एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
काठमाडौँ, १३ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा मङ्गलबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अन्तरक्रिया भयो ।
नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा सचिव सुवालले संसद् विघटन गर्ने प्रधानमन्त्रीको राजनीतिक अधिकारलाई सर्वोच्चको सवैधानिक ईजलासले बदर गरेपछि नयाँ जनमतमा जाने अवसर गुमेको धारणा राख्नुभयो ।
संसद् पुनःस्थापनासँगै देश अस्थिर राजनीतिमा धकेलिने खतरातर्फ सङ्केत गर्दै सचिव सुवालले कार्यकर्ताहरू अझ सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
पुँजीवाद रहेसम्म देश विकास अगाडि नबढ्ने भएकोले समाजवादको लागि अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अप्रजातान्त्रिक तथा संविधानविरीतको तीन प्रतिशत मत सीमाको प्रावधान खारेज हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सनकमान महर्जन, नारायण महर्जन, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, रामचन्द्र महर्जन, सुरेन्द्र महर्जन, मदन श्रेष्ठ, शान्त महर्जन, नरेश महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply