भर्खरै :

देशको शिक्षा व्यवस्था र नयाँ पुस्ताको भविष्यबारे

अभिभावक साथीहरू,
काठमाडौँ, नेपाल
हामी बरोबर विद्यालय र महाविद्यालयहरूको स्थापना दिवस र अन्य कार्यक्रमहरूमा भेटघाट गथ्र्यौँ । तर, ती कार्यक्रमहरूमा आपसमा बसेर हाम्रा छोरानातिहरूको आचरण, देशको शिक्षा व्यवस्था र हाम्रा पुस्ताको भविष्यबारे छलफल गर्ने अवसर पाएका थिएनौँ । कोभिड – १९ को लकडाउनको कारण छोरा–नाति र सबै परिवार घरमा हुँदा हाम्रा भविष्यका आशा–भरोसा र खम्बाहरूलाई नजिकबाट हेर्ने अवसर पायौँ । यस्तै बेला मेरा मनका कुराहरू अभिभावक साथीहरूसँग पोख्ने अवसर उपयोग गर्न पत्रको सहारा लिँदै छु ।
कोरोना भाइरसले संसारमै हाहाकार फैलिरहेको बेला नेपालमा पनि लकडाउनको कारण नेपाली मजदुर र खुला सीमाको कारण भारतीय मजदुरहरू हजारौँको सङ्ख्यामा नेपाल पसे । पूर्व सूचनाविना अचानक बाढी आउँदा जसरी अत्यास लाग्छ त्यस्तै एकैबाजी भारतबाट बस र ट्रकहरूमा हुलका हुल पठाइदिँदा, तिनीहरूको स्वास्थ्य परीक्षण गर्ने, एक्लाएक्लै राख्ने (क्वारेन्टिनको) बन्दोबस्त गर्न नसक्दा नेपालमा सा¥है भद्रगोल भयो भनी समाचार पत्रहरूमा पढ्यौँ ।
नेपालका पूर्व–पश्चिम र दक्षिणका धेरै नाकाहरूबाट एकैबाजी गाउँगाउँ पठाइएको छ । कोभिड– १९ सर्ने डरले स्वास्थ्य परीक्षण गरी सङ्क्रमितहरूलाई एक्लाएक्लै राखिएन । उपचारको बन्दोबस्त गर्न ढिलो हुँदा चोरबाटो प्रयोग गरी गाउँ – गाउँ पुग्दा ४२ जिल्लामा कोभिड – १९ का सङ्क्रमित रोगीहरू देखिए र ३–४ जनाको मृत्यु भयो । यस्तो अप्ठेरो स्थितिबारे छिमेकी भारतले किन नेपालसँग सल्लाह नगरेको भन्दै जनता अचम्म मानिरहेको बेला नेपालको सुदूरपश्चिम–उत्तरको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत भारतकै दाबी गरी भारत सरकारले लिपुलेकमा सडक बनायो । त्यसबारे नेपाल सरकारका सम्बन्धित मन्त्रालय, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले दिल्लीसँग चासो राख्दा र खबर पठाउँदा जवाफ नदिई ‘यो भारतकै भूमि भएको हुँदा नेपालले चासो राख्नु पर्दैन’ भन्नेजस्तो वक्तव्य जारी ग¥यो, भारतले ।
तब नेपाली जनताले थाहा पाए कोरोना सङ्क्रमित नेपाली र भारतीय मजदुरको हुललाई पर्दाको रूपमा राखेर भारतीय रक्षामन्त्रीले सडक उद्घाटन गरे तथा भारतीय सेनाध्यक्षले अरूको ‘उक्साइ’ मा नेपालले नचाहिने किचलो उठाएको वक्तव्य दिए । कूटनैतिक बाटो छोडी एकैबाजी भारतले सेना प्रमुखलाई अगाडि सारेपछि नेपाल र नेपाली जनताले भाजपाको सरकारको ‘साँचो’ अनुहारको ‘दर्शन’ गरे ।
अभिभावक साथीहरू,
देशको यस्तो निरीह स्थितिमा कसलाई दोष दिऊँ ! हामीले आफ्ना छोराछोरी र युवालाई बेलायतको सेनामा बेलायती महारानीको मुकुट चम्काउन र नयाँँ – नयाँ उपनिवेश विस्तार गर्न ‘गोर्खाली’ भन्दै पठायौँ अनि विभिन्न देशमा ७० लाख युवालाई रोजगारमा पठायौँ । भारतीय सेनामा पनि हामीले युवाहरू पठायौँ, सरकारलाई थाहै नदिई संरा अमेरिकाले निजी सेना राख्ने एउटा ऐन बनाएर कति नेपाली युवाहरू अमेरिकी निजी सेनामा भर्ति भए । हाम्रा युवाहरूलाई संरा अमेरिकी निजी कम्पनीहरूले अफगानिस्तान, इराक, लिबिया, सिरिया र अन्य लडाइँहरूमा प्रयोग गरिरहेका छन् । हिजो राणातन्त्रले आफ्नो गद्दी ‘जोगाउन’ बेलायतसँग दलाली भाग लिई आफ्ना युवाहरू गोर्खाली पल्टनमा पठायो । भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि र २००७ सालपछि पनि नेपाल सरकारले त्रिदलीय सन्धि मुताबिक काम गर्दाको फल अहिले हामी भोग्दै छौँ ।
अभिभावक साथीहरू,
यदि हामीले हाम्रा छोरा–छोरीहरूलाई पढालेखा भएपछि साम्राज्यवादी र विदेशीको दास बन्ने होइन भनी सिकाएको भए र सबै नेपाली युवाहरू आफ्नै देशमा बसेका भए सरकारहरूले युवाहरूलाई रोजगारी दिन कलकारखाना खोल्ने थिए, अनेक व्यवसायहरूको बन्दोबस्त गर्ने थिए, नेपालको अपुग प्रहरी र सेना थप्ने थिए र देश बलियो बन्ने थियो । हाम्रा गोर्खाली सेना अरूको निम्ति लडे तर आफ्नो देशमा अरूले बाटो बनाई कुल्चिँदा अनि नेपाललाई धम्की दिँदा कोरोनाबाट सङ्क्रमित युवाहरूको पल्टन पठाएर छिमेकी देशले हाम्रो हुर्मत लिँदै छ ।
अभिभावक साथीहरू, ‘जान्नाले दुःख पाएँ’ भनी हाम्रा कवि देवकोटाले भन्नुभएजस्तै अहिले सचेत नेपाली नागरिकहरू आफ्नो देश रहने हो कि होइन भनी चिन्ताले सुत्न सकेका छैनन् । हामी नेपाली जनता कहाँ नेर चुक्यौँ, भनी एक छिन् घोत्लिऔँ –
एक, सीमाको झगडा हुँदा एकातिर नेपाली सेनाको सङ्ख्या थोरै भएको अनुभव भयो ।
दुई, विदेशी सेनामा भर्ती भई स्ट्रलिङ्ग पाउन्ड, डलर र भारु त पायौँ, अब पीर प¥यो देशको सीमाबारे ¤ आश्चर्य छ, हामीसँग त्यसबेला सर्वेयरहरूसमेत नेपाली थिएनन् । राणा शासकहरूले बेलायती र भारतीय सर्वेयरबाट काम गराउँथे । अन्य आवश्यक प्राविधिकहरू पनि थिएनन् । यसकारण, बुझ्ने जनताले राणा शासनलाई सरापेका थिए । आज हामी यस्तै कमजोरीले २००७ सालदेखि आजसम्मका सबै सरकारलाई सराप्दै छौँ । यसमा हामी सबै अभिभावकहरू पनि जिम्मेवार छौँ, किनभने हामीले पनि आफ्ना छोरा–छोरीहरूलाई देशमा आवश्यक श्रमशक्ति तयार गर्नमा ध्यान दिएनौँ । हामीले आवश्यक योग्य र इमानदार नागरिक तयार गर्नुभन्दा धेरै पैसा ल्याउने भ्रष्टाचारी छोराछोरी तयार ग¥यौँ ¤ राम्रा र योग्य शिक्षक होइन मालपोत, एअरपोर्ट र भन्सार कार्यालयका हाकिम र कर्मचारी तयार ग¥यौँ, देशद्रोही ठेकेदार, घर–जग्गाका व्यापारी, काला–व्यापारी, ठग उद्योगपति, म्यानपावर कम्पनीका दलाल र पढेपछि बढी पैसा वा डलर पाउने लोभले विदेश जाने छोरा–छोरी तयार ग¥यौँ ।
तीन, हामीले आ–आफ्नो स्वार्थको निम्ति र पैसा खाएर यस्ता जनप्रतिनिधि र पार्टीहरूलाई मत दियौँ, जसले देशलाई अगाडि बढाउनेभन्दा पछि धकेल्ने काम गरे । उदाहरणको निम्ति देशका ठूल–ठूला र राम्रा सबै कलकारखाना देशी र विदेशीलाई बेचियो, ती सरकारहरूले युवाहरूलाई विदेशी कम्पनीहरूमा सस्तोमा ज्यामी पठाएर आफ्नो घर–जग्गा बाँझो राख्न दिए र तरकारी एवम् खाद्यान्नसमेतमा विदेश निर्भर गराइयौँ र भयौँ ।
चार, हामीले हाम्रा छोरा–छोरी र नाति–नातिनीहरूलाई अङ्ग्रेजीमा पढाउने विद्यालयहरूमा महँगो शुल्क तिरेर पढायौँ । हिजो–अस्ति फेसबुकमा पढ्यौँ –‘अङ्ग्रेजी पत्रिकाको सम्पादक रे विदेशीसँग राम्ररी कुरा पनि गर्न नजान्ने र अडान लिन नसक्ने ¤’ अङ्ग्रेजीमा लेख्न नजानेको होइन होला, अङ्ग्रेजीमा बोल्ने बानी नभएर वा आफ्नो दृष्टिकोण प्रस्ट नभएर वा हिनताबोधको कारण बोल्न सकेनन् होला । महँगा विद्यालय र महाविद्यालयमा पढेका, राम्रो बोल्न र लेख्न जान्ने हाम्रा छोरा–छोरीलाई हामीले डलर कमाउन विदेश पठायौँ– कर्मचारी बनाउन ¤ अनि देशको दुर्गती नभई के होला !
पाँच, हाम्रा विद्यार्थीलाई ‘राजनीति नगर’ भनी अन्तै पठायौँ, त्यस ठाउँमा बोली प्रस्ट नहुने, विदेशी भाषा राम्रो बोल्नै नजान्ने, कुनै विषयमा पनि दृष्टिकोण प्रस्ट नभएका, विदेशीसँग थुरथुर काँप्ने, ‘विदेशीलाई मालिक सम्झने’ व्यक्तिवादी जडका र आत्म–समर्पणवादीहरूलाई हामीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरू बनायौँ ! त्यसको परिणाम आज हामी भोग्दै छौँ । अरू पछि !
एक परिचित अभिभावक साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *