साहित्य र यथार्थ– १
- कार्तिक ९, २०८३
सिन्च्याङसम्बन्धी अफवाह फैलाएर चीनमाथि हिलोछ्याप्ने काम केही अमेरिकी राजनीतिज्ञहरूको नियमित गतिविधि हो । अमेरिकी वर्तमान सरकारको पदावधि समाप्त हुनलागेको परिप्रेक्ष्यमा यी व्यक्तिहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले सिन्च्याङसम्बन्धी निर्णय–प्रस्ताव प्रस्तुत गरी तथाकथित ‘जातिलाई नष्ट गर्ने’ अफवाह बनाएर ‘चीन सरकारले यसको लागि जिम्मेवारी बहन गर्नुपर्ने’ दाबी गरेका छन् । अमेरिकी भन्सार र सीमा संरक्षण ब्युरोले जनवरी १३ तारिखमा एउटा विज्ञप्ति जारी गर्दै अमेरिका सीमाभित्र पस्ने सबै नाकामा सिन्च्याङबाट उत्पादित कपास र गोलभेँडा अथवा तेस्रो मुलुकमा पुनः निर्माण गरिएका सिन्च्याङका उत्पादित वस्तुलाई रोक्ने जनाएको छ ।
यो एउटा ठूलो झूट हो । जातिलाई नष्ट गरिएको छ कि छैन छुट्याउन जनसङ्ख्या एउटा सबैभन्दा प्रत्यक्ष प्रमाण हो । सिन्च्याङको सक्रिय र प्रभावकारीरूपमा व्यवस्थापन गर्ने चीन सरकारको नीतिबाट २०१० देखि २०१८ सम्म सिन्च्याङको युगुर जातिको जनसङ्ख्या १ करोड १ लाख ७० हजारबाट बढेर १ करोड २७ लाख २० हजार पुगेको छ । जून २५ प्रतिशत जति बढेको हो । जुन सिन्च्याङमा हान जातिको जनसङ्ख्याको बढ्ने दरभन्दा २ प्रतिशत बढी हो ।
जनवरी ७ तारिख चीनमा आयोजित पत्रकार सम्मेलनमा केही स्थानीय अल्पसङ्ख्यक जातीय कामदारहरूले पत्रकारसमक्ष आ–आफ्नो रोजगारी र जीवनयापनको अवस्थाबारे जानकारी दिएका छन् । उनीहरूले आफ्नो वास्तविक अवस्थामार्फत अल्पसङ्ख्यक जातीय कामदारको रीतिरिवाज र धार्मिक विश्वासको निषेध र त्यसमाथि दबाब दिएको विदेशी सञ्चार माध्यमका अनेकन नक्कली रिपोर्टको खण्डन गरेका छन् । “यस वर्ष म ५० वर्षको भएँ। मैले अघिपछि ३ वटा कारखानामा काम गरेको छु । हाम्रा कोही व्यक्तिको रीतिरिवाज र धार्मिक विश्वासलाई निषेधित गरिएको अथवा दबाब लगाइएको दृश्य मैले कहिल्यै पनि सुनेको र देखेको छैन ।” उक्त कुरा पत्रकार सम्मेलनमा लोफु जिल्लाको कामदार अब्दुलिम च्युमाईले तत्स्थानका पत्रकारसमक्ष जानकारी दिएका हुन् । यसका साथै उनीहरूले ‘सिन्च्याङका अल्पसङ्ख्यक जातिका कामदारहरूलाई कारखानामा अनुगमन गरिएको’ र ‘स्वतन्त्रता खोसिएको’ सम्बन्धमा केही विदेशी सञ्चारमाध्यमको झूटो सम्प्रेषणको खण्डन गरेका छन् ।
वास्तवमा जातिलाई नष्ट गर्ने पक्षमा अमेरिकामा यस्तो हिंसात्मक गतिविधि भएको देखिन्छ । अमेरिकाको विकासको इतिहासको पुनरावलोकन गर्दा अमेरिकी सरकारले इन्डियनहरूलाई हत्या गरी उनीहरूको वैधानिक नागरिक अधिकारलाई हटाएको छ । बीसौँ शताब्दीको प्रारम्भसम्म अमेरिकामा बसोबास गर्ने इन्डियनहरूको सङ्ख्या सन् १४९२ को ५० लाखबाट घटेर २ लाख ५० हजारमात्र बाँकी थियो । आधुनिक समाजमा पनि जातिवाद अमेरिकामा धेरै प्रचलित छ । गत वर्षको जून महिनामा अफ्रिकी मूलका अमेरिकी फ्राइडलाई श्वेत छालाका प्रहरीद्वारा मारिएपछि अमेरिकामा ठूलो परिमाणमा जुलुस प्रदर्शन गरिएको थियो ।
अमेरिका सरकार तथा सिन्च्याङको उत्पादित वस्तुबीच फैलाइएको घृणाको कुनै आधार छैन । त्यसमाथि अधिकांश मानिसको आशङ्का रहेको छ । वास्तवमा तथ्यबाट के प्रमाणित गरिएको छ भने तथाकथित ‘कामदारमाथि दबाब लगाएर श्रमिक कारबाही चलाउने’ भन्ने कुरा केही अमेरिकी राजनीतिज्ञ र तिनीहरूको पुँजीद्वारा सञ्चालित चीनविरोधी थिङ्कट्याङ्कले सँगै मिलेर मच्चाएको ठूलो झूटमात्र हो । यस झूटको आधारमा रही अमेरिकाले सिन्च्याङको उत्पादित वस्तुमाथि गभ्मीर नाकाबन्दी लगाउने गरेको छ । त्यस कारबाहीबाट विश्वले मानव अधिकारको संरक्षक भनिने अमेरिकाको नक्कली मुकुन्डो र बदमास विचार स्पष्टसँग देख्न सकेको छ । नयाँ कोरोना महामारीको त्रासको बाबजुद केही अमेरिकी राजनीतिज्ञले सिन्च्याङ समस्याको दुरुपयोग द्वन्द्व र भिडन्त मच्चाउन खोजेका छन् । उनीहरूको कुकर्मले अन्त्यमा आफ्नो हितलाई बिगार्न र आफूलाई दुःख ल्याउन सक्नेछ ।
स्रोतः सीआरआई
Leave a Reply