भर्खरै :

राज्यले कोभिडको त्रास होइन, आशा जगाउन सक्नुपर्छ– प्रा. डा. श्रेष्ठ

काठमाडौँ, १३ असार । वरिष्ठ मुटुरोग सर्जन प्रा.डा. मलखलाल श्रेष्ठले लकडाउनसँगै सुरुमा भारतबाट आउने नेपालीलाई स्वदेश भित्याई केही दिनको क्वारेन्टिनमा राखेर आ–आफ्नो घरमा जाने प्रबन्ध मिलाउन सकेको भए नेपालमा अहिलेको जत्तिको सङ्क्रमण नहुने बताउनुभएको छ ।
जर्मनीको विश्वकै प्रसिद्ध मेडिकल विश्वविद्यालय ह्यानोभर मेडिकल स्कूलमा २५ वर्षदेखि कार्यरत उहाँ बुढानीलकण्ढ स्कूलबाट २०३८ सालमा प्रवेशिका परीक्षामा बोर्डमा पर्नुभएको थियो । उहाँ अस्कल क्याम्पसबाट आइएस्सीमा पनि बोर्डमा परेपछि छात्रवृत्तिमा भारतको कोलकत्ताबाट एमबीबीएस गर्नुभई अढाइ वर्ष वीर अस्पतालमा सेवा गर्नुभयो । त्यसपछि जर्मनीको मेडिकल युनिभर्सिटीबाट छात्रवृत्ति पाउनुभई सन् २००५ मा पीएचडी गर्नुभयो र २००९ मा पुनः अर्को पीएचडीको डिग्री पनि हासिल गर्नुभयो । सन् २०१२ देखि प्रोफेसरका रूपमा कार्य गर्न थाल्नुभएका उहाँ हाल अमेरिका, बेलायत, इटाली, हङकङलगायत विभिन्न देशमा भिजिटिङ प्रोफेसरको रूपमा कार्यरत हुनुहुन्छ भने मुटुबाट आउने नसाको १० घण्टा लगाएर गरिने जटिल शल्यक्रिया गर्ने विश्वका उच्च पाँच सर्जनमध्ये उहाँ पर्नुहुन्छ । हालसम्म उहाँले सात हजारभन्दा बढी यस्ता शल्यक्रिया गरिसक्नुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय मेडिकल जर्नलहरूमा उहाँका सत्न्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित भइसकेका छन् । उहाँ विद्वान प्राध्यापक माणिकलाल श्रेष्ठका पुत्र हुनुहुन्छ । उहाँकी आमा शिलु सिंह नेपालकै पहिलो महिला न्यायाधीश हुनुहुन्छ ।
डा.मखनलाल श्रेष्ठले कोभिड–१९ महामारीको विषयमा कुराकानी गर्दै आरडीटीबाट रोगको पहिचान राम्ररी नहुने भएकोले पीसीआर परीक्षणलाई जोड दिनुपर्ने बताउनुभयो ।
डा. श्रेष्ठले नेपाल सरकारले भाइरोलोजिष्ट र इपिलोजिष्टसहितका विज्ञहरू राखेर उनीहरूको सल्लाहअनुसार रोकथाम र उपचारको काम गर्नुपर्ने बताउनुभयो ।
“यो रोग कुनै एक देशमा मात्र नभई विश्वभरि नै विस्तार भएकोले यसको नियन्त्रणका लागि पनि व्यक्ति, परिवार, समाज र राष्ट्र राष्ट्रहरूबीचको समन्वयात्मक भूमिका र उत्तरदायित्व रहन्छ । अझ हामीजस्ता विकासशील देशहरूका लागि त आर्थिक सामाजिक पक्ष पनि जोडिएर आउने भएकोले झन् सबै नै उत्तिकै संवेदनशील हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।
अझै पनि धेरै जनालाई मास्कको उचित प्रयोग, स्यानिटाइजर र साबुनपानीले हात धुनेजस्ता सामान्य तथा महत्वपूर्ण कुराका बारेमा जानकारी पुग्न नसकेको र पछिल्लो समय लकडाउन खुकुलो भएसँगै यसको प्रयोगप्रति बढ्दो बेवास्ताले गर्दा आगामी दिनमा कोभिडको सङ्क्रमणको जोखिम बढ्न सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “अन्य देशको अनुभवका आधारमा विज्ञसहितको उच्चस्तरीय समितिको बैठक हरेक दिन बस्नुपर्ने देखिन्छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गर्ने पत्रकार सम्मेलनमा सङ्क्रमितको विवरणसहित विज्ञहरूबाट कसरी सुरक्षित गरिएमा कन्ट्रयाक्ट ट्रेसिङको साथै नभई अझ राम्रो हुन्थ्यो ।”

नेपाल सरकारले भाइरोलोजिष्ट र इपिलोजिष्टसहितका विज्ञहरू राखेर उनीहरूको सल्लाहअनुसार रोकथाम र उपचारको काम गर्नुपर्ने बताउनुभयो ।
“यो रोग कुनै एक देशमा मात्र नभई विश्वभरि नै विस्तार भएकोले यसको नियन्त्रणका लागि पनि व्यक्ति, परिवार, समाज र राष्ट्र राष्ट्रहरूबीचको समन्वयात्मक भूमिका र उत्तरदायित्व रहन्छ । अझ हामीजस्ता विकासशील देशहरूका लागि त आर्थिक सामाजिक पक्ष पनि जोडिएर आउने भएकोले झन् सबै नै उत्तिकै संवेदनशील हुनु जरुरी छ”

चीनको उहान सहरमा जनवरीमा यस रोगको लक्षण देखिएलगत्तै चीन सरकारले लकडाउन गरी ठुलो क्षति हुनबाट रोकेको बताउँदै उहाँ भन्नुहुन्छ, “इटाली, स्पेन, अमेरिकालगायतका देशहरूले यसलाई चीनको रोग भन्दै सुरुमा बेवास्ता गरेको परिणाम आज उनीहरूले ठुलो क्षति भोग्नुपरेको हो ।” जर्मनीका प्रधानमन्त्री एन्जेला मर्केलआफैँ पनि आणविक वैज्ञानिक हुन् । त्यहाँको सरुवा रोग इन्टिच्युट रोबर्ट ककका निर्देशक र विशेषज्ञहरूको कमिटीले दिएको सुझावअनुसार कार्य गरेकोले रोगलाई नियन्त्रण गर्न सजिलो भएको उल्लेख गर्नुभयो ।
कोरोनाका बारेमा सरकारले जनतामा त्रास नभई आशा जगाउन सक्नुपर्नेमा जोड दिँदै उहाँ भन्नुहुन्छ, “यसमा ८० प्रतिशत सङक्रमितलाई केही र्हुँदैन, १५ प्रतिशतमा मात्र लक्षण देखापर्ने हो र बाँकी पाँच प्रतिशतमा मात्र जोखिम हुने भएकोले त्यसलाई ध्यानमा राखी उपचार गर्दा रोग फैलिन पाउँदैन ।” जर्मनीले पनि यसैअनुसार काम गरेकोले ठुलो नोक्सानी हुन नपाएको उहाँको भनाइ छ ।
जर्मनीजस्तै नेपाल पनि सङ्घीय गणतन्त्र र समाजवादी व्यवस्था अवलम्बन गरेको मुलुक भएकोले जर्मनीले झैँ शिक्षा र स्वास्थ्य सम्पूर्णरूपमा राज्यले निःशुल्क गर्नुपर्दछ र यस्तो विपद्को समयमा राज्यले सहजीकरणको भूमिका खेल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । सरकारले सुरु गरेको स्वास्थ्य बीमालाई यहाँ पनि अनिवार्य बनाउनुपर्ने उहाँको भनाइ छ । कोरोनाबाट विश्वका अधिकांश देशले ठुलो आर्थिक क्षति व्यहोर्दा पनि जर्मनीमा यसको असर एक प्रतिशतको हाराहारीमा मात्रै परेको छ ।
कोभिडको सङ्क्रमण विश्वका सम्पन्न मुलुकहरूमा बढी देखिएकोले छिट्टै यसको औषधि वा खोप पत्ता लाग्नेमा उहाँ विश्वस्त देखिनुहुन्छ ।
उहाँ वर्षमा तीन÷चारपटक नेपाल आई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट र शहीद गंगालाल हृदयरोग केन्द्रमा जटिल अवस्थामा रहेका मुटुका बिरामीहरूको निःशुल्करूपमा शल्यक्रिया गर्ने गर्नुहुन्छ । उहाँ ती संस्थाहरूको अवैतनिक भिजिटिङ प्रोफेसरमात्र हुनुहुन्न, त्यहाँ कार्यरत चिकित्सकहरूलाई प्रशिक्षण दिँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “राज्यले हामीजस्ता देश बाहिर रहेका विशेषज्ञहरूको सेवा लिन चाहेमा हामी निःशुल्कमात्र होइन, उल्टै हामीले सहयोग गर्ने गरी सेवा गर्न तत्पर छौँ ।” यसपटक पनि उहाँका आमा सर्वोच्च अदालतकी प्रथम महिला न्यायाधीश शिलु सिंहको निधनको समयमा नेपाल आउँदा पनि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्टमा तीनवटा शल्यक्रिया गर्न भ्याउनुभएको छ ।
थप दस पीसीआर प्रयोगशाला सञ्चालन गर्ने सरकारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमान्ड सिस्टमका संयोजक डा. गुणराज लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा प्रयोगशाला स्थापना गरिनेछ । अहिले मुलुकभर २३ स्थानमा पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित सङ्क्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ । अहिले २३ प्रयोगशालाबाट दैनिक छ हजार पीसीआर विधिबाट परीक्षण गर्दै आइरहेको छ । अहिलेसम्म दुई लाख छ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *