मजदुरहरूबिच कार्ल माक्र्सको २०८ औँ जन्म जयन्ती
- बैशाख ३०, २०८३
काठमाडौँ, २५ भदौ । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान सुरू गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रुमात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पीसीआर नेगेटिभ भएका यात्रुमात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो ।
प्राप्त जानकारीअनुसार नियमित उडान सुरू भएका मुलुकबाट आवश्यकताका आधारमा यात्रु ल्याउन सकिनेछ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिनेछ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने जनाइएको छ ।
नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सङ्ख्या थप गरिने बताइएको छ ।
Leave a Reply