । इटालीमा मात्रै ८ हजार बढीको मृत्यु भइसकेको छ । एकै दिनमा ९१९ जनासम्मको निधन भएको छ । सोचौँ यो कति भयावह अवस्था हो ।
नेपालमा शनिबार (१५ गते) बिहानमात्र लक–डाउनको अवज्ञा गर्ने २१० जनालाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएको सञ्चारमाध्यममा छ । सरकार अटेरी, अनुशासनमा नबस्ने भन्दैमा हामी जनताले पनि त्यही सिक्ने होइन । अहोरात्र सेवामा खटिएका डाक्टर–नर्स, प्रहरी आज सबैलाई अनुरोध गर्दै छन् – हामी तपाईँको लागि बाहिर छौँ, कृपया तपाईँ हाम्रो लागि भित्र बसिदिनुहोला । हामीले उहाँहरूलाई सम्मान गर्नैपर्छ । इटालीलाई हेरौँ, सुनौँ, बुझौँ अनि चीनबाट सिकौँ ।
– २०७६/११/१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *