भर्खरै :

पार्टीको सरकार कि सरकारको पार्टी ?

गणतन्त्र भएपछि के के न होला भन्ने थियो आम नेपालीहरूमा । गणतन्त्रमात्र आएन सङ्घीय गणतान्त्रिक लोकतन्त्र नै आयो । यस्तो गणतन्त्र संविधानतः घोषणा भएको पनि अस्ति शनिबारदेखि पाँच वर्ष पूरा गरी ६ वर्ष लागिसक्यो । राष्ट्रको जीवनमा पाँच वर्ष भनेको केही होइन होला । तर, गणतन्त्र उपभोग गर्ने व्यक्तिका लागि पाँच वर्ष भनेको छोटो समय होइन नि ¤ गएको शनिबार साबिकको सदर टुँडिखेल, हालको सैनिक मञ्च, खुला मञ्च, रत्नपार्कका केही भाग बडो भव्यताका साथ सिङ्गारिएको थियो एक भाग भने तर अर्को भाग फोहरै । हिजोका श्रम गरेर खानेहरू, भारी बोकेर जीवन चलाइरहेकाहरू कोरोनाको परिणाम बन्दाबन्दीको घोषणापछि काम नपाएर भोकै बस्नुपर्ने अवस्थामा परे । त्यस्ता हजारौँ मान्छेले खाए–खाएनन् राज्यले हेरेन । अझ देशमा तीन तहका सरकार छन् गणतन्त्रमा – स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार । यी भोको पेटका नेपाली जनता कुनै सरकारको भागमा पनि परेनन्, भोकै भए । यस्ता भोकाहरूलाई केही मनकारीहरूले एक छाक तातो भात खुवाउने कष्ट गरे कोरोनाको बन्दाबन्दीको केही दिनदेखि । यी भोकालाई एक छाक तातो भात खुवाउनु सजिलो छैन पक्कै पनि । तर, धन्न छन् ती भात खुवाउनेहरू । सरकारले नगरेको काम यिनीहरू गर्दै छन् कति महिना भइसक्यो । यी कृपालुहरूको कामको जति प्रशंसा गरे पनि कम हुन्छ । अब कति दिनसम्म वा हप्ता वा महिनासम्म भात खुवाउँछन् वा खुवाउन सक्दैनन् भन्न सकिँदैन ।
गणतन्त्रले भोको पेटलाई दौडायो
गएको शनिबार त्यो थलोमा दुईथरी दृश्य परिलक्षित भए । एउटा हो गणतन्त्रपछि लाभ लिएकाहरू र अर्को दृश्य हो गणतन्त्र पाएका, कोरोनाका कारण काम गुमाएकाहरू । गणतन्त्रबाट मोटाएका सुकिलाहरू पर्खाल बारबाट उता, गणतन्त्र आएर पनि काम नपाएर, आय बेच्न नपाएर भोको पेटका दुब्ला र मैलाहरू यता । भात खुवाउनेहरू हिजो–अस्तिझैँ साविक ठाउँमा भात खुवाउन खोज्ने, प्रहरी भने अति विशिष्ट व्यक्तिहरूलाई ‘डिस्टर्व’ हुन्छ भनी अफिसरहरूको आदेशबाट रोक्ने काम भएको थियो । कति जनाले भात खान कागतका प्लेट पाइसकेका थिए । यत्तिकैमा गणतन्त्रको पुष्पवृष्टि गर्न खुलामञ्च माथि उडेको हेलकप्टरले कति जना भोकाको त कागजको प्लेट नै उडाइदियो । गणतन्त्रका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलाई डिस्टर्व हुन्छ भनी उनीहरूलाई नछोडेपछि अघि–अघि खाना खुवाउनेहरू खानासहितका भाँडा बोकेर पछि–पछि कागतको प्लेट बोकेका पाँच सय जति भोका पेटहरूको लस्कर चन्द्र शमशेरले बनाएको त्रिचन्द्र कलेज परिसरमा गई भात खाए । गणतन्त्रको प्रतिफल त फरक–फरक हुने नै भो । गएको शनिबारको घटनाले त गणतन्त्रको परिभाषा नै पो फरक हुने भो । यी भोका पेट गणतन्त्रका नेताहरूका लागि दुःख दिने भए । गणतन्त्र ठूलाहरूका लागि कमाउने, सम्पत्ति थुपार्ने अवसरको रूपमा आयो भने भारी बोकेर, ज्याला गरेर गणतन्त्र चलाउनेहरूका लागि एक छाक भात खान पनि खुलामञ्च निषेध भई त्रिचन्द्र कलेज पुग्नुप¥यो । गणतन्त्र त आयो । तर, व्यक्ति–व्यक्तिमा एउटै स्वरूप लयमा आएन । फरक–फरक स्वरूपमा आयो । तसर्थ राजनीतिक आन्दोलन टुङ्गिएन ।
तामेली र तक्मा रे !
हरेक वर्षजसो तक्मा पुनरावृत्त हुन्छ । अपवादबाहेक तक्मा पाउनुपर्नेले पाउँदैन तर नपाउनुपर्नेले पाउँछ । एकपल्ट पाएपछि फिर्ता लिने चलन पनि छैन । यसपाला पनि तक्मा ५९४ जनालाई दिइयो । तक्माको सङ्ख्या धेरै भो । तसर्थ त्यसको मूल्य कम हुने भनी गएको साउनमा पदक सयवटा र मानपदवी ५०÷५० वटा गरी जम्मा दुईसय वटामात्र दिने गरी नियमावली परिमार्जन गरिएको थियो । एक महिना लगभगको अन्तरालमा के त्यस्तो प¥यो जसका कारण तीनसय चौरानब्बेले तक्मा सङ्ख्या थप्नुपर्ने गरी नियम संशोधन गर्नुप¥यो ? सरकारले चित्तबुझ्दो जवाफ दिनुप¥यो । सरकारी ढुकुटी मनपरीसँग खेल्न पाइँदैन । गत वर्ष ६ सय २३ जनालाई तक्मा दिँदा करिब आठ करोड रूपैयाँ खर्च भएको थियो । यो वर्ष सुन महँगो भएकोले ५० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । एउटा तक्मा बनाउन करिब डेढ लाख रूपैयाँ लाग्छ रे ¤ डा. सन्दुक रूइतले पाएको तक्माको सर्वत्र समर्थन देखियो । तर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई दिइएको तक्माको सर्वत्र विरोध देखियो । भ्रष्टाचारका ठूला मुद्दा तामेलीमा राख्नेमा प्रशंसित भएर घिमिरे त्यत्रो पदकबाट विभूषित हुनु अरूलाई पनि सत्ताको छाया हुन लोभ देखाएको हो भन्ने टिप्पणी गरिएको छ । यसो गर्दा अन्य प्रतिष्ठित व्यक्तित्व डा. रूइत, डा. तीर्थबहादुर श्रेष्ठजस्तालाई सँगै बस्न पनि असहज होलाजस्तो लाग्छ । हो ¤ साँच्चै सङ्गत पनि समाजमा बास्ना आउने मान्छेसँग बस्दा गर्वबोध हुन्छ । दुर्गन्धित मान्छेसँग नजिक बस्न को खोज्छ र ?
प्रतिबद्धताहरू व्यवहारमा ल्याऊ
नेपाल कम्युनिस्ट पार्टी लयमा फर्कन लागेको हो ? नेकपाका एउटा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई सरकारको बनाउने प्रवृत्ति छोडी सरकारलाई पार्टीको बनाउनेतिर ढल्केका हुन् कि ? भन्ने सङ्केतहरू देखापर्न लागेका छन् । अस्ति आइतबार नेकपा सचिवालय बैठक साबिकको नेकपा माओवादीको पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बसेर पार्टी र सरकार भनेको एउटै होइन पृथक–पृथक हुन् भन्ने देखाउन खोजिएको छ । नत्र त पार्टीका विभिन्न तहका बैठकहरू पनि प्रधानमन्त्रीको सरकारी निवासमा बोलाएर पार्टी र सरकार टुङ्ग्याउन धौ–धौ हुने । अझ राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको दिन प्रधानमन्त्री ओली त अर्कै अवतारको पो त देखिए । तर अस्ति आइतबारको पेरिसडाँडाका केपी ओली अर्कै पो त आचरणमा । एउटा नीति छ महादेवको गलामा सर्प थियो । विष्णुको बाहन गरूडलाई त्यो सर्प जिस्क्याउँदो रहेछ जिब्रो निकालेर । गरूडलाई निकै रिस उठेछ र भनेछन् कहाँ तँ सर्प मेरो आहारा । तर आज तँ मलाई जिस्क्याउने भइस् । अहिले तँ महादेवको गलामा छस् । म केही गर्न सक्दिनँ । त्यसकारण बल मुख्य हो, ठाउँ मुख्य हो, भन्ने प्रश्न आयो । तर स्थान र बलमा के प्रधान हो भन्ने मुद्दामा बल प्रधान हुँदोरहेनछ, ठाउँ प्रधान हुँदोरहेछ भनेका थिए रे । पेरिसडाँडाका ओली र बालुवाटारका ओलीमा कत्रो अन्तर ¤ आइतबारका ओली सोमबार कुन रूपमा प्रस्तुत भए । यो सामग्री अघि नै तयार पार्नुपर्दा उल्लेख हुनसकेन । जे होस् सुविधाजनक बहुमतको सरकार जनतालाई केही दिने त हुनैप¥यो । प्रतिबद्धताहरू व्यवहारमा ल्याऊ !
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *