एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
काठमाडौँ, १३ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घप्रति आस्थावान अछाम जिल्लाबाट काठमाडौँ उपत्यकामा अध्ययनरत विद्यार्थीहरूको एक भेला बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला संयोजक झङ्कर बहादुर शाहीले विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तकसँगै देश विदेशको राजनीतिक घटनाक्रमबारे जानकार हुनुपर्ने बताउँदै गहन अध्ययनमा लाग्न जोड दिनुभयो ।
उहाँले विद्यार्थीहरूमा देशको सार्वभौमिकता र भू–अखण्डता रक्षा गर्न सङ्घर्षशील भावना विकास गर्नुपर्ने बताउँदै सचेत र सङ्गठित हुनसके विरोधी पक्षसँग लड्न सहज हुने बताउनुभयो ।
नेक्राविसङ्घ केन्द्रीय अध्यक्ष सविन ख्याजूले नेक्राविसङ्घ मध्यामिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, निःशुल्क स्वास्थ्य उपचार, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम, आवश्यकताअनुसारको ज्याला आदिको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
भेलाबाट तपेन्द्रबहादुर शाहीको अध्यक्षतामा नेक्राविसङ्घ अछाम–काठमाडौँ सम्पर्क समिति गठन गरियो ।
Leave a Reply