भर्खरै :

भारतको काँधमा अमेरिकी गोली चीनतिर

छिमेकी देशहरू चीन र भारतबीचको पछिल्लो सम्बन्ध क्रमशः तनावपूर्ण बन्दै गएको छ । रुसको राजधानी मस्कोमा दुई देशका रक्षामन्त्रीहरूबीच वार्ता भएको दुई दिनमै दुई देशका सीमा सुरक्षाकर्मीबीच गोली हानाहान भएको समाचार सार्वजनिक भयो । गत सोमबार पाङगोङ सो तालको दक्षिणी किनाराछेउ शेनपाओ हिमाल नजिक त्यस्तो घटना भएका हो । सन् १९६२ मा चीन र भारतबीच भएको युद्धयता सोमबारको गोली हानाहान सबभन्दा उल्लेखनीय घटना भएको अध्येताहरूले बताएका छन् । यसअघि जून महिनामा दुई देशका सुरक्षाकर्मीबीच गलवन उपत्यकामा भएको भिडन्तमा दुवै पक्षले क्षति व्यहोर्नु परेको थियो ।
सोमबार भएको भिडन्तलगत्तै बिहीबार नै भारतले फ्रान्ससँग खरिद गरेका पाँच राफेल युद्धक विमानको पहिलो उडान गरेको छ । त्यसो त मस्कोमा साङ्घाई सहकार्य सङ्गठन (एससीओ) को बैठकको क्रममा दुवै देशका विदेशमन्त्रीहरूबीच पछिल्लो तनावपूर्ण अवस्थाबारे अर्को चरणको छलफल हुने बताए पनि भारतका पछिल्ला गतिविधिले ऊ चीनसँगको सीमा द्वन्द्व चर्काउने दिशामा गइरहेको बुझ्न सकिन्छ ।
नोबेल कोरोना भाइरसको नियन्त्रणमा चीनले हासिल गरेको सफलता र महामारीविरुद्ध लडाइँ लड्न उसले अरु देशलाई दिएको सहायताको कारण विश्व मञ्चमा चीनको लोकप्रियताले थप उचाइ हासिल गरेको छ । चीनको यो लोकप्रियता बढ्नुमा संरा अमेरिकालगायत पश्चिमा र तिनका पिछलग्गू देशहरूले कोभिड–१९ महामारी नियन्त्रण गर्न नसक्नु पनि हो । विशेषतः भारतको मोदी सरकार महामारी नियन्त्रणमा संरा अमेरिकी सरकारजस्तै पूर्णतः असफल रह्यो । यसले ट्रम्पजस्तै मोदी पनि भारतमा बदनाम भएका छन् । ‘शत्रु’ को लोकप्रियता र आफ्नो बदनामीको बाढी रोक्न नै आज सीमा क्षेत्रमा भारतले लगातार उत्तेजनात्मक गतिविधि गर्न थालेको हो ।
केही पर्यवेक्षकहरूले भारतीय सुरक्षा क्षेत्रमा राजनीतिक नेतृत्वको नियन्त्रण कमजोर बन्दै गएकोले भारतीय राजनीतिक नेतृत्वले चीनसँग सम्बन्ध विस्तार गर्न चाहे पनि सुरक्षा क्षेत्र भने चीनप्रति असहिष्णु बन्दै गएको विश्लेषण गरेका छन् । तथापि, अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाको जोडघटाउलाई हेर्दा यो तर्क ‘सकारात्मक सोचाइ’ मात्र भएको विश्लेषण गर्न सकिन्छ । यद्यपि ‘सकारात्मक सोचाइ’ कतिबेला चाहना मात्र हुने गर्छ, त्यस्तो चाहना वास्तविकता अवस्थाभन्दा विपरीत हुने गर्छ ।
नोबेल कोरोना भाइरसको नियन्त्रणमा चीनले हासिल गरेको सफलता र महामारीविरुद्ध लडाइँ लड्न उसले अरु देशलाई दिएको सहायताको कारण विश्व मञ्चमा चीनको लोकप्रियताले थप उचाइ हासिल गरेको छ । चीनको यो लोकप्रियता बढ्नुमा संरा अमेरिकालगायत पश्चिमा र तिनका पिछलग्गू देशहरूले कोभिड–१९ महामारी नियन्त्रण गर्न नसक्नु पनि हो । विशेषतः भारतको मोदी सरकार महामारी नियन्त्रणमा संरा अमेरिकी सरकारजस्तै पूर्णतः असफल रह्यो । यसले ट्रम्पजस्तै मोदी पनि भारतमा बदनाम भएका छन् । ‘शत्रु’ को लोकप्रियता र आफ्नो बदनामीको बाढी रोक्न नै आज सीमा क्षेत्रमा भारतले लगातार उत्तेजनात्मक गतिविधि गर्न थालेको हो । सन् १९६२ मा तत्कालीन सरकारको अलोकप्रियता र भारतीय जनताबीच कम्युनिस्ट आन्दोलनप्रतिको लोकप्रियता रोक्न सीमा विवाद उछालेर लडाइँको प्रपञ्च गरिएको थियो । चीनसँगको लडाईकै बहानामा नेहरू सरकारले भारतका कम्युनिस्ट र वामपन्थीहरूमाथि दमन गरेको थियो । आज पनि भारत एकातिर आफ्नै देशभित्रको जनविरोधको ज्वालामुखीबाट जोगिन उत्तेजनात्मक गतिविधि गरिरहेको छ भने अर्कोतिर चीनलाई ‘बरबाद गर्ने’ संरा अमेरिकी योजना पूरा गर्न अमेरिकी बन्दुक आफ्नो काँधमा राखेर भारतले गोली हान्न खोजिरहेको छ ।
एउटा घातक रोगविरुद्ध आज संसार लडिरहेको छ । यस्तो अवस्थामा आपसमा युद्धले कसैको हित गर्दैन । यो समय आपसमा ऐक्यबद्धता र सहकार्यको हो । सिङ्गो मानव समुदायलाई नै हायलकायल बनाएको रोगको प्रतिरोधमा सबै देश र शक्तिको ध्यान केन्द्रित हुनुपर्ने अवस्थामा लडाइँको लागि उत्तेजनात्मक गतिविधि गर्नु मूर्खताको उत्कर्ष हो । यथाशक्य चाँडो नोबेल कोरोना भाइरसको खोपको विकास र त्यसको विश्वव्यापी सस्तो र सहज वितरण नै आज सबै देशको प्रमुख प्राथमिकता हुनुपर्छ । छिमेकी देश भारत आज सबभन्दा बढी नोबेल कोरोना सङ्क्रमित भएका देशको नामावलीमा दोस्रो क्रममा उक्लिसकेको छ । यस्तो परिस्थितिमा जनस्वास्थ्यमा अधिकतम खर्च गरी जनताको जीवन रक्षा गर्ने विषयमा ध्यान दिनु भारत सरकारको पहिलो दायित्व हो । तर, यो बेला फ्रान्ससँग निकै महँगो मूल्य पर्ने राफेल विमान खरिद गर्ने निर्णय कति मूर्खतापूर्ण र जनविरोधी निर्णय हो, घामजत्तिकै छर्लङ्ग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *