भर्खरै :

सूर्यबिनायक नपाको तेस्रो नगर परिषद्

भक्तपुर, २८ पुस ।
सूर्यबिनायक नगरपालिकाको तेस्रो नगर परिषद् बिहीबार उद्योगमन्त्री नवीन्द्रराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा मन्त्री जोशीले सूर्यबिनायक नपाको कार्यालय भवन निर्माण गर्न भक्तपुर ईटा कारखानाको परिसरभित्रको जग्गा प्रदान गर्न पहल गर्ने र सूर्यबिनायकलाई पर्यटक विकासमा अगाडि बढाउन सहयोग गर्ने वचन दिनुभयो ।

सांसद थापामगरले विभिन्न देशमा स्थानीय निकायहरुले विश्वविद्यालयहरु चलाइरहेको उदाहरण प्रस्तुत गर्दै भक्तपुर नपाले विश्वविद्यँलय चलाउने प्रस्ताव स्वीकृत गर्न ढिलासुस्ती गरिरहेकोमा खेद व्यक्त गर्नुभयो ।

मन्त्री जोशीले स्वदेशमै उत्पादन हुने लत्ता कपडा र अन्य सामान सेना, प्रहरी, कर्मचारी, शिक्षक र विद्यार्थीले प्रयोग गर्न प्रोत्साहित गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगर स्थानीय निकायको निर्वाचन मिति यथाशक्य चा“डो गर्नु पर्नेमाथि चर्चा गर्दै नेपालमा स्थायित्व नचाहने विदेशी शक्तिहरु फेरि पनि निर्वाचन हुन नदिने चालबाजीमा लागेको बताउनुभयो । उहा“ले स्थानीय जनताको जानकारी र सहमति बिना गरिएको स्थानीय निकायको पुनर्संरचनाले जनताबीच अन्योल व्याप्त भएको बताउनुभयो ।
सांसद थापामगरले विभिन्न देशमा स्थानीय निकायहरुले विश्वविद्यालयहरु चलाइरहेको उदाहरण प्रस्तुत गर्दै भक्तपुर नपाले विश्वविद्यँलय चलाउने प्रस्ताव स्वीकृत गर्न ढिलासुस्ती गरिरहेकोमा खेद व्यक्त गर्नुभयो ।
थापामगरले देश आत्मनिर्भर बनाउन सरकारको आफ्नै लगानीमा उद्योग कलकारखानाहरु खोल्नुपर्ने र युवाहरुलाई रोजगारी दिनुपर्ने बताउनुभयो ।
सुर्यबिनायक नपाका कार्यकारी अधिकृत यामलाल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा सांसद रामेश्वर ढङ्गेल, केदार सञ्जेल, राजनीतिक दलहरुको तर्फबाट मनोज थापा, प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद आचार्यले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
सूर्यबिनायक नपाको कार्यकारी अधिकृत यामलाल अधिकारीले आव २०७४÷०७५ को लागि १९ करोड ४५ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *