भर्खरै :

कोभिड–१९ सँगै इन्जिनियरिङ्ग पढाइ र आवश्यकता

 
कोभिड–१९ नामक रोगको भाइरसले आज विश्व आक्रान्त छ । यो भाइरसले आज विश्वको नियमित जीवनयापनलाई तहसनहस पारे छ । कोभिड–१९ बाट प्रभावित नभएको आज कुनै पनि देश र कुनै पनि क्षेत्र नहोला । यो रोगबाट बच्ने एउटैमात्र उपाय भनेको सामाजिक दूरी कायम गर्नु नै हो । सोहीअनुरूप नेपालले पनि २०७६ चैत ११ गतेबाट देशव्यापी बन्दाबन्दी गरी यस महामारीबाट बच्ने कोशिश गरेको छ । लगातारको लामो बन्दाबन्दीले आर्थिक, सांस्कृतिकलगायत शैक्षिक क्षेत्र प्रमुखरूपमा प्रभावित भएको छ । लामो बन्दाबन्दीबाट आजित जनता र सम्पूर्ण क्षेत्र वाक्कदिक्क भएपछि करिब चार महिनापछि बन्दाबन्दी अन्त भएको घोषणा गरिए पनि कोभिड–१९ को सङ्क्रमित थपिने र यसको प्रभाव झन् देखिन थालिएको छ । यसरी बन्दाबन्दी अन्त गरिए पनि शैक्षिक क्षेत्र सञ्चालन गर्न सकिएको छैन । बन्दाबन्दी अन्त भयो भनिए पनि यसको जोखिम झन्झन् थपिँदै छ । यस्तो अवस्थामा स्कूल, कलेजको अध्ययन अध्यापन अझै मुस्किल र जोखिमपूर्ण भएको छ । कतिपय स्कुल, कलेजले अध्ययन अध्यापन सुरु गर्नुपर्छ भनिए पनि चलाउन सकेको अवस्था छैन । यसबाट इन्जिनियरिङ्ग क्षेत्रको पढाइमा पनि ठुलो प्रभाव परेको छ ।

कोरोना भाइरसको महामारीमा इन्जिनियरिङ्ग कलेजहरूले अब के गर्ने, कसरी परीक्षा र पढाइ अगाडि लैजाने भनी कसैले ठोस निर्णय गर्नसक्ने स्थिति छैन । माथि उल्लेख गरिएझैँ इन्जिनियरिङ्ग भनेको ज्ञान, सीप र सिर्जनाको समिश्रण हो । ज्ञान त जुनसुकै तरिकाले लिन सकिन्छ । सीपको लागि मात्र प्रयोगात्मक कक्षा तथा कार्यशालाको जरुरी पर्ने हो । अब यो कोभिड–१९ कति लम्बिन्छ कसैले पनि भनसक्ने स्थिति छैन, फेरि यही कोभिड–१९ लाई लिएर सधैँ हातमा बाँधेर बस्न सक्ने स्थिति पनि छैन । कोराना सँगसँगै होसियारीसाथ जीवनयापन गर्नुबाहेक अरू विकल्प छैन । सेमेस्टर प्रणालीमा चल्ने इन्जिनियरिङ्ग शिक्षालाई पाँच छ महिनासम्म शैक्षिक क्रियाकलाप गर्न नसक्नु भनेको विद्यार्थीहरूको भविष्य पछाडि धकेल्नु हो ।

सेमेस्टर प्रणालीमा अध्ययन अध्यापन गरिने इन्जिनियरिङ्ग शिक्षा प्रदान गर्न नेपालमा करिब १५० जति क्याम्पस तथा कलेजहरू छन् भने ती कलेजहरूबाट १० भन्दा बढी विधाहरूमा स्नातकदेखि विद्यावारिधिसम्मको पढाइ हुन्छ । इन्जिनियरिङ्ग शिक्षा भनेको ज्ञान, सीप र सिर्जनाको समिश्रण हो । कुनै कुराबाट ज्ञान दिनु, प्रयोगशाला तथा कार्यशालाबाट सीप अनि त्यही ज्ञान र सीपको आधारमा सिर्जना गर्नु गराउनु इन्जिनियरिङ्ग शिक्षा हो । इन्जिनियरिङ्ग परिषद्को प्रकाशनअनुसार नेपालमा करिब ३००० इन्जिनियरहरू बर्सेनि उत्पादन हुँदोरहेछ, यो नेपालको जनसङ्ख्याको करिब ०.०१ प्रतिशत हो । चीन र भारतमा इन्जिनियरहरूको वार्षिक उत्पादन जनसङ्ख्याको करिब एक प्रतिशत र अन्य देशहरूमा करिब ०.१ प्रतिशत भएको प्रकाशनले देखाउँछ । यस हिसाबमा नेपालमा इन्जिनियरहरूको उत्पादन अझ धेरै कम छ । हुन त नेपालमा स्वास्थ्य क्षेत्रमा झँै इन्जिनियरहरूको सङ्ख्या पनि जनसङ्ख्याको अनुपातमा यति हुनुपर्छ भन्ने कुनै मापन नबने पनि यससम्बन्धी ठोस नीति र त्यसअनुसार तयारी गर्नुपर्ने आवश्यकता देखिन्छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यमा इन्जिनियरहरू अभाव भएको त हामीले भोगेकै हौँ ।
कोभिड–१९ को विश्वव्यापी असरमा जसरी डाक्टर र स्वास्थ्यकर्मीहरूको नेतृत्वलाई स्वीकार गरिए, त्यसै गरी यस महामारीपछिको आर्थिक मन्दीबाट विश्वलाई उठाउन फेरि इन्जिनियरहरूको आवश्यकता थपिने देखिन्छ । यसै सन्दर्भमा विगत चार महिनाबाट कोभिड–१९ र बन्दाबन्दीले गर्दा इन्जिनियरिङ्ग कलेजहरूले आफ्नो अन्तिम परीक्षा तथा पढाइ सुरू गर्न सकिरहेको छैन । हाल बन्दाबन्दी अन्त भएको भनिए पनि कतिपय जिल्लामा कोभिड–१९ को सङ्क्रमण र त्यसको असर भयावह हुन थालेको र त्यो महामारी देशभरि नै फैलिन सक्ने सङ्केत देखिन थालेकोले स्कुल, कलेज र विश्वविद्यालयले पढाइ गर्ने, परीक्षा लिने भनिए पनि त्यसअनुसार गर्न सकिरहेको स्थिति छैन । पूर्वाञ्चल विश्वविद्यालयले भदौबाट परीक्षा लिने भनी सूचना प्रकाशित गरिएकोमा फेरि कोभिड–१९ को थप जोखिम देखेर पुनः परीक्षा स्थगित गरिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा लिने भनीरहे पनि विद्यार्थीहरू अझै विश्वस्त हुन सकिरहेका छैनन् । पोखरा विश्वविद्यालयले त परीक्षा र पढाइसम्बन्धी कुनै पनि निर्णय गर्न सकिरहेको छैन ।
यस्तो कोरोना भाइरसको महामारीमा इन्जिनियरिङ्ग कलेजहरूले अब के गर्ने, कसरी परीक्षा र पढाइ अगाडि लैजाने भनी कसैले ठोस निर्णय गर्नसक्ने स्थिति छैन । माथि उल्लेख गरिएझैँ इन्जिनियरिङ्ग भनेको ज्ञान, सीप र सिर्जनाको समिश्रण हो । ज्ञान त जुनसुकै तरिकाले लिन सकिन्छ । सीपको लागि मात्र प्रयोगात्मक कक्षा तथा कार्यशालाको जरुरी पर्ने हो । अब यो कोभिड–१९ कति लम्बिन्छ कसैले पनि भनसक्ने स्थिति छैन, फेरि यही कोभिड–१९ लाई लिएर सधैँ हातमा बाँधेर बस्न सक्ने स्थिति पनि छैन । कोराना सँगसँगै होसियारीसाथ जीवनयापन गर्नुबाहेक अरू विकल्प छैन । सेमेस्टर प्रणालीमा चल्ने इन्जिनियरिङ्ग शिक्षालाई पाँच छ महिनासम्म शैक्षिक क्रियाकलाप गर्न नसक्नु भनेको विद्यार्थीहरूको भविष्य पछाडि धकेल्नु हो । कोरोना भाइरसको महामारीलाई पनि हेलचक्राइँ गर्न नसक्ने भएकोले भर्चुअल कक्षा (अनलाइन कक्षा) बाट सम्भव भएका पढाइहरू गर्नुको विकल्प नहोला । हाललाई अन्तिम परीक्षा नलिई पछि उपयुक्त समयमा गर्ने गरी नयाँ सेमेस्टरका पढाइ अनलाइनबाटै सुरु गर्दा उपयुक्त होला । कमसेकम इन्जिनियरिङ्गका तीन पक्षमध्ये एक पक्ष ज्ञान त अनलाइनबाट सम्भव होला । (बरू सीप –प्रयोगात्मक कक्षा… र सिर्जना–परीक्षालगायत…) लाई पछि उपयुक्त समयमा लिने गरी इन्जिनियरिङ्ग विद्यार्थीहरूको भविष्य सुनिश्चित बनाउने र समयमै उत्पादन उर्नेतिर सोच्नुपर्ने देखिन्छ ।
यसरी अनलाइन कक्षाको कुरा गर्दा हाम्रो देशको सबै ठाउँ र गाउँमा अझै उपयुक्त इन्टरनेटको पहुँच पुग्न सकेको छैन, ती ठाउँका विद्यार्थीहरू ती अनलाइन कक्षाबाट वञ्चित हुन्छन्, त्यसले नयाँ सेमेस्टरका पढाइ अगाडि बढाउनुहुन्न भन्ने एकपक्षको कुरा पनि छ । यसै सन्दर्भमा पुल्चोक क्याम्पस, नेपाल इन्जिनियरिङ्ग कलेज, ख्वप इन्जिनियरिङ्ग कलेज आदिले स्नातकोत्तरमा अनलाइन कक्षा समय सान्दर्भिक भएको र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको भनिएको छ । ह्वाइटहाउस कलेजलगायत कतिपय पूर्वाञ्चल विश्वविद्यालयका कलेजहरूले अन्तिम परीक्षालाई थाँती राखी नयाँ सेमेस्टरको स्नातकका कक्षाहरू सञ्चालन गर्न थालिएको छ । इन्जिनियरिङ्ग विद्यार्थीहरू केही मात्रामा भए पनि ज्ञान, विज्ञान र प्रविधिसँग परिचित हुन्छन्, त्यसैले आफ्नो पढाइलाई पछाडि धकेल्नुको सट्टा विकल्पमा सम्झौता गर्नु नै बुद्धिमानी देखिन्छ । कमसेकम नयाँ कोष, नयाँ सेमेस्टरको पढाइ सुरू नगरे पनि भोलि इन्जिनियर भएर निस्केपछि पेशागत जीवनमा अति उपयोगी हुने लयलअचभमष्त अयगचकभ अथवा सफ्टवेयरलगायत विभिन्न प्राविधिक कोर्स अनलाइनबाटै दिएर इन्जिनियरिङ्ग कलेज र विद्यार्थीहरूले आफ्नो इन्जिनियरिङ्ग दैनिकीलाई जीवन्तता दिनु उपयुक्त होला । भनिन्छ, शिक्षा घरघरमा छ, इन्टरनेटमा छ, एकअर्काको सहकार्यमा छ । त्यसैले हामीले देखेका वरपरका दैनिक जीवनयापनमा गरिने कार्यहरूलाई नै शिक्षाको रूपमा उपयोग गर्नुपर्छ । बन्दाबन्दीमा घरमै बसेर पनि खेतीपाती, बोटबिरुवालगायत वातावरणीय अध्ययन अनुसन्धान गरी आफ्नो ज्ञान र सीपबाट नयाँ सिर्जना गर्नसकिन्छ । हामी प्राविधिक इन्जिनियरहरूले आफूलाई सधैँ सिर्जनशील बनाइराख्नु उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *